यसरी गर्नुस् गर्मीमा आँखाको सुरक्षा

जेठ २४, २०७५

काठमाडौं, २४ जेठ – गर्मीमा सूर्यबाट निस्कने हानिकारक परावैजनी किरणले शरीरका साथै आँखालाई पनि खराब असर पार्छ । गर्मीमा घरबाहिर निस्कँदा यी हानिकारक किरणबाट आँखालाई बचाउनैपर्छ । 

लामो समय किरणको सम्पर्कमा आउँदा र घाममा धेरै बेर बस्दा आँखामा एलर्जिक रियाक्सन हुन्छ । आँखालाई दिमागसँग जोड्ने मसिना शिराहरू आँखाको छालानजिक हुन्छन् । त्यसैले लामो समय घाममा बस्दा आँखालाई हानि हुन्छ । 

रियाक्सनको लक्षण :
आँखा पोल्ने
आँखा रातो हुने
आँखामा आँसु चुहिने
आँखा घोच्ने
अाँखामा चिप्रा आउने

समाधानको उपाय
घाममा डुलेर घर फर्किंदा शरीरको तापक्रम बढ्छ त्यसैले पहिला शरीरलाई बिस्तारै सामान्य तापक्रममा आउन दिनुस् । त्यसपछि पंखामुनि पाँच मिनेट बस्नुस् । अनि चिसो पानीले अनुहार र आँखालाई मज्जाले धुनुस् । अाँखामा चिसो पानीले छ्याप्नुस् र नरम तौलियाले अनुहार पुछ्नुस् । आँखा निकै पोलिरहेको छ र रातो छ भने बरफले आँखा सेक्नुस् । 

आँखा घोचिरहेको छ, पोलिरहेको छ वा कुनै धूलोको कण परेको छ भने केही मानिस तत्कालै आँखा माड्न थाल्छन् । यसो गर्दा आँखामा अनेकौं हानि पुग्छ । आँखामा समस्या आएमा सफा रुमाल वा कपडा लिएर हलुका हातले घुमाउनुस् र चिसो पानीले धुनुस् ।

घाममा लगाउने कालो चश्माबाट निस्कने परावैजनी किरणले आँखाको रेटिनालाई बचाउँछ । चर्को घामका कारण आँखाको प्रकाशमा प्रतिकूल असर पार्छ अनि धूलोले पनि असर पार्छ । उसबाहेक चर्को घाममा परावैजनी किरणले
आँखामाथिको टीयर सेल अर्थात् आँसुको पत्र क्षतिग्रस्त हुन्छ । यसले कोर्नियालाई हानि पु–याउँछ । त्यसैले सनग्लास लगाएर हिँडेमा राम्रो हुन्छ ।

एजेन्सी
 


जेठ २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस