एनआई सी एशिया बैंकको नारा ‘एक कर्मचारी, एक फलफुलविरुवा’

जेठ २३, २०७५

काठमडाडां, २३ जेठ - एनआई सी एशिया बंैक लिमिटेडले विश्ववातावरण दिवसको उपलक्ष्यमा“एक कर्मचारी, एक फलफुलविरुवा”भन्ने नाराका साथ एवं आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धापासीस्थित बंैकको प्राङ्गण एवं बैंकको आफ्ना सम्पूर्ण क्षेत्रीय कार्यालयहरु एवं शाखाकार्यालयहरुको प्राङ्गणभित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बिभिन्न प्रजातीहरुका फलफूल र अन्य प्रजातीका बोटविरुवाहरुको वृक्षारोपण गर्दै हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याउने बंैकले विश्वास लिएको छ ।

 


एनआई सी एशिया बैंकले देशभरी रहेका आफ्ना क्षेत्रीय कार्यालय तथा शाखाकार्यालयहरुको मार्फत देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागि उपयुक्त स्थान छनौट गरी सम्बन्धित संस्थावा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको र यसै क्रममा बैंकले हाल सम्म करिब ११००० विरुवाहरुको वृक्षारोपण गरि वातावरणीय सन्तुलन र हरियालीकायमगर्न महत्वपूर्ण योगदान पु¥याएको छ ।

 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१८ शाखाकार्यालयहरु, २०६ एटिएम, १० वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । बैंकको वासलातको आकार रू १६४अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११४अर्ब र कुलनिक्षेप करिब रू १३९अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमाजम्माग्राहकको संख्याकरिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुलकर्जा तथाकुलनिक्षेपको आकारको हिसाबले यो बैंक निजीलगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । 

जेठ २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस