आखिर कहाँ हराए ‘हिरो नम्बर वन’ गोविन्दा !

जेठ २१, २०७५

अभिनेता गोविन्दाको गीत‘मय से न मीना से न साकी से’ मा नाचेको एक भिडियोका कारण भोपालका एक प्राध्यापक सामाजिक सञ्जालमा स्टार भएका छन् । 

४६ वर्षका इलेक्ट्रोनिक्सका प्राध्यापक सञ्जीव श्रीवास्तव वास्तविक जीवनमा पनि गोविन्दाका फ्यान हुन् । 


ADVERTISEMENT

तर हिरो नम्बर वान रहेका गोविन्दा आखिर कहाँ छन् ? गोविन्दाको जुन गीत भाइरल भएको छ त्यो १९८७ मा फिल्म खुदगर्जको हो । 

राकेश रोशनले पहिलो पटक यो फिल्मको निर्देशन गरेका थिए । 

उनको फिल्म लव ८६ एक साल पहिला हिट भएको थियो र गोविन्दाले आफूलाई पनि फिल्म उद्योगमा जमाएका थिए । 

गोविन्दाको परिवार

गोविन्दाका पिता आफ्नो जमानका एक्टर अरुण कुमार अहूजा तथा आमा निर्मला देवी हुन् । 

अरुण कुमारले ४० को दशकमा ३०–४० फिल्ममा काम गरेका थिए । 

उनकी आमा निर्मला देवी बनारसमा बस्ने शास्त्रीय गायिका थिइन् । 

तन बदनबाट ब्रेक

गोविन्दा कमर्शमा ग्रयाजुएट थिए र नोकरीका लागि कयौं ठाउँमा गए तर रिजेक्ट भए । 
तर गोविन्दाको भाग्यमा त हिरो बन्न लेखिएको छ । 

उनले ८० को दशकमा पलिहो एलविन नामको एक कम्पनीको विज्ञापन पाए र  चाढै नै तन बदनम फिल्ममा हिरो बन्ने मौका पाए । 
हिरोइन थिइन् दक्षिणकी खुस्बु ।

फिल्म लब ८६ बाट उने सफलता पाउन शुरु गरे र ९० को दशकमा आउँदा उनी भारतीय फिल्म उद्योगमा छाएका थिए । 

९० को दशकमा तीन खानका अलावा अरु कोही थियो भने त्यो गोबिन्दा थियो । 

एक समय थियो जब गोविन्दाका सालमा ८, ९ वटा फिल्म रिलिज हुने गरेको थियो र कमाइ पनि राम्रै थियो । 

उनको कमालको कमेडि टाइमिङ, खास डाइलग र पञ्च लाइन उनको लागि लेखिने गरिएको थियो । उनको रंगिन कपडा, कमालको नाच यो नै उनलाई बक्स अफिसमा अगाडि आउन सहयोगी भएका थिए ।

न त उनी आमिर जस्तो चकलेटी हिरो थिए, न सलमानको जस्तो बडी थियो न शाहरुखको जस्तो रोमान्टिक इमेज थियो न अक्षय कुमार जस्तो एक्सन थियो ।तर पनि गोविन्दाको आफ्नो अलग्गै पहिचान थियो । 

उनको कमेडि टाइमिङ यस्तो थियो कि जब १९९८ मा फिल्म बडे मियाँ छोटे मिँया आयो तब मानिसहरुले गोविन्दाले अमिताभ बच्चनलाई पनि पछि पारेको चर्चा गर्न थालेका थिए ।

९० को दशकमा गोविन्दा मसलन, दुनिया मेरा घर है, बस स्टै़ंड मेरा अड्डा, जब मन करे आ जाना, राजू मेरा नाम है और प्यार से मुझे बुलाते हैं कुली नंबर वन । त्यस्तै हीरो नंबर वन, हसीना मान जाएगी, दीवाना मस्ताना, कुली नंबर वन,साजन चले ससुराल, हद करदी आपने, शोला और शबनम नब्बेका दशकका हीट फिल्म थिए ।

गोविन्दाले फिल्म सुटिङका क्रममा निर्माता निर्देशकहरुलाई पनि घन्टौ कुराउँथे । 

गोविन्दा विस्तारै हीरा अफ द मासिज अर्थात आम मानिसको हिरो बनेका थिए । यो विशेषता नै उनको कमजोरी बनेको थियो । डेविड धवन तथा पहलाज निहलानी जस्तो निर्देशकको साथ उनले पाए तर यश चोपडा, करण जोहर, सभाष घइ जस्ता निर्देशकसँग उने काम गर्न पाएनन् ।

साल २००० मा जब शाहरुख, आमिर, सलमान, ऋतिकको चर्चा उचाइ पुग्यो गोविन्दले आफूलाई परिस्कृत गर्न सकेनन् र दौडमा पछि परे । सन् २००४ मा उनी राजनीतिमा लागे तर उनले २००८ मा राजनीतिको मैदान छोडे । 

मणि रत्नमको रावण जस्तो फिल्ममा उनको करियरलाई माथि ल्याउन सकेन  । उनले स्वर्ग तथा हत्या जस्ता फिल्ममा गम्भीर खालका रोल गरेका छन् जहाँ उनको तारिफ भएको छ ।

पछिल्लो १० वर्षका उनको केही फिल्म आएका छन् र गायब भएका छन् । उनको अन्तिम फिल्म गत वर्ष आएको थियो, आ गया हीरो जसमा उनी आफ्नो परानो रुपको नजिक पनि देखिएनन् । 

आगामी महिनामा उनी फिल्म फ्राइ डे मा देखिने छन् । 

भोपालका यी प्राध्यापकको भाइरल भिडियो ए मिसाइल हो र अहिले सम्झदा उनी बास्तवमै हिरो नम्बर एक थिए । 
 

जेठ २१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस