×

NMB BANK
NIC ASIA

रेलमार्ग निर्माणमा ‘मुआब्जा मुद्दा’ तगारो, बथनाहा–विराटनगर रेल चढ्ने रहर अनिश्चित !

जेठ २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, २४ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले रेल चलाउने सपनाबारे पटक–पटक चर्चा गर्छन् । राजनीतिक नेतृत्वले उत्साहका साथ रेलका कुरा गरिरहेपनि रेलमार्ग निर्माणको अवस्था उत्साहप्रद छैन । लामो समयसम्म म्याद थप गर्दा पनि निर्माण चरणमै रहेको बथनाहा–विराटनगर रेलमार्ग निर्माण कार्य मुआब्जा मुद्दाका कारण अनिश्चित बन्दै गएको छ ।

Muktinath Bank

भारतको कलकत्ता बन्दरगाहबाट १ नम्बर प्रदेशको विराटनगरसम्म सामान बोकेर ल्याउने मुख्य प्रयोजनका लागि सन् १०११ जनवरीदेखि रेलमार्ग निर्माणको काम भइरहेको छ । कलकत्ताबाट बथनाह हुँदै विराटनगरको कटहरीसम्म रेल निर्माणको योजना छ । ३ किलोमिटर नेपाली खण्डमा जग्गाको मुआब्जा मुद्दाले रेलमार्ग निर्माण अनिश्चित बनेको छ । आगामी १ वर्षभित्र अर्थात् सन् २०१९ मार्चसम्म निर्माण .सम्पन्न गर्ने तयारीमा भारतीय निर्माण कम्पनी ‘इर्कन’ रहेपनि जग्गा विवादले समस्या भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका अनुसार नेपालतर्फ धमाधम लिक बिछ्याउने काम भइरहेको छ । जग्गा विवाद बाहेकका क्षेत्रमा लिक निर्माणको काम धमाधम भइरहेको भएपनि जग्गा विवाद भएको ठाउँमा समस्या देखिएको हो । भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको रेलमार्ग १३ दशमलव १ किलोमिटर छ । भारतीय लगानीमा निर्माण शुरू भएको रेलमार्गका लागि नेपाली पक्षले १ सय १९ बिगाहा जग्गा अधिग्रहण गरी इण्डियन रेलवे कन्स्ट्रक्सन इन्टरनेसनललाई ६ वर्षअघि हस्तान्तरण गरेको थियो । 


Advertisment
Nabil box
Kumari

तत्कालीन सम्झौतामा २ अर्ब ८० करोड भारतीय रुपैयाँ लागतमा निर्माण हुने रेलमार्गका लागि सरकारले करीब ५३ करोड मुआब्जा तिरेर बुधनगर, कटहरी र विराटनगरको जतुवाका ५ सय ६५ जनाको १ सय १९ बिगाहा अधिग्रहण गरेको थियो । निर्माण कम्पनीका व्यवस्थापकीय निर्देशक प्रदीप कुमारले आउँदो अक्टोबर (कात्तिक) सम्म नेपालको सीमासम्म रेल आउने जानकारी दिए । ‘नेपालमा जग्गाको समस्या समाधान भए आउँदो मार्चसम्ममा कटहरीसम्म रेल कुदेको तपाईहरूले हेर्न पाउनु हुनेछ,’ उनले भने । भारत–नेपाल सीमाको स्टेसनबाट कटहरीसम्म १० किलोमिटर जग्गामध्ये ३ किलोमिटर क्षेत्रमा विवाद छ ।

Vianet communication
Laxmi Bank

मुआब्जा विवाद समाधानको प्रयास भइरहेको नेपाल पक्षले जनाएको छ । ‘जग्गाधनीले दिएको मुद्दाको पक्षमा जिल्ला अदालतले फैसला गरेको थियो, त्यसको पुनरावलोकनका लागि सरकारले उच्च अदालतमा मुद्दा दायर गरेको छ,’ मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले भने, ‘अदालतको फैसला नआउँदा मुआब्जा वितरणको समस्या समाधान हुन सकेन ।’ 

सरकारले निर्धारण गरेको जग्गाको मूल्याङ्कनका आधारमा मुआब्जा नलिने र चलनचल्तीका आधारमा मुआब्जा पाउनुपर्ने जग्गाधनीको मागलाई जिल्ला अदालतले सदर गरिदिएको थियो । अदालतको फैसलापछि जग्गाधनीले फैसला अनुसार मुआब्जा पाउनुपर्ने अडान लिएका छन् । सन् २०११ जनवरी २८ देखि सञ्चालनमा आएको आयोजना लामो समयसम्म मुआब्जा विवादमा अल्झिएको छ । सन् २०१३ डिसेम्बरमा सम्पन्न गर्ने गरी इर्कनले ठेक्का लिएको भएपनि विभिन्न अड्चन र ढिलासुस्तीले काम सम्पन्न भएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x