×

NMB BANK
NIC ASIA

ओलीको निर्देशन कुर्दै ‘भूमिकाविहीन’ स्वास्थ्य राज्यमन्त्री अर्याल, उपेन्द्रले लिए ब्रिफिङ

जेठ २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २२ जेठ–झण्डै साढे दुई महिना स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेकी स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल अहिले भूमिकाविहीन बनेकी छन् । गत शुक्रबार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री बनेर आएपछि राज्यमन्त्री अर्याल भूमिकाविहीनजस्तै छिन् ।

Sagarmatha Cement
Muktinath Bank

गत शुक्रबारबाट जिम्मेवारी सम्हालेका उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव र राज्यमन्त्री अर्यालबीच मन्त्रालयको यसअघिको कामका विषयमा मात्रै छलफल भएको छ । मन्त्री अर्यालले सोमबार उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवलाई मन्त्रालयमा भइरहेका काम, आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमका विषयमा ब्रिफिङ गरेकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री नहुँदा मन्त्रालयको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी राज्यमन्त्री आर्यललाई स्वास्थ्यमन्त्री आएपछि कुनैपनि जिम्मेवारी दिइएको छैन । मन्त्री यादवले स्वास्थ मन्त्रालयमा कार्यभार सम्हालेपछि दैनिक काम उनैले गरेका छन् ।


Advertisment
Nabil box
Kumari

राज्यमन्त्री अर्याललाई प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य मन्त्रालयको जिम्मेवारी दिने आश्वासन दिएका छन् । तर स्वास्थ्य मन्त्रालयमा यादव आएपछि प्रधानमन्त्री र राज्यमन्त्री अर्यालबीच विभिन्न कार्यक्रममा भेटवार्ता भएको भएपनि त्यस विषयमा कुनै छलफल नभएको बताइएको छ ।

Vianet communication
Laxmi Bank

राज्यमन्त्री अर्याल यतिबेला प्रधानमन्त्री ओलीले नयाँ जिम्मेवारी दिने आशमा बसेकी छन् । उनले आफ्नो नयाँ जिम्मेवारीको विषयमा कुनै कुरा नभएको बताइन् ।

‘अहिलेसम्म मेरो नयाँ जिम्मेवारी के हुने भन्ने छलफल भएको छैन,’ स्वास्थ्यराज्य मन्त्री अर्यालले लोकान्तरसँग भनिन्, ‘म उहाँहरूकै कार्यकता हुँ, आफ्नो कार्यकर्तालाई कहीँ न कहीँ त व्यवस्थापन गर्नुहोला नि ! पार्टीले जहाँ जिम्मेवारी दिन्छ, त्यहीँ काम गरिन्छ ।’

स्वास्थ्य मन्त्रालयमा आफ्नो जिम्मेवारी खोसिएपछि राज्यमन्त्री अर्यालले स्वास्थ्यका विषयमा कुनै प्रतिक्रिया नदिने बताइन् । ‘स्वास्थ्य मन्त्रालयमा नयाँ मन्त्रीज्यू आउनुभएको छ, अब म स्वास्थ्य मन्त्रालयको विषयमा केही बोल्दिनँ,’ उनले भनिन् ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा अर्यालले स्याङ्जाबाट प्रत्यक्ष चुनाव जितेकी थिइन् । उपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता गोपालमान श्रेष्ठलाई चुनावमा पराजित गरेपछि चर्चामा आएकी अर्याल ओलीको मन्त्रिपरिषद्‌मा परेकी थिइन् । अर्याल पार्टी एकीकरण हुनुअघि तत्कालीन नेकपा एमालेकी जिल्ला अध्यक्ष समेत थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x