×

NMB BANK
NIC ASIA

धनगढी, २४ जेठ – कैलालीको २ लाख ५ हजार ९ सय ३९ हेक्टर वन क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापनको कार्य भइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

जिल्लाको तराई र चुरे क्षेत्रमा फैलिएको वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको कार्य बढाइएको हो । जिल्ला वन कार्यालय कैलालीका अनुसार तराई र भावर क्षेत्रमा १ हजार ९ सय ३१ र चुरे क्षेत्रस्थित १ हजार ३ सय ३ वर्ग किलोमिटर क्षेत्रफलमा व्यवस्थापनको कार्य अगाडि बढाइएको छ । जसमध्ये हाल जिल्लाको १ साझेदारी र १९ वटा सामुदायिक वन र बाह्रवन साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापनको काम भइरहेको जिल्ला वन अधिकृत नवराज काफ्लेले जानकारी दिए । उनले प्रस्तावित भारताल साझेदारी वनको कार्ययोजना तयारी अवस्थामा रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला वन कार्यालय कैलालीले २ विधिमार्फत् व्यवस्थापनको कार्य गरिरहेको छ । तराई भावर क्षेत्रमा रक्षति वेटन वन सम्वद्र्धन प्रणाली अपनाएको छ । जसअन्तर्गत प्रजातिको बाली चक्र ८० वर्ष हुने हुँदा वनलाई ८० खण्डमा विभाजन गरी बर्सेनि प्रत्येक खण्डमा प्रतिहेक्टर १५ देखि २५ वटा माउ रुख छाडी अन्य पोल तथा रुखहरु कटानी गर्ने वन अधिकृत काफ्लेले बताए । कटान गरिएका प्लटमा रहेका हाँगाबिगा, बोक्रा, चोइटा सफा गरी तारबार गरिने जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

जिल्लाको चुरे क्षेत्रमा छनौट वन सम्वद्र्धन प्रणाली अपनाइएको छ । जसअन्तर्गत सालको बाली चक्र ८० देखि १ सय वर्ष मानिएको छ भने सल्लोको बाली चक्र ६० वर्ष मानेर व्यवस्थापन भइरहेको छ । जहाँ वनलाई १० भागमा विभाजन गरी बर्सेनि प्रत्येक खण्डमा ६० सेन्टीमिटरभन्दा बढी ब्यास (डाइमिटर) भएका रुखको स्टीम म्यापिङ गरी मौज्दातको १५ प्रतिशतले हुन आउने आयतन बराबरको रुख कटान गर्ने सो कार्यालयले जनाएको छ ।

Vianet communication
Laxmi Bank

व्यवस्थापनको प्रारम्भिक चरणमा वन क्षेत्रमा रुखको नक्सांकन, रुखको वर्गीकरण, समयावधि पुगेका पुराना रुख कटान, अन्य रुख संरक्षण र कटान गर्ने स्थानमा नयाँ रुख रोपण गर्ने भइरहेको जनाइएको छ । वैज्ञानिक वनको अवधारणा अनुसार वनको व्यवस्थापन गरिएमा बर्सेनि करीब २० लाख क्यूफिट काठ उत्पादन हुने बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

कात्तिक १४, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x