कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
काठमाडौं, १६ जेठ – सत्ताको चरम दमनले थलिएकाहरूलाई माथि उठाउन सिंगो जीवन खर्च गरेका नेपाली कम्युनिस्ट आन्दोलनका एक गुमनाम नाम - शशि शेरचन ‘स्वनाम साथी’ ।
उनी श्रमिकदेखि मालिकसम्म हरेकलाई साथी भनेरै बोलाउन रुचाउँछन् । साम्यवादी समाज निर्माणको महाअभियानमा जीवन बिताएका स्वनामले जवानीमा प्रेम र विवाह पनि बिर्सिएछन् क्यारे ! उमेर र रोगले सँगसँगै च्यापेपछि बुढेसकालमा परार मात्रै बिहे गरेका हुन् उनले ।
नेपालमा शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण र इतिहासकै शक्तिशाली कम्युनिस्ट सरकार सिंहदरबारमा रहेका बेला मंगलबार ११औं गणतन्त्र दिवस मनाइयो । हामी गणतन्त्र दिवसकै अवसर पारेर स्वनामलाई भेट्न उनकै निवास पुगेका थियौं ।
मिर्गौलासम्बन्धी समस्याका कारण लामो समयदेखि आराम गरिरहेका स्वनाम नयाँ बसपार्कपछाडि नेपाल टेलिकम नजिकै एक रोधीघर रहेको घरको तेस्रो तल्लामा बस्दा रहेछन् ।
कपाल लामो र सेतो थियो । त्यसलाई पछाडि लगेर चुल्ठो बाँधेका रहेछन् । उनले मुसुक्क हाँस्दै हात मिलाए अनि रोधीघरको ढोकाबाट हामीलाई माथि आफ्नो डेरासम्म पुर्याए ।
उनीसँगको डेढ घण्टाको बसाइ एक सिंगो इतिहासको किताब पढेजस्तै भयो । सबै बुझेनौं, सुन्यौं मात्रै । साहित्यका बिम्ब र प्रतिक, प्रेमका घुमाउरा कुराकानी, हामीले केही सोधेनौं, सबैले उनैले भने ।
त्यो बसाइमा उनले कम्युनिस्ट आन्दोलन विकृत बनेकोमा चिन्ता व्यक्त गरे । आफूलाई कम्युनिस्ट भन्ने तर त्यसअनुरूप व्यवहार नगर्ने कम्युनिस्ट नामधारीहरूप्रतिको असन्तुष्टिलाई बिम्ब र प्रतिक प्रयोग गर्दै उनले घुमाउरो भाषामा आक्रोश पोखे ।
कुराकानीको शुरुवातमै उनले गणतन्त्र ल्यायौं भन्नेहरूले इतिहास बिर्सेको गुनासो पोखे । उनले भने, ‘जे यहाँ छ यो सबैको हो । लाखौं वर्ष लगाएर विकास भएको चीज हो । म पनि छु यहाँ, तर म मात्रै छैन । कसैले मेरो मात्रै हो भन्न मिल्दैन ।’
कयौं वर्षको वैचारिक क्रान्ति र वर्षौंको युद्धका कारण आजको अवस्था आएको भन्दै उनले कुनै पनि उपलब्धि केही निश्चित व्यक्तिहरूकोे मात्रै नभएको बताए ।
निरंकुश सामन्तहरूलाई हटाएर साहुहरूले देश चलाइरहेको बताएका उनले शासकहरूले सर्वहारा वर्गलाई बिर्सिएको गुनासो गरे ।
‘हामी सँगै हिँडेको थियौं । उहाँहरू हामी पढेलेखेका छौं, हामी सत्ता चलाउन सक्छौं भन्दै सामन्तवादविरुद्ध हिँड्नुभएको मात्रै हो । उहाँहरूले अलिकति २००७ सालमा, अलिअलि २०४७ सालमा लिनुभयो । यसपाला पूरै लिनुभयो । उहाँहरूले खाने भनेर लड्नुभएको हो, त्यसैले उहाँहरूले खाएकोमा अप्ठ्यारो नमान्नुस् । अहिले सर्वहारालाई हामीले भन्ने के हो भने, ती सामन्तले खानुभन्दा यीनै टाठाबाठाले खाऊन् । उहाँहरूलाई हामीले अब तिमी काम गर, खाऊ, फेरि अप्ठ्यारो पर्यो अनि विदेशीले दुःख दियो भने हामी छँदैछौं भन्दै आफ्नो काममा लागेका हौं । तर सर्वहाराकाको लडाईं जारी छ ।’
स्वनामको परिभाषामा गणतन्त्र (उनकै शब्दमा)
भाषिक शब्दमा गणतन्त्रको अर्थ- गण भनेको मानिसको समूह वा समुदाय र तन्त्र भनेको शासन हो । कोसँग कति गण (भोट) छ भन्ने कुरा न हो । त्यसैले गणतन्त्र भनेको प्रत्येकको शासन हो, यहाँ कोहीलाई ढोग्नुपर्ने जरुरत छैन । जोसँग धेरै गण छ, उसैले नेतृत्व गर्छ । १८ सय वर्षे निरंकुश शासन फालेको दिन हो गणतन्त्र दिवस ।
सबै कुरालाई चारवटा नजरबाट हेर्नुपर्छ- राम्रो, नराम्रो, अलिकति राम्रो-अलिकति नराम्रो र बेवास्ता ।
नेपालमा भइरहेको गणतान्त्रिक अभ्यासमा पनि यी चार कुरा लागू हुन्छन् । यही कुराअनुसार हाम्रो गणतन्त्रका पनि चार पक्ष छन् । पूँजीपतिहरूका लागि राम्रो छ । हिजो सपना देख्दाका सहयात्रीहरू, जोसँग पैसा छैन उनीहरूका लागि नराम्रो छ । यस्तै अलिअलि परिर्तन त भयो नि ! यसका केही राम्रा पक्ष छन्, केही नराम्रा भन्नेहरूका लागि राम्रो पनि नराम्रो पनि । जसलाई गणतन्त्रको केही प्रभाव नै परेको छैन, उनीहरूका लागि के मतलब भो र यसको ?
