माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
काठमाडौं, २२ जेठ – भारतीय विश्वविद्यालयबाट विद्यावारिधी (पीएचडी) गरेका शोधार्थीले त्रिभुवन विश्वविद्यालय (टीयू)बाट समकक्षता लिन खोज्दा रडाको मच्चिएको छ ।
भारतका विभिन्न विश्वविद्यालयबाट विद्यावारिधी गरेर समकक्षताका लागि त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रमा फारम भरेका गणित विषयका शोधार्थीले विषय समितिमा अनुसन्धानको प्रस्तुतीकरण गर्नुपर्ने भएपछि विवाद उत्पन्न भएको हो ।
पाठ्यक्रम विकास केन्द्रलाई गणित केन्द्रीय विभागबाट प्राप्त रायमा ‘अनुसन्धानको प्रस्तुतीकरण’ गर्नुपर्ने उल्लेख छ । विद्यावारिधी उपाधि प्राप्त गर्दा सम्बन्धित विश्वविद्यालयमा अनुसन्धानको प्रस्तुतीकरण गरिसकेका शोधार्थीले त्रिविको विषय समितिमा अनुसन्धानको पुनः प्रस्तुतीकरण गर्नुपर्ने भएको हो ।
सहायक डीन नै चपेटामा !
त्रिभुवन विश्वविद्यालयको गणित केन्द्रीय विभागले अनुसन्धानको प्रस्तुतीकरण गर्नुपर्ने भनी पठाएको रायमा विभागकै माथिल्लो निकाय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डीन खगेश्वर मण्डलको नाम पनि छ । समकक्षताका लागि पदीय अवस्थाको औपचारिक सम्बन्ध नहुने भएपनि सहायक डीनले विद्यावारिधीको समकक्षता पाउन विषय समितिमा अनुसन्धानको प्रस्तुतीकरण गर्नुपर्ने भएको छ । सिंघानिया विश्वविद्यालयबाट गणितमा पीएचडी गरेका मण्डलले टीयूको पाठ्यक्रम विकास केन्द्रमा समकक्षताका लागि फाराम भरेका थिए ।
केन्द्रले पीएचडी विषयसँग सम्बन्धित हो कि होइन भनेर विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीन कार्यालयसँग राय माग गर्यो । डीन कार्यालयले गणित केन्द्रीय विभागसँग राय माग गर्यो । जवाफमा विभागका प्रमुख प्रा.डा. केदारनाथ उप्रेतीद्वारा हस्ताक्षरित पत्रमा ‘अनुसन्धान समितिसमक्ष आफ्नो अनुसन्धानको प्रस्तुतीकरण गर्नुपर्ने’ राय पठाइएको छ ।
पीएचडीको समकक्षतामा अल्झाएर बढुवा प्रक्रिया रोक्न खोजिएको सहायक डीन तथा शोधार्थी खगेश्वर मण्डलले दाबी गरे । ‘समकक्षतासँग जोडेर अनुसन्धानको प्रस्तुतीकरण भनेको परीक्षा लिनु नै हो,’ मण्डलले भने, ‘एउटा विश्वविद्यालयमा प्रस्तुतीकरण गरिसकेपछि समकक्षताका लागि प्रस्तुतीकरण गर्नुपर्ने नियम छैन ।’ विश्वविद्यालयमा नियमै नभएको कुरा नमानिने मण्डलले बताए । ‘म बाहेक अरु मधेशी मूलका ४ जना निवेदकको समकक्षता यसरी नै रोकिएको छ,’ उनले भने, ‘विषय विभागले विषयसँग सम्बन्धित अनुसन्धान छ कि छैन भनेर मात्रै हेर्ने हो । प्रस्तुतीकरण गर्नुपर्ने भन्ने कतै छैन, अरु विषयमा पनि हुँदैन ।’
भारतको बीआर अम्बेडकर बिहार विश्वविद्यालयबाट सुशीलचन्द्र कर्ण, पटना विश्वविद्यालय बिहारबाट सत्यनारायण साह, सिंघानिया विश्वविद्यालय राजस्थानबाट खगेश्वर मण्डल, पटना विश्वविद्यालय पटनाबाट पवनकुमार कर्ण र पटना विश्वविद्यालय पटनाबाट दिलिपकुमार भगतले पीएचडी गरेर समकक्षताका लागि केन्द्रमा निवेदन दिएका थिए ।
नौलो अभ्यास !
