असार १, २०८०
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
पछिल्ला वर्षहरुमा बीमा गर्नेहरुको संख्या बढ्दो छ । जीवन बीमाको बजार अझै बढ्दो छ । बीमाको कारोबार बजार बढ्दै गए पनि ग्रामिण भेगमा अझै पनि यसबारे पर्याप्त र प्रभावकारी जानकारी नभएको गुनासा सुनिन्छन् । खासमा जीवन बीमाका समस्या के हुन् ? यो क्षेत्रलाई सरकारले कसरी हेर्छ ? यिनै विषयमा लोकान्तर डट्कमकी मनीषा अवस्थीले नेपालको जीवन बीमाको बजारमा अग्रणी स्थानमा रहेको नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झासंग कुराकानी गरेकी थिइन् । हेरौं सम्पादित अंशः
जीवन बीमाको बजार कस्तो छ ?
बीमाको अवस्था यो वर्ष ज्यादै नै उत्साहजन छ । किनभने यो वर्ष बीमा क्षेत्रमा काम गर्नेहरु धेरै नै बढे । यसले अहिले एकैचोटी जनचेतना पनि बढाएको छ । पहिला यो क्षेत्रमा हामी औंलामा गन्न सकिने मात्रै थियौं । अहिले कम्पनीहरु थपिए, जसका कारण सबैले प्रतिस्पर्धा गर्न शुरु गरे । यसअघि धेरै द्विबिधा थियो – पुराना कम्पनीहरुले के गर्लान, नयाँ कसरी आउलान ? अहिले त्यो चिरिएको छ । त्यसकारण बीमाको ‘बिजनेस ग्रोथ’मा सकारात्मक असर परेको छ ।
हामी निश्चित अवधिका लागि थोरै– थोरै गरेर बचत गर्ने, निश्चित अवधिको ‘म्याचुरिटी’ पछि त्यो फिर्ता गर्ने, फिर्ता गर्दा ब्याज वापतको पैसा जसलाई बीमाको भाषामा बोनस भन्छौं, त्यो पनि फिर्ता गर्छौं ।
फण्डको व्यवस्थापन निकै महत्वपूर्ण हो । कथम कथाचित बिमितलाई हामीले गरेको कबुल अनुसारको व्यवहार गर्न सकेनौं भने उहाँहरुले ठगिएको महशुस गर्नुहुन्छ । जुन निकै नराम्रो हुन जान्छ ।
प्रतिस्पर्धा बढेसँगै स्वभाविक रुपमा यसका केही नकारात्मक असर पनि पर्छन् । मार्केटिङ गर्दा बिकृतिका कुरा पनि सुन्नमा आइरहेको हुन्छ । त्यसकारण अवसरसँगै चूनौती पनि थपिएका छन् ।
नेपाली जीवन बीमा बजारले देशलाई पौने २ खर्बको लगानी दिन सक्ने भएको छ । करिब डेढ प्रतिशतको हाराहारीमा नेपालको कूल गाह्रस्थ उत्पादन (जिडिपी)मा यो क्षेत्रको योगदान छ । बीमाको बजार बिस्तार र पूँँजीमा बृद्धि हुँदै गएकाले भबिष्यमा जिडिपीमा राम्रो योगदान बढाउन सक्ने निश्चित छ ।
नम्बर अफ प्लेयर्सको हिसाबले बीमा क्षेत्रले रोजगारको अवसर पनि राम्रो दिएको छ । यो क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई किसिमका रोजगारीका अवसर छन् ।
अप्रत्यक्ष रुपमा अधिकर्ताको रुपमा काम गर्ने देशभरी झण्डै एक लाख जना छन् । जसमध्ये निरन्तर सक्रिय रहेकाहरु ४० हजार देखि ४५ हजारको बिचमा अभिकर्ता छन् ।
बीमाको इतिहास त्यति लामो छैन । जम्मा ५० वर्षको मात्रै छ । त्यसमा पनि सक्रिय रुपमा लागेको इतिहास निकै छोटो छ । त्यसकारण पनि हामी सिक्दै अगाडि बढिरहेका छौं । समग्रमा बीमा क्षेत्र अहिले अगाडि बढिरहेको छ ।
तपाइँ आफू सिइयो रहेको नेपाल लाइफको बजार चाहीँ कस्तो छ ?