मेरो नजरमा त यो ठीक छैन, अहिले पूँजीपतिहरूले सत्ता चलाइरहेका छन् । उनीहरूले पनि सर्वहाराको दैनिकी सहज बनाउने भन्ने सपना छरेका थिए नि ! तर उनीहरू अहिले पूँजीपति भएका छन्, उनीहरूका लागि त राम्रो हो ।
अहिले कम्तिमा पैसा भए त सत्तामा पुग्न पाइन्छ । जस्तै एउटा महिला विद्यादेवी भण्डारी राष्ट्रपति बन्नुभयो ।
समान अवसर नभए पनि साम, दाम, दण्ड, भेद प्रयोग गरेर भए पनि जान सक्ने अवस्था त छ कम्तिमा, यसलाई केही हदसम्म सकारात्मक रूपमा लिन सकिन्छ ।
जहाँसम्म संसदीय व्यवस्थाको कुरा छ, यसमा संसारभरी कूल बजेट (स्रोत साधन)मध्ये ५० प्रतिशत ठूला साहुहरूले खान्छन् वा पूँजीपतिहरूले पाउँछन् । २५ प्रतिशत साना साहुहरूले खान्छन् । धर्मगुरु, कर्मचारीका नेता, राजनीतिक दलका नेता लगायतले १५ प्रतिशत खान्छन् । बाँकीमध्ये आम जनताले पाउने ७ प्रतिशत मात्र हो, यो कुरा संसारभरी नै लागू हुन्छ ।
अहिले संसारमा २ लाख ५० हजार अर्ब बिलियन डलर सम्पत्ति जम्मा भएको छ, त्यो सम्पत्तिमध्ये ५० प्रतिशत विश्वभरका पाँचजना साहुको नाममा छ । बाँकी आधाको नाममा छ । त्यसैले यो व्यवस्था नै ठीक छैन ।
कम्युनिष्ट आन्दोलनको शुरुवात
हामीभन्दा अगाडि धेरैले धेरै गरिसकेका थिए । हामीले थोरै सहयोग गर्ने अठोट लिएका थियौं ।
हाम्रो न्युनतम आवश्यकता पूरा हुने समाज बनाउने अभियानमा थियौं । त्यो अभियानले केही परिवर्तन ल्याएको छ । यो सत्य स्वीकार्नुपर्छ ।
उतिबेला प्रगतिशील र प्रजातान्त्रिक गरी दुईवटा विद्यार्थी संगठन थिए । हामी तथाकथित प्रजातन्त्र भनेर व्याख्या गर्थ्यौं । किनभने, प्रजातन्त्र भनेको पूँजीवादीको राज्य व्यवस्था हो । हामीले पूँजीवादबाट बाहिर निस्किन्छौं भन्ने सपना देखेका थियौं ।
त्यसपछि कम्युनिष्ट आन्दोलनमा नयाँ मोड आयो । कमरेड पुष्पलाल (पुष्पलाल श्रेष्ठ)हरूले पहिले राजा फालौं, त्यसपछि सबै मिल्छ भन्ने चिन्तन ल्याउनुभयो ।
आधी साम्यवाद (बैदिक काल) थियो, दासयुग आयो, सामन्ती युग आयो, अब पूँजीवाद आउँछ अनि साम्यवाद ल्यउँला भनेर उहाँहरूले भन्नुभयो । तर हामी अहिले पूँजीवादी व्यवस्थामै छौं । हामीले चाहेको व्यवस्था ल्याउन सकेका छैनौं । सम्पत्तिलाई निजी हुनबाट रोक्ने कुरा भए मात्रै सर्वहाराको दिन आएको मान्न सकिन्छ ।
आजसम्म नेकपा माओवादी, नेकपा एमाले र नेपाली कांग्रेस सबै धन्यवादका पात्र हुन् । किनभने आजको दिनसम्म उनीहरुले नै ल्याइपुर्याएका हुन् ।
उनीहरूलाई अगाडि किन हिँडेनौ भनेर किन भन्नुपर्यो ? रातो टोपी लाथ्यौ, बहुदलीय जनवाद भनेर भन्थ्यौ भनेर किन सम्झाउनुपर्यो ? उनीहरूले भनिरहेकै छन् त बिस्तारै समाजवादतिर जाने हो भनेर ।
उनीहरूले जे भने पनि हामीले सर्वहाराको लडाईं लडिरहनुपर्छ, लडिरहेका छौं । किनभने, हामी नाच्नुछ । रमाइलो गर्नुछ । दोहोरी गाउनुछ । त्यसकारण सर्वहाराको लडाईं जारी छ ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...