×

NMB BANK
NIC ASIA

प्रदेशसभामा फिल्मी शैलीको दुर्घटना गुपचुप : पीएसओ गम्भीर घाइते, कर्मचारी हिरासतमा

जेठ १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, १७ जेठ –प्रदेश नम्बर २ को प्रदेशसभा भवन परिसरमा बुधबार राति फिल्मी शैलीमा एउटा दुर्घटना भयो । गुपचुप राखिएको यो दुर्घटनाका पीडित आफ्नो खुट्टा नै गुमाउने अवस्थामा पुगेका छन् भने दुर्घटना गराउने व्यक्ति (प्रदेशसभाकै कर्मचारी) प्रहरी हिरासतमा छन् ।

Muktinath Bank

प्रदेशसभा सचिवालयमा कार्यरत शाखा अधिकृत अमरेन्द्र कुसियैतले गाडी सिक्ने क्रममा प्रदेश नम्बर २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थका अंगरक्षक (पीएसओ) शिवजी देव सेर्मालाई फिल्मी शैलीमा ठक्कर दिएर गम्भीर घाइते बनाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिरहाको सिरहा नगरपालिका वडा नम्बर ८ निवासी कुसियैतले चलाएको गाडीको ठक्करबाट गम्भीर घाइते भएका सेर्माको दायाँ खुट्टा नै काम नलाग्ने अवस्थामा पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘गाडीको ठक्करबाट प्रहरी हवल्दार शर्माको दाहिने खुट्टाको पञ्जा पूर्ण रूपमा किचिएको छ,’ शाहीले भने, ‘जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि उहाँलाई लालितपुरस्थित बीएण्डबी अस्पताल पठाइएको छ ।’
सेर्मालाई एम्बुलेन्समार्फत राति नै केन्द्रीय राजधानीतर्फ लगिएको हो ।

Vianet communication
Laxmi Bank

इलामको दानाबारीका स्थायी बासिन्दा सेर्मा प्रदेश प्रमुख कायस्थको अंगरक्षकका रूपमा कार्यरत छन् ।

यसरी भयो दुर्घटना

बुधबार राति करीब सवा ८ बजेतिर प्रदेशसभाका मर्यादापालकहरूले मेसमा खाना खाने बेला भएको थियो । मर्यादापालकहरूको क्वार्टर रहेको भवनको बरण्डामा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थका अंगरक्षक पीएसओ शिवजी देव शर्मा, प्रहरीका एक सई र केही मर्यादापालक कुर्सीमा बसेर मोबाइल चलाइरहेका थिए ।

त्यति नै बेला प्रदेशसभा सचिवालयमा कार्यरत शाखा अधिकृत अमरेन्द्र कुसियैतले भवन परिसरमा पार्किङ गरेर राखिएको बा २ च ६५० नम्बरको गाडी बाहिर निकाले । गाडी चलाउन नजान्ने कुसियैतले सिक्नका लागि गाडी निकालेका रहेछन् ।


गाडी अचानक हुत्तियो । उनले त्यसलाई नियन्त्रण गर्न सकेनन् । गाडी पीएसओ शर्मासहित केही व्यक्ति बसेर मेबाइल चलाइरहेको बरण्डातर्फ अघि बढ्यो । शर्माबाहेकका अन्य व्यक्ति भाग्न भ्याए । गाडी २/३ वटा सिंढी चढेर बरण्डामा पुगिसकेको थियो । गाडीले शर्माको खुट्टा पिल्लरमा च्याप्न भ्यायो ।

कुसियैतलाई बचाउन कर्मचारीको दबाब

प्रहरी हिरासतमा रहेका कुसियैतलाई बचाउन कर्मचारीहरूले प्रदेशसभा सचिवालयका सचिव दिवाकर पौडेललाई दबाब दिइरहेका छन् । सचिव पौडेलले समेत प्रहरी उपरीक्षक शाहीलाई फोन गरेर मुद्दा नचलाउन आग्रह गरेको एक कर्मचारीले जानकारी दिए ।

यद्यपि प्रहरी उपरीक्षक शाही भने जस्तोसुकै दबाब आए पनि कानूनअनुसार अघि बढ्ने बताउँछन् ।

‘कुसियैतमाथि कुन मुद्दा चलाउने भन्ने विषयमा निर्णय हुन बाँकी छ, एसपीसाब आएपछि सायद अंगभंग गराउने उद्योगअन्तर्गत मुद्दा चल्नसक्छ,’ डीएसपी शाहीले भने, ‘कुसियैतसँग सवारी चालक अनुमतिपत्र समेत नरहेको बुझिएको छ ।’

कुसियैतले गाडी सिक्ने क्रममा दुर्घटना गराएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x