हामी राम्रो गर्ने प्रयास गरिरहेका छौं । हाम्रो मार्केट शेयर पनि दिनानुदिन बढिरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार ३५ प्रतिशत मार्केट शेयर हामीले ओगटिरहेका छौं ।
हामीले बिजनेस प्लानमा समय सापेक्ष परिमार्जन गरिरहेका छौं । ग्रोथ रेट गत वर्षभन्दा झण्डै दोब्बर छ । त्यसले हाम्रा साथीहरुलाई प्रचारप्रसारका लागि पनि सजिलो भएको छ । बीमा भनेको एक पछि अर्को हुँदै, बढ्दै जाने बजार हो ।
व्यक्तिको कन्भिन्स पावरमा पनि भर पर्छ । हामीले त्यसमा ध्यान दिएका छौं । बिमितले पाउने रिटर्नलाई हामीले सबैभन्दा पहिलो प्राथमिकतामा राखेका छौं । यी सबै कारणले बीमा गर्न चाहनेहरुको पहिलो रोजाई हामी बनिरहेका छौं । आगामी दिनमा हामी यसलाई बढाउँदै लैजानेछौं ।
सरकारले बीमा उद्योगलाई कसरी हेरेको पाउनुहुन्छ ?
अहिले पनि मानिसहरुको अन्तिम प्राथमिकतामा बीमा छ । बीमा पहिलो प्राथमिकतामा पर्नुपर्ने हो नि । तर, अहिले बिस्तारै सिफ्ट भने भइरहेको छ ।
अहिले मिडियादेखि बिमितहरुले पनि यसलाई प्राथमिकता दिन थालेका छन् । जस्तै तपाइँहरुले बीमा कम्पनीको सिइओको अन्तर्वार्ता लिनुपर्छ भन्ने महशुस गर्नुभयो । पहिला यस्तो महत्व दिने चलन थिएन ।
हाम्रो देशको नीति बनाउने कुरामा बीमाको कुरा निकै पछाडि राख्ने गरिएको थियो । तर आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा बीमाका कुरा समेटिएको छ । यसलाई सकारात्मक मान्न सकिन्छ ।
यो यस्तो क्षेत्र हो जसले कुनै पनि देशको पूर्वाधार निर्माणमा कायापलट गरेको उदाहरणहरु थुप्रै छन् । किनभने पूर्वाधार निर्माणमा दीर्घकालीन लगानीका कुरा महत्वपूर्ण हुन्छन् । त्यसका लागि बीमा क्षेत्रको पूँजीलाई प्रयोगमा ल्याउन सकिन्छ । यसकारण कि बीमा गर्दा १०, २०, ३० वर्षका लागि मान्छेले पैसा राखेका हुन्छन् जुन बढ्दै गइरहेको हुन्छ । त्यसकारण पनि सरकारले यसलाई लगानीकै लागि पनि प्राथमिकतामा राख्नुपर्छ ।
आम सर्बसाधारणका लागि सरकारले नै केही विशेष चिज ल्याउनुपर्छ जसले उनीहरुलाई बीमा गर्न थप उत्प्रेरित गरोस् ।
अहिले स्वैच्छाले बीमा नगरेको अवस्थामा यसलाई सूधार गर्न सरकार र निजी क्षेत्र पुरै लाग्नुपर्छ । किनभने विकसित देशहरुमा जिडिपीको १४ प्रतिशतसम्म बीमाको योगदान रहेका उदाहरण पनि छन् । यसले राज्यलाई फाइदा हुन्छ भन्ने पक्का छ ।
अभिकर्ताहरुले गाउँघरमा गएर बीमा गर्नुपर्छ भनिरहँदा राम्रोसँग बीमाको महत्व बुझाउन सकिरहेका छैनन् भन्ने गुनासो पनि सुन्ने गरिन्छ । बीमा कम्पनीहरुले आफ्ना अभिकर्ताहरुलाई त राम्रोसँग बुझाउन सकिरहेका छैनन् भने कसरी ग्रामिण बस्तीहरुमा बीमाका कुरा बुझाउन सक्छन् ?
