×

NMB BANK
NIC ASIA

लोकान्तर खोज (फलोअप)

धनुषामा भेटियो प्राचीन सभ्यताको प्रमाण, फेला परेका वस्तु २५ सय वर्ष पुराना !

जेठ १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, १९ जेठ – धनुषाको मुसहरनिया गाउँपालिकाको मुखियापट्टिमा भेटिएका पुरातात्विक वस्तु २५ सय वर्ष पुराना भएको पुरातत्व विभागले पुष्टि गरेको छ । २ नम्बर प्रदेशकै सबैभन्दा प्राचीन मानव बसोबास तथा संस्कृति रहेको पुष्टि हुने गरी मुखियापट्टिमा ती वस्तु फेला परेका थिए ।

Sagarmatha Cement
Muktinath Bank

गत वर्ष चैत्रमा जमुनी नदीको तटबन्ध निर्माण गर्ने क्रममा स्थानीय रामप्रगास ठाकुरसहित ३ दाजुभाइको खेतमा डोजरमार्फत् माटो खन्ने क्रममा प्राचीन मूर्ति फेला परेका थिए । लगत्तै पुरातत्व विभागका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले फेला परेका मूर्ति तथा भाँडाकुँडा संकलन गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थप अनुसन्धानका लागि पुरातत्व विभागबाट उपसचिव तथा प्रवक्ता रामबहादुर कुँवरको नेतृत्वमा आएको ६ सदस्यीय टोलीले जेठ १२ गतेदेखि १७ गतेसम्म खानी उत्खनन् गरेको छ । टोलीमा पुरातत्व अधिकृत भाष्कर ज्ञवाली, शुशीलकुमार गौतम, इञ्जिनियर रोशनी महर्जन, फोटोग्राफर रामचन्द्र श्रेष्ठ रहेका थिए । उत्खनन्बाट प्राचीन सभ्यताका वस्तु फेला परेका छन् ।


Advertisment
Nabil box
Kumari

उत्खनन्बाट कुषाणकालीन र मौर्यकालीन पुरुष तथा नारीका मूर्ति, फलामका औजार बनाउँदा बसेको अवशेष ‘आइरन स्ल्याग’, ‘टीसी बीड’, इँटा, ‘टेराकोटा ब्यान्गेल’, ‘नोर्दर्ण ब्ल्याक पोलिश वेयर (एनबिपी)’, ‘ब्ल्याक स्लीप वेयर’, ‘पोर्टो एनबीपी’, ‘कोर्ड मार्क’, ‘रेड वेयर’ जस्ता महत्वपूर्ण वस्तु फेला परेको पुरातत्व अधिकृत भाष्कर ज्ञवालीले लोकान्तरलाई बताए ।

Vianet communication
Laxmi Bank

‘उत्खनन् गर्दा संरचनामा पूजाका लागि बनाइएको मूर्ति सहितको संरचना, विभिन्न समयमा बसोबास गरेका मानिसको संस्कृतिको ‘फ्लोर लेभेल’ समेतका प्रमाण देखिएकाले त्यो ठाउँ २ नम्बर प्रदेशकै सबैभन्दा प्राचीन सभ्यता सहितको बसोबास रहेको पुष्टि भएको छ,’ उत्खनन् स्थलमा पुगेका लोकान्तरकर्मीलाई ज्ञवालीले भने ।

उत्खनन्का क्रममा ४ मिटर लम्बाई, ३ मिटर चौडाई र २.३० सेन्टिमिटर गहिराईको खाल्डोमा विभिन्न तहगत लेयर खनिएको थियो । ती सांस्कृतिक तहको अध्ययन समेत गर्दा कुषाणकाल र मौर्यकालभन्दा अगाडिका सभ्यताको सांस्कृतिक तहहरू फेला परेको पुरातत्व विभागका प्रवक्ता उपसचिव रामबहादुर कुँवरले बताए ।

‘पुरातात्विक क्षेत्र कति क्षेत्रमा फैलिएको हुनसक्छ भन्ने जानकारी प्राप्त भयो । क्षेत्र कति पुरानो हो, यो ठाउँमा कुन–कुन समयमा कुन–कुन सभ्यता र संस्कृतिको विकास भएको छ ? कस्ता–कस्ता मानिसले बसोबास गरेका थिए भन्ने तथ्य खोजी गर्न उत्खनन् गरिएको थियो,’ कुँवरले भने, ‘विगतमा डोजर लगाइएको ठाउँमा सांस्कृतिक सिलसिला पाउन सकिन्छ भन्ने योजनासहित अर्को ठाउँमा ट्रेन्च खन्दा सम्पूर्ण तहहरू देखियो । माथि ३ फिटसम्म कुनै सांस्कृतिक तह फेला नपरेपनि पछि सबै तहहरू फेला पर्न थाले ।’

‘सतहमा देखिएका खपडा संकलन, फोटोग्राफी, रेकर्डिङ, गरिसक्यौं,’ उनले भने, ‘समग्रमा अहिले नै सम्पूर्ण परिणाम आइहाल्यो त भन्न सकिन्न । तर, प्रारम्भिक अनुसन्धानले यो प्राचीनस्थल रहेको प्रमाणित भएको छ । प्राचीन मानवको बसोबास रहेको उच्च स्तरको संस्कृति रहेको पाइन्छ ।’ उत्खनन गरिएका खाल्डोलाई तत्काल प्लाष्टिक राखेर पुरिएको छ ।

टोलीको अध्ययन र अनुसन्धानबाट मुखियापट्टि २ नम्बर प्रदेशकै प्राचीन स्थलको रूपमा पुष्टि भएको छ । करीब ५ वर्षअघि समेत २ नम्बर प्रदेशकै सिरहाको खपटेडाँडामा समकालीन प्रमाण फेला परेका थिए । जनकपुर मिथिला सभ्यताको प्राचीनस्थल रहेको भएपनि यसअघि धनुषाको मणिमण्डप, बाउन्नविघा लगायतका पौराणिक स्थलमा उत्खनन् गर्दा समेत यति प्राचीन प्रमाण फेला परेका थिएनन् । ‘मुखियापट्टिमा फेला परेका प्रमाणको आधारमा २५ सय वर्षभन्दा पनि पुरानो संस्कृति रहेको पुष्टि हुन्छ,’ कुँवरले लोकान्तरसँग भने ।

संरक्षण कसरी गर्ने ?

उत्खनन् गर्दा स्थानीय प्रहरीले सुरक्षा प्रदान गरेपनि जग्गाको नियमित सुरक्षा व्यवस्थापन गरिएको छैन । खानी भेटिएको जग्गा निजी भएकाले जग्गाधनीले खनजोत र खेतीपाती समेत गर्न पाएका छैनन् । स्थानीय वडा अध्यक्ष नरेशप्रसाद यादवले जग्गा चलनचल्तीको दरमा अधिग्रहण गर्नुपर्ने बताए । तर, संघीय सरकार, प्रदेश सरकार वा स्थानीय सरकार कसले अधिग्रहण गर्ने भन्ने एकीन नै गरिएको छैन ।

‘स्थानीय गाउँपालिकाले मात्रै अधिग्रहण गर्न सक्ने अवस्था छैन । प्रदेश वा संघीय सरकारले अधिग्रहण गरेर त्यहाँ संरक्षित क्षेत्र घोषणा गर्नुपर्छ,’ उनले भने । फेला परेका मूर्ति र अन्य वस्तुलाई राखेर संग्रहालय बनाउन सके गाउँलाई पौराणिक पर्यटकीय स्थलको रूपमा विकसित गर्न सकिने उनले बताए । गाउँ भारतीय सीमा नजिक रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x