माघ १७, २०८०
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
जेठ २०, २०७५
काठमाडौं, २० जेठ– २०७१ को असोज १२ गतेदेखि पेट्रोलियम पदार्थमा लागू भएको स्वचालित मूल्य प्रणालीको कारणले १५/१५ दिनमा नेपालमा डिजेल पेट्रोलको मूल्य घटबढ भइरहेको देखिन्छ ।
पछिल्लो पटक जेठ १८ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य रू ११० बाट रू ११३ बनाइएको छ भने, डिजेल र मट्टीतेलको मूल्य रू ९२ बाट रू ९५ पुर्याइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेलको मूल्य नघटाए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ भने सामाजिक संजालमा पेट्रोलियम पदार्थको मूल्य बढेकोमा तीव्र असन्तुष्टि पोखिएको छ ।
तेलको मूल्य बढेको सम्बन्धमा नेपाल आयल निगमले आफ्नो वेबसाइटमार्फत एक विज्ञप्ती जारी गर्दै मूल्यवृद्धिपछि पनि नेपाल आयल निगमको अर्धमासिक घाटा १८ करोड ६२ लाख हुने देखिएको बताएको छ ।
मूल्यवृद्धि नगरेको भए उक्त घाटा बढेर ५५ करोड १७ लाख हुने आयल निगमको हिसाब किताब छ ।
इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा दिने मूल्य सूची अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुने गर्दछ । स्वचालित प्रणाली लागू हुनु भन्दा अगाडि पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै गद्थ्यो ।
‘राजनीतिक मुद्दा र व्यक्तिगत सनकका आधारमा घटबढ हुने मूल्य ०७१ सालदेखि स्वचालित प्रणालीमा आएसँगै आफै घटबढ हुने भएको छ, यो सकारात्मक कुरा हो’, नेपाल आयल निगमका कार्यकारी निर्देशक शुशील भट्टराईको भनाइ छ ।
कार्यकारी निर्देशक भट्टराईले पछिल्ला दिनमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि कुनै अनियमितता गर्ने नियतले नभएको प्रष्ट पारे । तर पछिल्लो तीन महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छैन ।
तरपनि नेपालमा भने तेलको मूल्य बढेको बढ्यै छ ।
निगमका कार्यकारी निर्देशक भट्टराई तेलको अन्तर्राष्ट्रिय मूल्यसँग नेपालमा आउने तेलको मूल्यको कुनै सम्बन्ध नरहेको तर्क गर्छन् ।
उनले नेपालमा तेलको मूल्य दुई तरिकाले निर्धारण हुने जानकारी दिए । पहिलो, डलरको मूल्यमा घटबढ हुँदा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुन सक्ने ।
दोस्रो, भारतमा तेलको मूल्य घटबढ हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्ने गर्दछ । नेपाल आयल निगमले डलरमा पेट्रोलियम पदार्थको कारोवार गर्ने भएकोले डलरको भाउले पनि निगमको नाफा घाटामा प्रत्यक्ष प्रभाव पर्ने गर्दछ ।
भट्टराई भन्छन्, ‘अहिले डलरको भाउ पनि बढेको र इन्डियन आयल कर्पोरेसनले नेपाल निर्यात गर्ने तेलको मूल्य बढाएको कारणले नेपाल आयल निगम दोहोरो मारमा परेको हो ।’
कार्यकारी निर्देशक भट्टराई एक दुई रुपैयाँ घटबढ हुँदैमा ठूलो राजनीतिक या आर्थिक मुद्दा बनाउन नहुने बताउँछन् ।
अहिले लगभग सबै डिपोमा तेलको आपूर्ति नियमित भइरहेको छ । आपूर्ति ठप्प हुने अवस्था आउन नदिन निगम लागिरहेको भट्टराईको दाबी थियो ।
आयल निगमका अनुसार गत आर्थिक वर्षको मे २०१८ सम्म नेपालमा रू १ खर्ब १७ अर्ब बराबरको पेट्रोलियम पदार्थको आयात भएको देखिन्छ । यो अघिल्लो वर्षको तुलनामा करिब ३४ प्रतिशत बढी हुन आउँछ । नेपालमा तेलको खपत बर्सेनि बढिरहेको छ । तेलको आयात बढेसँगै आपूर्ति व्यवस्थामा दिनानुदिन चुनौती थपिइरहेको छ ।
उसो त नेपालमा तेलको मूल्य पनि ठाउँ अनुसार फरक फरक छ । पछिल्लो मूल्य वृद्धिपछि चारआली, विराटनगर, महेन्द्रनगर, धनुषा, अमलेखगंज, भलवारी, नेपालगञ्ज र धनगढी डिपोबाट बिक्री हुने पेट्रोलको मूल्य जम्मा १११ रुपैया ५० पैसा छ । त्यस्तै पोखरा र दाङ डिपोबाट बिक्री हुने पेट्रोलको मूल्य ११२ रुपैया ५० पैसा र थानकोट, सुर्खेत र दिपायल डिपोबाट बिक्री हुने पेट्रोलको मूल्य रू ११३ पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य पनि त्यही अनुसार कमबेसी तोकिएको छ । ढुवानी खर्चका कारण नेपालभित्रै पनि फरक फरक मूल्य हुने आयल निगम बताउँछ ।
विगतमा पटक पटक विवादमा आउने नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली लागू भएपछि कम विवादमा परेको कार्यकारी निर्देशक भट्टराई बताउँछन्।
आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको चार वर्ष भइसकेको भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको भट्टराई स्विकार्छन् । उनका अनुसार निगमकै केही उच्च तहका कर्मचारीहरू र केही राजनीतिक शक्तिहरु पनि स्वचालित मूल्य प्रणलीमा बेखुस देखिएका छन् ।
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...