अहिले संख्यालाई प्राथमिकता दिइन्छ त्यसैले गुणस्तरमा कहिँ न कहिँ सम्झौता भइरहेको छ । बीमा क्षेत्रमा पनि त्यो देखिएको छ । बीमा कम्पनीहरु अभिकर्ताको संख्या बढाउनमै केन्द्रित छन् । गुणस्तर बढाउन खासै ध्यान दिन सकिरहेका छैनन् । अहिले बीमा कम्पनीको अभिकर्ता बन्न सजिलो प्रक्रिया भएको छ । मैले केही मान्छे चिनेको छु, भैहाल्छ नि भन्नुभन्दा पनि यहाँभित्र पनि सिक्ने कुरा धेरै छन्, भन्ने कुरा मनन् गर्न जरुरी छ । यो निकै महत्वपूर्ण छ ।
अभिकर्ताहरुले धेरै बीमा गराए भन्नुभन्दा पनि बीमा गराउँदा कसरी गराए भन्ने कुरालाई उद्योगले ध्यान दिनुपर्छ । अब हामीले पनि अभिकर्ताको क्षमता अभिबृद्धिमा बिशेष ध्यान दिनुपर्छ । यो भइरहेको पनि छ बिस्तारै । बीमा अभिकर्ताका लागि व्यवसायिक रुपमा तालिमहरु हुन थालेका छन् । यसले बिस्तारै यो समस्याको समाधान हुनेछ भन्नेमा आशावादी छौं ।
बीमा ब्यसायलाई सुरक्षित ब्यवसाय मानिन्छ । व्यवसाय गर्दा कस्ता चूनौतीहरु छन् ?
बीमा कम्पनीहरुको पुँजी र बिश्वनीयता धेरै महत्वपूर्ण कुरा हो । हामी अरुको जीवन सुरक्षाको नारा लगाउँछौं, उनीहरुको बचतलाई सुरक्षित लगाउने अठोट लिएका हुन्छौं । त्यसकारण हामी झनै सुरक्षित रहनु आवश्यक हुन्छ । त्यसैले पुनर्बीमाको सुबिधा छ । अहिले हाम्रोमा पनि पुनर्बीमा गर्ने कार्यक्रम छ ।
आम बिमितहरुसँगका वाचा पूरा गर्नका लागि हामी सुरक्षित रहनुपर्छ । हामीले अन्तराष्ट्रिय बीमा पनि गरेका छौं । यो पालीको बजेटमा फिक्स प्यारामिटर्स पनि आएको छ । हामी यसमा पनि चनाखो छौं कि जहाँ हामीले रि–इन्सुरेन्स गरेका छौं, त्यो कम्पनीको पनि ‘फर्दर रिक्स म्यानेजमेन्ट’लाई राम्रोसँग अध्ययन गर्ने गर्छौं ।
अहिले यो क्षेत्रमा काम गर्दै गर्दा आर्थिक व्यवस्थापनको जोखिमसँगै ब्यवस्थापकीय जोखिम लगायतका कुराहरु पनि निकै महत्वपूर्ण छन् । किनभने बजार बढ्दै गइरहेको छ, जनशक्ती बढाउनुपर्ने हुन्छ । यो सबैलाई व्यवस्थापन गर्नु नै अहिलेका चूनौती हुन् ।
यति हुँदा हुँदै पनि हामी यो क्षेत्रको चुक्ता पूँजी ४ दशमलव ३ खर्ब नै पुर्याइसकेका छौं ।
आगामी आर्थिक वर्षको बजेटमा बीमा क्षेत्रका केही कुरा समेटिएका छन्, कसरी लिनुभएको छ ?
आगामी वर्षको बजेटमा बीमा क्षेत्र समेटिएको छ । बजेटमा बीमाका कुरा समेटिदा जनचेतनाको स्तर थप बढ्नेछ । यसप्रति हामी सकारात्मक छौं । धेरै वर्षपछिको बजेटमा बीमा क्षेत्र समेटिएको हो । यद्यपि हाम्रो अपेक्षा अली बढी नै थियो । बजेटमा बीमा समेट्न यसपाली शुरुवात भएको छ । आगामी दिनमा झनै व्यवस्थित हुनेछ भन्ने आशा छ ।
तपाईहरुको लगानी कुन क्षेत्रमा बढी केन्द्रित छ ?
हाम्रो लगानी गर्भमेन्ट सेक्युरिटिजमा बढी छ । कर्मसियल बैंकको एफडीमा पनि फोकस छ । हाम्रो पूँजीको अवधि १०/१५ वर्षको हुन्छ । बैंकसँग जाँदा एक वर्ष या २ वर्षभन्दा दिँदैन । अहिले केही बैंकरसँग सल्लाह गरेर १० वर्षे डिपोजिटका लागि सहमति गरेका छौं ।
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...