ग्लोबल आइएमई बैंकका ग्राहकले स्टार हस्पिटलमा उपचार गराउँदा छुट पाउने

जेठ २२, २०७५

काठमाडौं, २२ जेठ –ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले स्टार हस्पिटल सानेपामा उपचार गराउँदा छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र स्टार अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा/सुविधाहरूमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको छ । 

बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रवद्र्धन विभाग प्रमुख गणेश अवस्थी र स्टार अस्पतालका प्रबन्ध निर्देशक डा. शाहिल रुपाखेतीले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरू ल्याइरहेको छ । उक्त सम्झौतापश्चात स्टार अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट एचष्खष्भिनभ ऋचभमष्त ऋबचम, डेबिट/क्रेडिट कार्ड लिएका बैैंकका ग्राहक तथा ग्राहकका परिवार, बैंकका कर्मचारी र कर्मचारीका परिवारले अस्पतालले प्रदान गर्ने सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ वटा शाखा, १३१ वटा एटीएम, ५ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, ८७ वटा शाखा रहित बैंकिङ सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

भविष्यमा पनि ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा अन्य अतिरिक्त सुविधा दिने उद्देश्यले विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरू ल्याउन प्रयासरत रहेको बैंकले जनाएको छ ।

जेठ २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस