×

NMB BANK
NIC ASIA

शेयर बजारमा पूँजीगत लाभकर बढाइएपछि सवत्र विरोध

जेठ २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २१ जेठ– सरकारले हकप्रद र बोनस शेयरमा समेत पूँजीगत लाभकर बढाएको भन्दै शेयर बजारका लगानीकर्ताले विरोध जनाएका छन् । 

उनीहरुले आज नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई ज्ञापनपत्र बुझाई उक्त व्यवस्था तत्काल हटाउन आग्रह गरे । सरकारले आजैदेखि लागू हुने गरी बोनस तथा हकप्रद शेयरमा पूँजीगत लाभकर लगाउने व्यवस्था गरेको शेयर लगानीकर्ताको भनाइ छ । 

प्रमुख कार्यकारी अधिकृत साउदले भने लगानीकर्ताले गराएको ध्यानकर्षणका बारेमा सम्बद्ध निकायलाई जानकारी गराएर समस्या समाधान गरिने प्रतिबद्धता जनाएका थिए । यस्तै शेयर लगानीकर्ताले आजै नेपाल धितोपत्र बोर्डमा समेत ध्यानाकर्षण गराएका छन् । उनीहरुले बोर्डका अध्यक्ष रेवतबहादुर कार्की र प्रवक्ता नीरज गिरीलगायत उच्च अधिकारीलाई भेटेर आफूहरुको समस्या समाधानका लागि आग्रह गरेका थिए । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सरकारले लगानीकर्तालाई समस्यामा पार्दै पूँजी बजारलाई सखाप पार्न खोजेको आरोप लगाए । 

सरकारले आजदेखि बोनस र हकप्रद शेयरमा ७.५ प्रतिशत पूँजीगत लाभकर लगाएको छ । यो व्यवस्था व्यक्तिगत लगानीकर्ताका लागि हो । यस्तै संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्छ । यस्तै लगानीकर्ताले आजै अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीलगायत अधिकारीसँग पनि छलफल गरी पूँजीगत लाभकरले लगानीकर्ता मारमा पर्ने गुनासो गरे। आजको छलफलमा कुनै सहमति नभए पनि मंगलबार पुनः छलफल गर्ने सहमति भएको छ । 

पाँच अंकले घट्यो बजार 
 

Sagarmatha Cement
Muktinath Bank

आज (साेमवार) शेयर बजार ५.११ विन्दुले ओरालो लागेको छ । स्टकका अनुसार शेयर कारोवार मापक सूचक नेप्से एक हजार २६८.८४ विन्दुमा पुगेको छ । आज कूल १५८ कम्पनीको १० लाख ९० हजार ६०३ कित्ता शेयर रु ४३ करोड तीन लाख ८० हजार ९५९ मूल्यमा कारोवार भएको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.९५ विन्दुले घटेर २६७.२४ विन्दुमा पुगेको छ । 

आज बैंकिङ ६.०८, व्यापार २.८७, होटल २८.६२, विकास बैंक ५.८, जलविद्युत् २७.१६, फाइनान्स ५.७६, बीमा ६५.७५, उत्पादन १८.३२ र माइक्रोफाइनान्स ३१.१३ विन्दुले घटेको छ । यस्तै अन्य समूह भने २४.१५ विन्दुले उकालो लागेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x