×

NMB BANK
NIC ASIA

कैलाली प्रहरीलाई बल्ल सफलता, चर्चित काण्डका थुप्रै 'असफल फाइल' दराजमै

जेठ २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, २२ जेठ - पछिल्लो गोलीकाण्ड र लुटपाटको घटनामा कैलाली प्रहरीले सफलता हात पारेको छ । १० दिनको अनुसन्धान पश्चात् जेठ १३ गते धनगढीको व्यस्त सडकमा आइएमईका कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहारको घटनामा संलग्न ५ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रहरीले घटनाको मुख्य योजनाकार धनगढी उपमहानगरपालिका–६ का ३१ वर्षीय राजकुमार चौधरी रहेको बताएको छ । घटनाको योजना बनाई उनले मोटरसाइकल र हतियार व्यवस्था गरेको प्रहरीको दावी छ । चौधरीले यसअघि पनि हातहतियार तथा खरखजना मुद्दामा ७५ दिन कैलाली कारागारमा कैद भुक्तान गरिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनामा गोली प्रहार गर्ने र मोटरसाइकल चलाउने कञ्चनपुरको बेलौरी नगरपालिका–९ रिचाहका उग्रसेन राना, पैसा लुट्ने कृष्णपुर नगरपालिका–६ का कल्लु राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले बताए । कल्लु र उग्रसेन पनि पेशेबर अपराधी रहेको प्रहरीको ठहर छ । नियन्त्रणमा रहेका धनगढी उपमहानगरपालिका–१३ का रामप्रवेश राना र धनगढी उपमहानगरपालिका–६ जालीका बिरु चौधरीलाई पनि सार्वजनिक गरिएको छ । घटनामा रामप्रवेश र बिरुको सहयोगी भूमिका रहेको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

प्रहरीले अभियुक्तको बयानको आधारमा खोजतलास गरेर कञ्चनपुरबाट १ थान पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउण्ड गोली बरामद गरेको छ भने लुटिएको साढे ९ लाख रुपैयाँमध्ये कैलाली र कञ्चनपुरको विभिन्न स्थानबाट ५ लाख ४८ हजार ६ सय रुपैयाँ बरामद गरेको छ । लुटपाटका लागि प्रयोग गरिएको नक्कली नम्बर हालेको अपाचि मोटरसाइकल पनि कञ्चनपुरको बेलौरीबाट बरामद गरेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।

पछिल्लो सफलताले जनमानसमा केही आशा जगाएपनि थुप्रै चर्चित काण्ड भने कैलाली प्रहरीको टाउको दुखाइ बनेको छ । बैंकको करोडौं रकम लुटपाट, हत्या, गोली प्रहारजस्ता चर्चित काण्डको अनुसन्धानमा भने प्रहरीले हात धुनुपरेको छ । ती घटनाहरू अझैं पनि रहस्यमयी नै छन् ।

प्रहरीको असफलता

कैलालीमा बोक्सी प्रकरणले चर्चा लिइरहेको बेला फागुन २८ गते घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि उनकै घरमा बेलुकाको समयमा गोली र खुकुरी प्रहार भयो । लगत्तै प्रहरीले घटनामा संलग्न रहको आशंकामा विप्लव माओवादीका केही कार्यकर्ता र केही सर्वसाधारणलाई नियन्त्रणमा लियो । तर, मेयर चौधरीले नकाव लगाएर आएका आक्रमणकारी कसैलाई नचिनेको दिएको बयान र प्रहरीले थप प्रमाण फेला पार्न नसक्दा उनीहरूलाई छोडियो । यो घटनाबारे पनि प्रहरी अझैंसम्म असफल अनुसन्धान जारी राखेको छ ।

२०७४ जेठ ७ गते राति धनगढी उपमहानगरपालिका–७ छात्रावास टोलका ७२ वर्षीय बद्रीप्रसाद जोशी र उनकी ६५ वर्षिया श्रीमती कुन्तादेवी जोशीको हत्या भयो । घटनामा संलग्न रहेको भन्दै प्रहरीले बझाङ थलारा गाउँपालिका–३ कि २० वर्षीया पूजा बटाला र उनको ससुरा कलक बटाला लगायत ७ जनालाई नियन्त्रणमा लियो ।

तर, घटना भएको १ वर्ष पूरा भएपनि घटनालाई रहस्यमयी बनाइयो । न त अपराधीको पहिचान भयो, न त घटनाको फैसला । पक्राउ परेका ७ जनामध्ये प्रहरीले ५ जनालाई छोडिसकेको छ  भने २ जना बुहारी र ससुरालाई पुर्पक्षका लागि करागार चलान गरिएको छ । घटनाको क्रममा बृद्ध दम्पत्तिको घरमा १ हुल मानिस खसी काटेर रातभर भोजभतेर गरे । तर, घटना गराएको अभियोगमा २ जनालाई मात्रै थुनेर घटना ढाकछोप गर्ने प्रयास भएको पीडित परिवारको दुखेसो छ । मृतक दम्पीत्तकी छोरी कमला जोशीले आफ्नो आमाबुबाको हत्या सुनियोजित भएको बताएकी छन् ।

