×

NMB BANK
NIC ASIA

यस्ता छन् दमका बिरामीले व्यायाम गर्दा हुने फाइदा !

जेठ २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २० जेठ-दम तथा खोकीका रोगीले श्वासप्रश्वाससम्वन्धी व्यायाम गर्दा फाइदा हुने अध्ययनले देखाएको छ । भक्तपुरमा गरिएको पछिल्लो तीन बर्षको अध्ययनले दम खोकीका बिरामीले व्यायाम गर्दा फाइदा हुने देखिएको हो । 

Muktinath Bank

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पल्मोनरी एण्ड क्रिटिकल केयर मेडिसिन विभाग, सोलिड नेपाल र जापानी सहयोग नियोग(जाइका)ले संयुक्त रूपमा गरेको उक्त अध्ययनले दमरोगीले व्यायाम गर्दा स्वाथ्यमा सुधार भएको बताएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यायाम गर्दा मांसपेशीहरू सुगङ्गठित हुने, श्वासप्रश्वासमा सजिलो हुने, छातीको मांसपेशी पनि तन्दुरुस्त हुनुका साथै सामाजिक सांस्कृतिक रूपमा सहजता हुने अध्ययनले देखाएको छ । 


Advertisment
Nabil box
Kumari

दमखोकीका दीर्घ रोगीले औषधिसँगसँगै स्वाशप्रश्वाससम्बन्धी व्यायाम गराउँदा रोगको प्रभाव कम भएको छ, अध्ययनमा सहभागी डा. खेम कार्कीले बताउनुभयो । उहाँले यसबाट गुणस्तरीय जीवनयापन गर्न सहज हुने समेत जानकारी दिनुभयो । 

Vianet communication
Laxmi Bank

विश्वमा २५ करोड मानिसलाई दमखोकी छ भने तीमध्ये प्रतिवर्ष ३० लाख मानिसको मृत्यु हुनेगरेको छ । यस्ता रोगीमध्ये ९० प्रतिशत नेपाल जस्तो अल्पविकसित वा विकासशील मुलकका नागरिक छन् । 

नेपालमा दमखोकीका नौ लाख ६० हजार विरामी रहेको विश्व रोगभार सर्वेक्षण २०१६ ले देखाएको छ । विश्वमा प्रति लाख तीन हजार छ सय जनामा दमखोकी छ भने नेपालमा चार हजार आठ सय जनामा छ । 

त्यसैगरी नेपालमा प्रतिवर्ष १६ हजार व्यक्तिको मृत्यु दमखोकीकै कारण हुने गर्दछ । त्यसमा पनि प्रति लाखमा १२० महिला र १०३ पुरुषको दम तथा खोकीकै कारणले मृत्यु भइरहेको छ । 

डा. कार्कीले दमखोकीका कारण मृत्यु हुनेको संख्यामा महिलाको संख्या बढी रहेको बताउनुभयो । तथ्याङ्क अनुसार नेपालमा दमखोकीको समस्या अत्यधिक छ । दमखोकी लागिसके पछि निको नहुने हुँदा अस्वस्थ मानिसको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ ।

डा. कार्कीले बढी उमेरका मानिसमा दमखोकीको समस्या बढी हुने गरेको बताउनुभयो । वरिष्ठ छातिरोग विशेषज्ञ डा. करविरनाथ योगीले दमखोकीका प्रमुख कारक तत्वमा धुमपान र वायुप्रदुषण मुख्य रहेको बताउनुभयो । 
उहाँले धुम्रपानले गर्ने असरमध्ये दमखोकी एक प्रमुख समस्या रहेको भन्दै अहिले पनि २७ प्रतिशत पुरुष र छ प्रतिशत महिलाले धुमपान गर्ने गरेको जानकारी दिनुभयो । 

कूल रोगीमध्ये ३१ प्रतिशत मानिस भने अरूले धुम्रपान गर्दा निस्केको धुँवाबाट प्रभावित हुने गरेका छन् । डा. योगीले घर भित्र आगो बाल्दा निस्केको धुवाँ र वायु प्रदूषण पनि उत्तिकै जिम्मेवार रहेको बताउनुभयो । उहाँले नेपालमा शहरी क्षेत्रमा वायु प्रदुषण तीव्र गतिले बढ्नुको प्रमुख कारण सवारी साधनको संख्यामा भएको व्यापक वृद्धि हो भन्नुभयो । 

सन् २००० मा २ लाख ५० हजारको सङ्ख्यामा रहेका सवारी साधन सन् २०१७ सम्ममा आउँदा करीब २४ लाख पुगेको छ । त्यसै गरी ६६ प्रतिशत घरमा खाना पकाउन वा अन्य घरेलु प्रयोजनका लागि दाउरारगुईठा बाल्ने अवस्था छ । दमखोकीका विरामीका लागि आवश्यक आधारभुत औषधीहरू राज्यले निशुल्क रूपमा प्रदान गर्दै आएको छ ।

जीवनभर औषधी खानुपर्ने भएकाले विरामीहरूको जीवन कष्टकर बन्दै गएको उहाँको भनाई छ । 

उहाँले दमखोकीका विरामीलाई औषधी सँगसगै छातीलाई तन्दुरुस्त राख्ने अभ्यास खानपिन र जीवनशैलीसँग सम्बन्धित आनीबानीमा परिवर्तन ल्याउने गरी तयार गरिएको श्वासप्रश्वास व्यायाम विधिको सही उपयोगले रोगीको जीवनमा सकारात्मक परिवर्तन आउने कुरा नेपालमै गरिएको प्रयोगबाट सिद्ध भैसकेको बताउनुभयो । 

तीन वर्ष लगाएर अध्ययन गरिएको रिपोर्ट सार्वजनिक कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री पद्यमा अर्यालले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि सरकार अग्रसर रहेको बताउनुभयो । उहाँले सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न सूर्तिमा लगाइदै आएको करको दरमा वृद्धि गर्ने तथा कानुन कार्यान्वयमा जोड दिने थालनी गरेको बताउनुभयो । गाेरखापत्रमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x