×

NMB BANK
NIC ASIA

मधेशका जनप्रतिनिधिको ‘अर्जुनदृष्टि’ : नदी कटान र बाढी नियन्त्रणमा पर्याप्त बजेट

सबै शहीदको नाममा तिथि घोषणा गरी दिवस मनाउन प्रदेश सरकार समक्ष माग

जेठ २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, २४ जेठ – प्रदेश सरकारले बजेट निर्माणको तयारी गरिरहेका बेला २ नम्बर प्रदेशका जनप्रतिनिधिले नदी कटान र बाढी नियन्त्रणलाई प्राथमिकतामा राख्न माग गरेका छन् । प्रि–बजेट छलफलका क्रममा जनप्रतिनिधिको ‘अर्जुनदृष्टि’ बाढी नियन्त्रणमा पर्याप्त बजेट छुट्याउनुपर्नेमा देखिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

आर्थिक मामिला तथा विकास योजना मन्त्रालयले जनकपुरमा आयोजना गरेको प्रि–बजेट छलफल तथा अन्तक्र्रिया कार्यक्रममा धनुषा, महोत्तरी र सर्लाहीका स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुख र प्रदेशसभा सदस्यले सामूहिक रूपमै बजेटमा समावेश गरिनुपर्ने योजनाबारे सरकारलाई सुझावका रूपमा दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्लाहीका जनप्रतिनिधिको माग


Advertisment
Nabil box
Kumari

सर्लाही जिल्लाका बागमती, लखन्द, झील, मसुमारा लगायतका विभिन्न नदीबाट बर्सेनि हुने डुबान तथा कटान नियन्त्रण गर्न जनप्रतिनिधिले माग गरेका छन् । कृषि क्षेत्रमा उत्पादित अन्नबाली नष्ट भइरहेका कारण नदी नियन्त्रण तथा तटबन्ध निर्माणका लागि प्रदेश सरकारले प्राथमिकताका साथ आवश्यक बजेट छुट्याउनुपर्ने माग गरिएको छ । जिल्लाका विभिन्न ३ ठाउँमा सरकारबाट अन्न भण्डारको स्थापना गरी किसानको अन्नको भण्डारण गरिनुपर्ने, बरहथवा नगरपालिकाको हजरियामा अत्यधिक आलुखेती भइरहेका कारण चिस्यान केन्द्र स्थापना गर्नुपर्ने माग गरिएको छ ।

Vianet communication
Laxmi Bank

कृषि कर खारेजी गरी किसानको राहातका लागि मलखाद, बीउबिजन तथा कृषि औजार तथा उपकरण खरिदका लागि प्रदेश सरकारले अनुदान दिनुपर्ने, कृषि विद्युतीकरण कार्यक्रम अन्तर्गत खेतमै बिजुली उपलब्ध गराइनुपर्ने, प्रत्येक स्थानीय तहमा कृषि उद्योगको स्थापना हुनुपर्ने लगायतका माग प्रदेश सरकारसँग गरिएका छन् । सर्लाही जिल्ला अस्पताल अत्यन्तै जीर्ण अवस्थामा रहेका कारण कम्तिमा पनि ५० शैयाको अस्पतालमा स्तरोन्नति गरेर आवश्यक जनशक्ति तथा सेवासुविधा उपलब्ध गराइनुपर्ने माग पनि गरिएको छ ।

जिल्ला स्तरमा माछा उत्पादन केन्द्रको स्थापना गर्नुपर्ने, भूमिगत सिँचाइ स्यालो ट्यूबबेल प्रत्येक नगरपालिका र गाउँपालिकामा निर्माण गर्नुपर्ने, प्रत्येक नगरपालिका र गाउँपालिकामा बजार व्यवस्थापनको व्यवस्था गर्नुपर्ने, जिल्लामा एउटा महिला क्याम्पस निर्माण तथा महिला छात्रावासको निर्माण गर्नुपर्ने योजना प्रस्तूत गरिएको छ । जिल्लाको ३–४ ठाउँमा व्यवस्थित खेलकूद मैदान निर्माण गर्नुपर्ने, कृषि क्याम्पसको निर्माण गर्नुपर्ने, कृषि अनुसन्धान केन्द्रको स्थापना गर्नुपर्ने, उखुको सुपर जोन क्षेत्र घोषणा गरी अनुदानको व्यवस्था र किसानलाई सहज भुक्तानीको व्यवस्था गर्नुपर्ने सुझाव जनप्रतिनिधिले दिएका छन् ।

महोत्तरीका जनप्रतिनिधिको सुझाव

महोत्तरीका प्रतिनिधिले पनि नदी कटान नियन्त्रण, कृषि, सडक, सिँचाइ, उद्योग स्थापना, चुरे संरक्षण, वनजंगल संरक्षणका लागि सुझाव दिएका छन् । कृषिजन्य वस्तुको बजार व्यवस्थापन गरी कृषकलाई सरकारी मूल्य निर्धारण गरी उचित मूल्य प्राप्तिका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् । 

सदरमुकामदेखि बर्दिवास र सम्सी गौशाला राजमार्गसम्म मूल सडक कायम गरी राष्ट्रिय योजनामा पार्नका लागि प्रदेश सरकारले ठोस कदम चाल्नुपर्ने माग गरिएको छ । चुरे विनाशको कारणले तराई मरुभूमिमा परिणत भइरहेका कारण चुरे संरक्षणका लागि कडा कानून निर्माण गर्नुपर्ने, महोत्तरीको टुटेश्वरनाथ मन्दिर खैरमारा, परौल स्थान मन्दिर, रोजा मजार, गेरुका मन्दिर खुट्टा,जलेश्वरनाथ मन्दिर, सोनामाइस्थान मन्दिर, मगरथानाको महादेव स्थान मन्दिरको पर्यटकीय स्थलको रूपमा विकास गर्न आवश्यक व्यवस्था मिलाउनुपर्ने सुझाव दिइएको छ ।

२०१७ सालदेखि भएका आन्दोलनका शहीदको नाममा तिथि घोषणा गरी दिवसको रुपमा मनाउन प्रदेश सरकारले व्यवस्था गर्नुपर्ने माग गरिएको छ । झोलुङ्गे पुल निर्माण, कृषि उद्योग, लघु तथा साना मझौला उद्योग स्थापनालाई प्राथमिकता दिनुपर्ने, राजर्षि जनक विश्वविद्यालय, जनकपुर चुरोट कारखाना, वीरगञ्ज चिनी मिल कृषि औजार कारखानालाई प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने सुझाव दिइएका छन् । प्रदेशमा सरकारी स्तरबाट मेडिकल कलेजको स्थापना गरिनुपर्ने र क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमको व्यवस्था गरी जनतालाई सीप प्रदान गरिनुपर्ने माग समेत गरिएको छ ।

धनुषाका माग

धनुषाका जनप्रतिनिधिले सतोषर धामलाई पर्यटकीयस्थलको रूपमा विकास गरिनुपर्ने, जनकपुरको सरस्वती माविमा उच्च शिक्षाको प्राविधिक कलेज स्थापना गरिनुपर्ने, कृषि उब्जनी बढी हुने क्षेत्रमा चिस्यान केन्द्रको स्थापना गर्नुपर्ने, ग्रामीण क्षेत्र भटीहनमा २५ शैयाको अस्पताल निर्माण गर्नुपर्ने लगायतका माग गरेका छन् ।

कमला नदीको छेउमा रहेको पटेर्वामा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने, बिग्ही सिँचाइ, सुनकोशी कमला डाइभर्सन स्थापना गर्नुपर्ने, जनकपुर शहरमा बाहिरी चक्रपथ निर्माण गर्नुपर्ने, जनकपुर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गरिनुपर्ने, जनकपुर उपमहानगरपालिकामा सडक विस्तारका क्रममा जग्गाधनीलाई मुआब्जासहित क्षतिपूर्ति दिनुपर्ने, जनकपुरधाममा प्रादेशिक अस्पतालको निर्माण गरिनुपर्ने माग गरिएको छ । धनुषाको जटहीमा मूल भन्सारको कार्यालय स्थापना गर्नुपर्ने, विभिन्न पोखरीलाई सौन्दर्यीकरण गरिनुपर्ने, धुलोरहित सडकको व्यवस्था गरिनुपर्ने लगायतका माग गरिएका छन् ।

प्रदेशको नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाले ३ वटै जिल्लाबाट आएका सुझाव अनुसार बजेट निर्माण गरी प्राथमिकताका साथ बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x