×

NMB BANK
NIC ASIA

खाजा पसलदेखि फिल्म हलसम्म सट्टेबाजको जालो, विदेशका खेलमा नेपालबाटै करोडौंको बाजी

जेठ १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १५ जेठ –२७ असोज २०७२ मा ४ जना फुटबल खेलाडी र १ प्रशिक्षकलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गर्‍यो । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गरी पैसाका लागि नेपाली टीमलाई हराएको अभियोग उनीहरूमाथि लागेको थियो ।

Sagarmatha Cement
Muktinath Bank

पक्राउ पर्नेमा राष्ट्रिय फुटबल टीमका पूर्वखेलाडी तथा प्रशिक्षक अञ्जन केसी पनि थिए । प्रहरीले अनुसन्धानका क्रममा प्राप्त गरेको अडियो रेकर्डमा अञ्जनले म्याच फिक्सिङका लागि पैसाको डिल गरेकोदेखि पैसा लिएकोसम्म प्रमाण फेला पारेको थियो । पक्राउ परेका अञ्जनसहित ५ जनाविरुद्ध प्रहरीले राज्य विप्लव मुद्दा दायर पनि गर्‍यो । तर जिल्ला अदालतले २५ कार्तिक २०७२ मा सबैलाई धरौटीमा रिहा गर्ने आदेश दियो । अदालतमा ५ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका अञ्जन त्यसपछि ‘गुमनाम’ थिए । तर उनले भित्रभित्र अर्कै धन्दा चलाइसकेका रहेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरीय प्रहरी परिसर काठमाडौंले सोमवार ललितपुरबाट पक्राउ गरेका अञ्जनले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा दाउ लगाउने गरी सट्टेबाजीको धन्दा शुरु गरेका रहेछन् ।


Advertisment
Nabil box
Kumari

प्रहरीका अनुसार अञ्जनले नेपालको प्रमुख एजेन्ट मानिने गौरव तिवारीसँग मिलेर केही दिनअगाडि मात्रै सकिएको इन्डियन प्रिमियर लिग (आईपीएल)देखि च्याम्पियन्स लिग फुटबल प्रतियोगितासम्ममा बेटिङ (दाउ) लगाउने काम गर्दा रहेछन् ।

Vianet communication
Laxmi Bank

खाजा पसलदेखि फिल्म हलसम्म सट्टेबाजको जालो

प्रहरीले नेपालबाट अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सट्टेबाजी (अनलाई बेटिङ) गर्ने ६ जनालाई पक्राउ गरेको छ । जसका मुख्य नाईके हुन् काठमाडौंको मैतीदेवी घर भई पासिकोट बस्ने २७ वर्षीय गौरव तिवारी । तिवारी काठमाडौंको सुन्धारास्थित सिभिल मलमा रहेको फिल्म हलका सञ्चालक पनि हुन् ।

नेपालको चर्चित सिनेमा नेटवर्क क्यूएफएक्सअन्तर्गत सञ्चालित सिनेमा हलका मालिक तिवारीले आईपीएल खेलमा मात्रै ७ करोड ४७ लाख २ हजार रुपैयाँ बराबरको सट्टेबाजी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

शुरुमा नागराज भन्ने अमृत अग्रवालसँग मिलेर खेलमा सट्टेबाजी गर्ने गौरवले नागराजसँगको लेनदेन विवादपछि आफ्नै एकाउन्ट खोली आफ्नै एकाउन्ट खोली सट्टेबाजीको धन्दा थालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले बताए । 

गौरवपछि सट्टेबाजीमा भूपेन्द्र शम्शेर कुँवर मुख्य एजेन्ट रहेको प्रहरीले जनाएको छ । पूर्वफुटबलर केसीले समेत भूपेन्द्रकै मातहतमा नेटवर्क बनाएर सट्टेबाजीको धन्दा चलाउने गरेको एसएसपी पोखरेल बताउँछन् । 

कुँवरले आईपीएल खेल चल्दा ३ करोड २२ लाख ९७ हजार रुपैयाँ बराबरको सट्टेबाजी गरेको प्रहरीले जनाएको छ । यस्तै पूर्वफुटबलर अञ्जन केसीले आईपीएल र युईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा २ करोड ७७ लाख ५ हजार रुपैयाँ बराबरको सट्टेबाजी गरेको देखिएको छ ।

खेलको सट्टेबाजीमा संलग्न विजय श्रेष्ठले भूपेन्द्र शम्शेर कुँवारमार्फत रहेर काम गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले भुपेन्द्रको मातहत रहेर १ करोड ७० लाख रुपैयाँ बराबरको सट्टेबाजी गरेको प्रहरीले जनाएको छ । 
यस्तै विजयले आफू मातहतमा रहने गरी नरेन्द्र सुवाललाई काम लगाउने गरेको भेटिएको छ । नरेन्द्रले ७७ लाख बराबरको सट्टेबाजी गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दिनेश बोगटी गौरव तिवारीको सहयोगीको रूपमा काम गर्ने गरेको प्रहरीले जनाएको छ । उनले सट्टेबाजीको रकम एजेन्टसम्म पुर्‍याउने तथा एजेन्टहरूबाट गौरवसम्म पुर्‍याउने काम गर्ने गर्दथे ।

प्रहरीका अनुसार नेपालमा अन्तर्राष्ट्रिय खेलकुदमा सट्टेबाजी गर्नेहरूको ठूलै जालो छ । खेलमा सट्टेबाजी गर्नेहरूको जालो फिल्म हलदेखि खाजा पसलसम्म फैलिएको प्रहरीको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x