वातावरण दिवसमा सिटिजन्स बैंकद्वारा प्राङ्गणमा वृक्षारोपण

जेठ २२, २०७५

काठमाडौं, २२ जेठ –अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसर पारेर सिटिजन्स बैंकले आफ्नो प्राङ्गणमा वृक्षारोपण गरेको छ । ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने मूल नाराका साथ बैंकिङ सेवा पुर्‍याउँदै आएको यस बैंकले मंगलबार वातावरण दिवसको अवसर पारेर आफ्नो प्राङ्गणमा वृक्षारोपण गरेको हो ।

नेपाल सरकारले अवलम्बन गरेको ‘एक कर्मचारी एक फलफूलको विरुवा’ नीतिलाई मुर्त रूप प्रदान गर्न बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।


ADVERTISEMENT

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ६९ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करीब ३ लाख ३५ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको दाबी गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ ।

जेठ २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस