एनएमबि बैंकले पायो अर्को सम्मान

काठमाडौं, १६ जेठ- एनएमबि बैंकले ‘बेस्ट इस्युइङ बैंक पार्टनर इन फ्रजाइल कन्टीज २०१७ साउथ एशिया’ अवार्डबाट सम्मानित भएको छ । नेपालमा यो सम्मान प्राप्त गर्ने एनएमबि बैंक पहिलो बाणिज्य बैंक हो । ग्लोबल टे«ड फाइनान्स प्रोगाम २०१७ मा  बैकले गरेको सहकार्यका लागि रिजनल फाइनान्स इन्स्टिच्युसन गु्रप आइएफसीका प्रमुख एशिया एण्ड प्यासिफिक मिस्टर भिट्टिरियो डी बिल्लोले एनएमबि बैंकका सिइओ सुनिल केसीलाई  सो अवार्ड प्रदान गरेका हुन् ।

आठौं आइएफसी ट्रेड अर्वाडसको प्राप्तिले एनएमबि बैकको अन्र्तराष्ट्रिय सम्बन्ध तथा अन्र्तराष्ट्रिय साझेदारहरुको सहकार्यमा नेपालका स्थानीय समुदायमा गर्न सक्ने ठुलो व्यापार लगानी क्षमतालाई उद्घोष गरेको छ ।

एनएमबि बैकले “समृद्घ नेपालका लागि” भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझैला ब्यावसाय तथा कृषि क्षेत्रमा बिभिन्न खाले वित्तीय लगानी गरेर देशकै अर्थतन्त्रमा साकारात्मक प्रभाब हुने गरी काम गरिरहेको जारी पे्रस विज्ञप्तीमा उल्लेख गरिएको छ  ।

यो सँगै यस बर्ष एनएमबि बैकले हाल सम्म ३ चर्चित अन्र्तराष्ट्रिय अवार्ड हात पारेको छ ।  जसमा द बेस्ट बैंक अफ द इयर २०१७ र सर्टिफिकट अफ मेरिट रहेका छन् ।

जेठ १६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार