फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
काठमाडौं, २२ जेठ–देशकै सबैभन्दा पूरानो वीर अस्पतालको बाहिरी स्वरूप परिवर्तन हुँदै गएको छ । अस्पतालका भित्ताहरू रंग रोगनले चम्किएको छ । भित्ताहरूमा सुन्दर चित्र पनि बनाइएको छ ।
शौचालय पनि सफा देखिन्छ । गत वैशाख २३ गतेदेखि स्वास्थ्य मन्त्रालयको अगुवाइमा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, सीताराम कट्टेल (धुर्मुस), खेम कार्की लगायतका समाजिक अभियान्ताको सहयोगमा शुरु भएको सरसफाइ अभियानले वीर अस्पताल हेर्दा चिटिक्क बन्दै गएको देखिन्छ ।
सरसफाइ र रंगरोगनले अस्पताल चम्किए पनि बिरामीहरूको मुहारमा भने खुशी देखिदैंन । मकवानपुरकी शारदादेवी गोपाली पिसाब बन्द हुने समस्याका कारण राम्रोसँग हिँड्न र बस्न समेत नसक्ने अवस्थामा पुगेकी छिन् । आइतबार उपचारका लागि वीर अस्पतालमा आएकी उनी ओपीडीको टिकट काउण्टरमा छटपटाउँदै बसेकी थिइन् । उनको अवस्था देख्ने जो कोहीले सहानुभूतिको नजनाइरहन सक्दैनथे ।
‘छोरी टिकट लिन लाइनमा बसेकी छ, एकघण्टा भइसक्यो अहिलेसम्म आइन,’ उनले मधुर स्वरमा लोकान्तरसँग भनिन्, ‘पिसाब बन्द हुन्छ, न हिँड्न सक्छु, न बस्न मिलेको छ, पेट दुखिराछ । यहाँ बस्दा गाह्रो भइसक्यो छोरी कुन बेला टिकट लिएर आउने हो,’ दुखाइ बढेर होला उनले मुख बिर्गादै लामो सास फेरिनन् ।
‘भित्र डाक्टरलाई देखाउन पनि फेरि अर्को लाइन बस्नुपर्छ रे !’ उनले चिन्ता व्यक्त गरिन् ।
वीर अस्पतालको तेस्रो तलामा रहेको न्यूरोलोजी विभागको बाहिरपट्टि शंखुवासभाका ७३ वर्षीय चन्द्रबहादुर राई भुँइमा पत्रिका बिछ्याएर ज्याकेटको सिरानी हालेर सुतेका थिए । उनको नजिकै ह्वीलचियर थियो । उनकै छेउमा राईकी छोरी शर्मिला हातमा रहेको कागज हेर्दै बसेकी थिइन् । घरको छानाबाट लडेर ढाड भाँचिएपछि उनी पाँच महिना वीर अस्पतालमा बसेर घर फर्किएका थिए । ढाडमा ८ ओटा स्टील राखिएका राइलाई फेरि ढाड दुख्न थालेपछि उनकी छोरीले आइतबार वीर अस्पतालमा ल्याएकी रहिछन् ।
‘१२ बजे अस्पतालमा आइपुगेको इमर्जेन्सीबाट टिकट काटेको न्यूरोको लागि काट्नुपर्ने रहेछ, बिग्रिएर फेरि काट्नुप¥यो,’ शर्मिलाले गुनासो गरिन्,’ टिकटकै लागि यताउता गर्दा गर्दै दुई बज्न लाग्यो, हेर्नुस् न बुबालाई यस्तोमा पत्रिका ओछ्याएर राखेको छु ।’
वीर अस्पतालमा विशेषज्ञ चिकित्सकले दिने सेवाका लागि सीमित बार र समय छुट्याइएको छ । बिरामीहरू डाक्टर आउनुभन्दा एकदुई घण्टाअगाडि नै पालो कुर्न लाइन बसेका हुन्छन् । बुबालाई लिएर अस्पतालमा आएको दुई घण्टा भइसकेको शर्मिलाले सुनाइन् । उनले भनिन्, ‘डाक्टर दुई बजेपछि मात्रै आउने रैछन्, अरु धेरै बिरामीहरू लाइनमा बसेका छन्, कुनबेला पालो आउँछ थाहै छैन ।’
वीर अस्पतालको रंगरोगन भए पनि अस्पतालको सेवा प्रवाहमा समस्या उस्तै रहेको उनले गुनासो गरिन् । ‘सरकारी अस्पताल भएर होला, बिरामीको भीड लाग्छ, बिरामी धेरै भएर होला केही सुविधा छैन, बिरामीलाई धेरै समस्या छ,’ उनले भनिन्, ‘पोहोर ५ महिना यहीँ राखेर उपचार गरेको हो, त्यो बेलामा पनि अस्पतालमा धेरै समस्या भएको थियो, अहिलेको अवस्था पनि उस्तै रहेछ ।’
वीर अस्पतालकै छाति विभागमा उपचारका लागि मिरा तिमल्सिनाले पनि पालो कुरेर बसेको दुई घण्टा पुगिसकेको छ । चेष्ट युनिटमा २ बजेपछि मात्रै सेवा शुरु हुने भए पनि उनी पहिले नै पालो कुर्न आइपुगेको सुनाइन् ।
‘एकदुई घण्टा लाइन नबसी पालो पाइँदैन, वीर अस्पतालको रंग त फेरियो, लाइन नबसी छिटो र प्रभावकारी सेवा कहिले पाइन्छ ?’ उनले प्रश्न गरिन् ।
यी बिरामीहरू त प्रतिनिधि पात्र मात्रै हुन् । वीर अस्पतालमा आउने बिरामीहरूले टोकन लिएर स्वास्थ्य जाँच गराउन २ देखि ३ घण्टासम्म पनि पालो कुर्नुपर्छ ।
अस्पतालको स्वरूप परिवर्तन हुँदै गए पनि सेवाको प्रभावकारितामा भने कुनै सुधार आउन सकेको छैन । बिरामीहरू बिहानैदेखि टोकन लिनेदेखि स्वास्थ्य जाँच गर्न चिकित्सकसम्म पुग्न घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ । अस्पतालमा पुगेका बिरामीले घण्टौंसम्म पालो कुरेर सेवा लिनुपर्दा अस्पतालको परिर्वतन भएको स्वरूपलाई महसुस गरेका छैनन् । सहज स्वास्थ्य परीक्षण र उपचार सेवा पाउन नसकेका बिरामीहरूलाई वीर अस्पतालको रंगरोगनले कुनै रौनकता र खुशी थपेको देखिँदैन ।
वीरजस्तै अस्पताल प्रदेशमा भए मात्रै समस्या समाधान हुन्छ : निर्देशक डा.बस्नेत
अस्पतालले भने क्षमताभन्दा बढी बिरामीको चाप हुँदा गुणस्तरीय सेवा दिन नसकिएको जनाएको छ । वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले अस्पतालको क्षमताभन्दा बढी बिरामी आउने गरेकाले राम्रोसँग सेवा दिन नसकिएको बताए । उनले भने, ‘बिरामीले गुनासो गर्नु स्वाभाविक हो, क्षमताभन्दा धेरै बिरामी आएपनि हामीले गुणस्तरीय र छिटोछरितो सेवा दिन सक्दैनौं ।’
वीर अस्पतालमा बिरामीको चापअनुसार अस्पतालको भौतिक पूर्वाधार नै नभएको उनको भनाइ छ । ‘४० वर्ष अघिदेखि एउटा पनि नयाँ भवन थपिएको छैन, तर ४० वर्षमा बिरामीको चाप धेरै बढेको छ,’ निर्देशक डा.बस्नेतले भने, ‘बिरामीको चापअनुसार त वीरजस्तो अस्पताल काठमाडौंमा ४ वटा आवश्यक छ, यस्तो अवस्थामा हामीले प्रभावकारी सेवा दिन सम्भव नै छैन ।’
अन्य अस्पतालबाट वीर अस्पतालमा रिफर भएर धेरै बिरामीहरू आउने गर्छन् । वीर अस्पतालजस्तै अस्पतालहरू देशका सबै प्रदेशहरूमा सञ्चालन गर्न सकिए मात्र वीर अस्पतालको सेवा प्रभावकारी हुने डा. बस्नेत बताउँछन् ।
‘देशका सबै प्रदेशमा वीरजस्तै सुविधासम्पन्न अस्पताल खोल्ने हो भने, जिल्लाका बिरामीहरू प्रदेशका अस्पतालहरूमा जान्थे,’ उनले भने, ‘यहाँ बिरामीको चाप कम भयो भने मात्रै हामीले राम्रो सेवा दिन सक्छौं, बिरामीले घण्टौं लाइन बसेर सेवा लिनु पर्दैनथ्यो ।’
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...