यस्तै, ५ वर्ष अगाडि भएको १ घटनाले पनि धनगढीवासीलाई स्तब्ध बनायो । जुन घटनाबारे प्रहरीले पटक–पटक अनुसन्धान थाल्दा समेत विफल भएको छ । २०५९ मंसिर २५ गते धनगढी उत्तरबेहडीका स्थानीय तथा कैलाली बहमुखी क्याम्पसका उपप्रध्यापक श्रीकृष्ण पन्तका छोरा ओमप्रकाश पन्तको घाँटी रेटेर हत्या भयो । जसको प्रहरीले सुक्ष्म तरिकाले अनुसन्धान नगर्दा हत्यारा पक्राउ नपरेको मृतकका बुवा पन्तको गुनासो छ ।

प्रहरीले घटनाको फितलो अनुसन्धान गरेका कारण दोषिलाई पत्ता लगाउन नसकेको पन्त बताउँछन् । दोषी पक्राउ नपर्दा आफूहरूको ज्यान जोखिममा परेपछि उत्तरबेहडीको घरबार बिक्री गरेर अन्यत्र बसाइ सर्न बाध्य भएको पनि उनले बताए । घाँटीमा रोपिएको फलामे डण्डी, घटनास्थलमा भेटिएको हाते पञ्जा र त्यहाँ छोडिएका जुत्ता, चप्पलको सुक्ष्म अध्ययन नगरी प्रहरीले अनुसन्धानको फरक मुचुल्का बनाएको पीडित परिवारको आरोप छ । 

केही वर्षअघि अत्तरियास्थित खानेपानी ट्यांकी नजिक बझाङबाट आएका शिक्षक धर्म जोशीको हत्या, अत्तरिया गोदावरी पुलनजिक अज्ञात महिलाको बलात्कारपछि भएको वीभत्स हत्या लगायतका कुनै पनि घटनामा प्रहरीले अपराधीलाई कानूनी दायरामा ल्याउन सकेको छैन ।

त्यस्तै, केही महिना अगाडि गोदावरी नागरपालिका मेयर हरिसिंह साउँदको घरमा बम विस्फोट भयो । तर, प्रहरी भने घटनाबारे अनभिज्ञ छ ।

२०७० मंसिर २६ गते नबिल बैंक कञ्चनपुर शाखाको रुपैयाँ लुटपाट भयो । त्यो घटनाबारे पनि प्रहरीले हालसम्म अनुसन्धान गर्न सकेको छैन । सो शाखाबाट नेपाल राष्ट्र बैंक धनगढीमा २ करोड ३० लाख ६० हजार नेपाली रुपैयाँ र २ सय अमेरिकी डलर जम्मा गर्न आउँदै गर्दा पूर्वपश्चिम राजमार्गस्थित मालाखेती जंगलमा दिउँसै लुटपाट भयो । तर, घटना भएको ४ वर्ष बितेपनि प्रहरीले सुराकसम्म पाउन सकेन ।

परम्परागत अनुसन्धान शैली

यस्ता आपराधिक घटनाले बेलाबखत कैलाली प्रहरी आलोचित हुँदै आएको छ । जसबाट नागरिक अगुवाहरू प्रहरीको अनुसन्धान शैली र सुरक्षा रणनीतिबारे प्रश्न उठाउँदै आएका छन् भने आमनागरिक त्रस्त बनेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका क्षेत्रीय संयोजक खडकराज जोशी भन्छन्, ‘प्रहरीको अनुसन्धानशैली बिल्कुलै परम्परागत छ । साथै घटनाप्रति गम्भीरयता नहुनुले पनि असफल हुँदै गएको छ । प्रहरीको यो प्रकृतिको अनुसन्धानले आमजनताले कसरी शान्ति, सुरक्षाको अनुभूति गर्ने ?’

तर, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विनोद घिमिरेले अपराध कहिल्यै पनि नलुक्ने दावी गर्छन् । उनी एक न एक दिन अपराधी पक्राउ पर्नेमा ढुक्क हुन आग्रह गर्छन् । तर, प्रदेश राजधानी धनगढीमा सुरक्षा चुनौति भने थपिएको उनी स्वीकार गर्छन् । आधुनिक प्रविधि नहुँदा पनि प्रहरीले सोचेजस्तो अनुसन्धान गर्न नसकेको उनी बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x