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पारशनाथ यादवले भने, ‘समकक्षता दिँदा प्रस्तुतीकरण गराएको मेरो जानकारीमा छैन ।’ केन्द्रमा सम्बन्धित विषय विभागको रायका आधारमा समकक्षता दिने गरेको उनले बताए । ‘विषय विभागमा समकक्षता समिति हुन्छ, समितिले नै उपयुक्त निर्णय गर्छ,’ उनले भने ।
विषय विभागको बेग्लै तर्क
समकक्षता लिँदा आफूले पढेको विषयबारे विषय समितिमा प्रस्तुतीकरण गर्नैपर्ने गणित केन्द्रीय विभागका प्रमुख प्रा.डा. केदारनाथ उप्रेतीले बताए । ‘विगतमा के हुन्थ्यो, के भएको थियो भन्दा पनि अनुसन्धानको ज्ञानबारे हामीलाई पनि जानकारी हुनुपर्छ,’ उनले भने, ‘विज्ञता केमा हो भनेर बुझ्नै नहुने र बताउनै नहुने भन्ने हुँदैन ।’
गणितकै १५ सयभन्दा बढी विषय हुने भएकाले सबै क्षेत्रमा कमिटी पनि ज्ञाता नहुने उनले बताए । ‘विषय फरक–फरक हुन्छन् उहाँले पढेको,’ उनले भने । समकक्षता भनेको समान छ कि छैन भनेर हेर्नुपर्ने भएकाले पीएचडीका विद्यार्थीले अनुसन्धानको प्रस्तुतीकरण गरेर नै समकक्षता लिनुपर्ने विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा. रामप्रसाद खतिवडाले बताए । ‘डीन कार्यालयले पुलको काम मात्रै गर्ने हो, राय दिने विषय विभागले हो,’ उनले भने ।
समकक्षताका लागि निवेदन दिने पाँचै जना त्रिभुवन विश्वविद्यालयमा कार्यरत छन् । विश्वको कुनै पनि विश्वविद्यालयबाट प्रमाणपत्र प्राप्त गरिसकेपछि समकक्षता निर्धारणका लागि आवश्यक कागजातसहित आवश्यक विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रमा आवेदन दिनुपर्ने प्रावधान छ । गणित विभागको रायमा निवेदकले असन्तुष्टि व्यक्त गरेका छन् ।
‘अनुसन्धानको पुनः प्रस्तुतीकरण गर्नु भनेको भारतको बिहारको विश्वविद्यालयबाट जारी भएको प्रमाणपत्रलाई टीयूले चुनौती दिएको ठहरिन्छ,’ त्रिविका एक प्राध्यापकले भने, ‘यदि टीयूको प्रमाणपत्रलाई विदेशमा पनि यसरी नै पुनः प्रस्तुतीकरण गर्न भन्यो भने के हुन्छ ?’
कतिपय प्राध्यापकले विभागले प्रस्तुतीकरण गर्न भनेर दिएको राय अत्यन्तै सकारात्मक रहेको बताएका छन् । अनुसन्धान नै नगरी भारतको बिहारबाट पीएचडीको प्रमाणपत्र किनेर ल्याउने प्रचलन पनि रहेकाले अनुसन्धान नक्कली हो कि सक्कली भनेर प्रस्तुतीकरणबाट थाहा हुने नाम नखुलाउने शर्तमा एक प्राध्यापकले बताए । ‘विभागको रायले प्रमाणपत्र किनेर पीएचडीधारी बन्न खोज्नेहरू घट्ने भए,’ उनले भने ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...