×

NMB BANK
NIC ASIA

सिद्धबाबा पहिरोको कहर अहिले, सुरुङ बन्ने कहिले–कहिले ?

जेठ २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, २३ जेठ – सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकको शिद्धबाबा क्षेत्रमा पहिरो जाँदा पछिल्लो १ दशकमा ७० जनाले ज्यान गुमाएका छन् । त्यसैले उक्त सडकलाई ‘मृत्यु मार्ग’ पनि भन्ने गरिन्छ । सडक खण्डको ३ किलोमिटर बाटोमा हिउँद अथवा वर्षात् जहिले पनि पहिरो खसिरहन्छ ।

Muktinath Bank

सरकारी तथ्याङ्क अनुसार सडकमा १ सय १३ वटा पहिरो खसेका छन् । १० वर्षमा मात्रै १८ वटा बस, ७ वटा ट्रक, ९ वटा जीप/कार र १९ वटा मोटरसाइकल पहिरोले च्यापेको छ । जसले गर्दा उक्त सडक हुँदै यात्रा गर्ने हजारौं यात्रु त्रासदीपूर्ण यात्रा गर्न बाध्य छन् । तर, पहिरो नियन्त्रणका लागि कुनै प्रभावकारी काम हुन सकेको छैन । समस्याको संवेदनशीलतालाई ख्याल गरेर केन्द्रदेखि स्थानीय नेताहरू पहिरोको अवलोकन गर्न जाने गरेपनि पहिरो नियन्त्रणको कुनै काम भएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्काल पहिरो नियन्त्रण गर्न छाडेर नेताहरू सुरुङ मार्ग निर्माण गर्ने सपना देखाउँछन् । जसले गर्दा पहिरोको समस्या ज्यूँका त्यूँ छ । सडकको पहिरोका कारण रूपन्देही, पाल्पा, गुल्मी र स्याङजाका वासिन्दा प्रत्यक्ष समस्यामा परेका छन् । सडकको पहिरो पछिल्लो समय मन्त्री, सांसद र नेताको अवलोकन गर्ने ठाउँ बन्न पुगेको छ । संघीय सरकारका मन्त्रीदेखि प्रदेश सरकारका मन्त्री, सांसद र नेताले पहिरो निरीक्षण गर्दै आएका छन् ।


Advertisment
Nabil box
Kumari

केही समय अगाडि पूर्व अर्थमन्त्री विष्णु पौडेल, पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे र ५ नम्बर प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले पहिरोको निरीक्षण गरी यसको विकल्पको बारेमा छिट्टै काम गर्ने बताए । अन्य जिल्लाबाट बुटवल आउने मन्त्रीदेखि नेताले पनि पहिरो तथा जोखिमपूर्ण क्षेत्र अवलोकन गर्न छुटाउँदैनन् ।

Vianet communication
Laxmi Bank

आज पनि संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसहित यातायात मन्त्रालयको टोली, पाल्पाका प्रतिनिधि र प्रदेशसभाका सांसदले पहिरो निरीक्षण गरेका छन् । सडक निर्माणका लागि विगत ३ वर्षदेखि केन्द्र सरकारले बजेट विनियोजन गर्दै आएपनि हालसम्म कुनै पनि काम अगाडि बढ्न सकेको छैन । 

पहिरोको निरीक्षणपछि मन्त्री महासेठले सडकको दीर्घकालीन समाधानका लागि चालू आर्थिक वर्षबाट काम शुरू हुने बताए । ‘विगतका वर्षहरूमा बजेट छुट्टिएपनि पहिरो नियन्त्रणमा काम भयो/भएन म त्यतातिर जान चाहन्न,’ मन्त्री महासेठले भने, ‘अब तपाईहरू काम सुरू भयो भन्ने जान्नुहोस् । आउँदो साउनदेखि सुरूङ मार्ग बनाउँछौं ।’ 

‘टनेल बनाए, सुरूङ मार्ग बनाएर, कसरी सम्भव हुन्छ त्यही अनुसार छिट्टै ‘एक्स्पट’हरू बोलाएर निरीक्षण गराउँछौ । अनि हामी डीपीआरको प्रक्रियामा जान्छौं । आउँदो वर्षदेखि यो सडक आवतजावत गर्दा यात्रुहरू मृत्युको मुखमा जानुपर्ने वातावरण अन्त्य हुन्छ,’ उनले भने । २०७३/०७४ को बजेटमा सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउन विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने घोषणा गरिएको थियो । आर्थिक वर्ष २०७२÷०७३ मा पनि सडक बनाउनका लागि बजेट विनियोजन भएको थियो । यस वर्ष पनि सुरूङ मार्गको लागि सरकारले बजेट छुट्याएको छ ।

सिद्धबाबा क्षेत्रमा पहिरो रोकथामका लागि २ वर्ष अगाडि ‘रकनेट’ प्रविधि जडान गरेर परीक्षण गरिएपनि प्रविधि प्रभावकारी हुन सकेन । पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद सोमप्रसाद पाण्डेले सुरूङ मार्ग बनाएर यसलाई सुरक्षित बनाउन ढिलाइ गर्न नहुने बताए । सांसद पाण्डेले भनेपनि सुरूङमार्ग बनाउन समय लाग्ने भएकाले रकनेट प्रविधिमा आधारित रहेर पहिरो नियन्त्रणको काम अघि बढाउने उपयुक्त हुने केही विज्ञहरु बताउँछन् ।

‘अब जनता कुर्न सक्दैनन्, जति कुर्नु कुरिसके । अब हामीले ढिलो गर्नु हुँदैन । तत्काल अहिलको केन्द्र, स्थानीय र प्रदेश सरकार एकजुट भई यो सडकलाई २ वर्षभित्र जोखिमपूर्ण अवस्थाको अन्त्य गरिनुपर्छ,’ उनले भने, ‘बेन्चकट प्रविधि अपनाउने, हाफ टर्नेल निर्माण गर्ने, सुरूङ मार्ग बनाउने र केही ठाउँ सडक काटेर चौडा बनाइ सडकलाई जोखिमरहित बनाइनुपर्छ ।’ पाण्डेले सिद्धार्थ राजमार्ग जोखिमपूर्ण रहेकाले शिद्धबाबा खण्डको अल्पकालीन र दीर्घकालीन समाधानको लागि प्रस्ताव भौतिक पूर्वाधार मन्त्रालय र अर्थमन्त्री समक्ष पनि पेश गरेका छन् ।

सडकका लागि ५ वटा विकल्प छन् । इन्जिनियर लिलाबहादुर भण्डारीले पहाडमा बेन्चकट प्रविधि अपनाउने, हाफ टर्नेल निर्माण गर्ने, तिनाउ नदीमाथि पुल निर्माण गर्ने र रकनेट प्रविधि अपनाउने गरी ५ विकल्पका साथ अगाडि बढ्ने बताए । 

प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीले शिद्धबाबा पहिरोको विकल्प दिने तयारी स्वरूप प्रदेश सरकार जुटेको बताए । ‘सडक बनाउने बेलासम्म यात्रुबाहक बस बुटवल, नुवाकोट हुँदै पाल्पा र मालबाहक सवारी चरङ्गे हुँदै पाल्पा जाने गरी विकल्प अगाडि सार्ने तयारीमा प्रदेश सरकार जुटेको छ,’ उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x