×

NMB BANK
NIC ASIA

विकासे अड्डामा टुक्रे योजना माग्नेको लर्को, कमिसनमा कुरा मिले तुरुन्तै बजेट !

जेठ २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २२ जेठ – आर्थिक वर्ष सकिनै लाग्दा अधिकांश सरकारी कार्यालयमा टुक्रे योजना माग गर्नेको लर्को लागेको छ ।

Sagarmatha Cement
Muktinath Bank

चालू आर्थिक वर्ष २०७४/०७५ सकिन करीब १ महिना बाँकी रहँदा टुक्रे योजना माग्न विकासे अड्डाहरूमा दिनहुँ मानिस पुग्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विकासे खर्चको अख्तियारी पाएका कार्यालयहरूमा स–साना कार्य प्रस्तावसहित विभिन्न संघसंस्थाका मानिसहरू पुग्ने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

हामी काम गर्छौं, हाम्रो प्रस्ताव पास गर्नुपर्‍यो भन्दै दिनहँु कार्यालयमा कोही न कोही आउने गरेको कृषि विकास मन्त्रालयका एक अधिकारीले बताए ।

Vianet communication
Laxmi Bank

खासगरी विभिन्न विभागहरूमा त्यस्ता मानिसहरू पुग्ने गरेको ती अधिकारीको भनाइ छ ।

‘अहिले हाम्रोमा मात्रै होइन, सबै मन्त्रालयअन्तर्गतका विभागमा साना कार्य प्रस्तावसहित मानिसहरू पुग्ने गरेका छन्,’ ती अधिकारीले भने, ‘वर्षको अन्त्यमा कार्यक्रम दिन नमिल्ने भन्दै हाम्रोमा भने अधिकांशलाई फर्काउने गरेका छौं ।’

प्रस्तावकर्ताका आफ्नै गुनासा

आइतबार नेपाल पर्यटन बोर्डमा भेटिएका एक युवाले गत असोजमा दर्ता गराएको प्रस्तावबारे अहिलेसम्म बेवास्ता गरी काम गर्न नदिने बरु रकम फ्रिज गर्ने गरेको आरोप लगाए ।

नाम नबताउने शर्तमा हामीसँग कुराकानी गरेका उनले कणार्लीको पर्यटकीय प्रचारप्रसारका लागि काम गर्ने भन्दै बुझाएको कार्य प्रस्तावको कमिसन मिलाउन नसक्दा अहिलेसम्म बेवास्ता गरेको आरोप लगाए । 

उनले भने, ‘कमिसनको कुरा मिले असारमै पनि कयौं त्यस्ता प्रस्ताव पास हुने गर्छन्, त्यो कुरा नहुँदा कर्मचारीहरूले बेवास्ता गर्छन् ।’ 

अहिले खर्च हुने टुक्रे बजेट विभिन्न खाले मर्मसम्भार, परामर्श तथा अध्ययन अवलोकन लगायतमा खर्च हुने गरेको छ । राजनीतिक दलका कार्यकर्ता, शाखा अधिकृतका नजिकका मान्छेहरूले भने यस्तो बजेट पाउने गर्छन् ।

एक सरकारी अधिकारीका अनुसार यसमा नीतिगत कडाई गर्न नसक्दा प्रक्रिया पुर्‍याएरै यस्तो बजेट जाने गरेको छ ।

उनका अनुसार एकवर्ष चिनजान भएर एक जनाले कुनै एक शीर्षकको बजेट निकासा गर्न सफल हुने अधिकांशले सो शाखामा रहेको अधिकृत सरुवा नहुँदासम्म निरन्तर त्यो बजेट पाउने गरेका छन् । 

आर्थिक वर्षको अन्त्यमा विकास खर्च सक्ने हतारमा सरकारी विकासे अड्डाहरूले हतारमा गुणस्तरहीन काम गर्ने गरेको पुरानै शैली हो । चालू आर्थिक वर्षको जेठ २० गतेसम्ममा कूल विनियोजित बजेटको करीब ४४ प्रतिशत मात्रै खर्च भएको अर्थमन्त्रालयले जनाएको छ । 

असारमै हुन्छ झण्डै ११ महिना बराबरको खर्च

वर्षौंदेखि असार मसान्त नजिकिएसँगै जबर्जस्त रूपमा हुने विकासलाई गाउँदेखि शहरले नजिकैबाट हेर्न पाउँछ । हरेक वर्ष समयमै पुँजीगत खर्चको गति बढाउने विकासको गुणस्तर बढाउने रटान पनि सरकारले लगाइ नै रहन्छ, तर अवस्था ज्यूँका त्यूँ छ । 

पछिल्ला आर्थिक वर्षको पूँजीगत खर्चको अवस्था हेर्दा औसतमा एकतिहाइभन्दा बढी विकास खर्च असार महिनामा मात्रै भइरहेको देखिन्छ ।

वर्षभरिका बाँकी ११ महिनाको खर्चलाई असारले मात्रै झण्डैझण्डै छुन लागेको तथ्यांक छ  ।

चालू आर्थिक वर्षमा पूँजीगत खर्चतर्फ विनियोजित कूल ३ खर्ब ३५ अर्ब १७ करोडको ४४ प्रतिशत १ खर्ब ४७ अर्ब ४७ करोड ४८ लाख हुन आउँछ । 

असार लागिसक्दा बाँकी रकम सकेसम्म बढी खर्च गर्ने चटारोमा विकासे अड्डा व्यस्त छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x