अष्ट्रेलियन एप्लिकेशन्स् डे नेपालमा पनि

जेठ २३, २०७५

काठमाडौं, २३ जेठ- एईसीसी ग्लोबलको सर्वाधिक ठूलो अष्ट्रेलियन शैक्षिक मेला अष्ट्रेलियन एप्लिकेशन्स् डे जुन २०१८ जुन ४, २०१८ मा शुरु भएको छ ।  मेलाको काठमाडौंको होटल याक एण्ड यतीमा नेपालका लागि अष्ट्रेलियन राजदूत माननीय पिटर बडले उद्घाटन गरेका छन् । 


कार्यक्रममा २८ विश्वविद्यालय तथा कलेज प्रतिनिधिहरुको सहभागिता रहेको थियो जसमा विद्यार्थी र तिनका अभिभावकले प्रत्यक्ष रुपमा ती प्रतिनिधिहरुसँग कोर्स, शुल्क एवं छात्रवृत्तिसम्बन्धी आफ्ना जिज्ञासाहरु राख्ने अवसर प्राप्त गरे । यस कार्यक्रमको मुख्य आकर्षण प्रतिनिधिहरुद्वारा स्पट असेस्मेन्ट तथा फाइनेन्सियल एवं भिसा गाइडेन्स बुथ रहेको थियो जहाँ विद्यार्थीहरुले आफ्ना जिज्ञासाहरु प्रस्तुत गरे र एईसीसी ग्लोबलका दक्ष भिसा अफिसरहरुले उचित सल्लाहसुझाव सहित मद्दत पु¥याए ।    



बैँकिङ पार्टनरको रुपमा एनआईसी एसिया, नेपाल एसबीआई, सानिमा बैँक, सिद्धार्थ बैँक र एभरेष्ट बैँक गरी ५ विभिन्न बैँकहरुले कार्यक्रममा उपस्थित सहभागीहरुलाई उत्कृष्ट अफरहरु प्रदान गरे । यस कार्यक्रममा ब्रिटिस काउन्सिल नेपालको पनि सहभागिता रहेको थियो । 


सन् २००८ मा मेलबर्नमा स्थापित एईसीसी ग्लोबल अहिले ९ देश र २६ शहरमा सञ्चालित छ । प्रधानकार्यालय मेलबर्न अष्ट्रेलियामा रहेको एईसीसीले न्यू जील्याण्ड, क्यानेडा, यूएसए र यूकेका लागि समेत शैक्षिक परामर्श प्रदान गर्ने गर्दछ । संस्थामा ४० भन्दा बढी क्यूईएुसी प्रमाणित शैक्षिक सल्लाहकारहरु आबद्ध रहेका छन् ।


यस कार्यक्रम अब जुन ६, २०१८ मा चितवनको भरतपुर गार्डेन रिसोर्ट तथा जुन ७, २०१८ मा पोखराको होटल पोखरा ग्राण्डीमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म आयोजना गरिने छ । 

जेठ २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस