×

NMB BANK
NIC ASIA

‘झापड प्रकरण'पछि नेकपा संसदीय दलमा हेल्मेटको चर्चा, एक सांसदको पद नै धरापमा !

जेठ २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, २४ जेठ –प्रदेश नम्बर २ स्थित नेकपा संसदीय दलको बैठकमा घटेको एक घटनाले पार्टीभित्रै तनाव निम्तिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

गत मंगलबार प्रदेशसभा बैठक सकिएपछि नेकपा संसदीय दलको कार्यालयमा नेकपाकी समानुपातिक सांसद मञ्जु यादवले धनुषा क्षेत्र नं. १ (क) बाट निर्वाचित सांसद किशोरी साहलाई झापड हानेकी थिइन् । दलको कार्यालयमा सांसदहरूको योजना कम्प्युटरमा टाइप गर्ने क्रममा विवाद हुँदा स्थिति झापडसम्म पुगेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवै नेकपाभित्र पनि पूर्व एमालेबाटै निर्वाचित सांसद हुन् ।


Advertisment
Nabil box
Kumari

घटनापश्चात संसदीय दलका नेता सत्यनारायण मण्डल यादवलाई कारवाही गर्ने तयारीमा छन् ।

Vianet communication
Laxmi Bank

'एउटा गरिमामय सांसदलाई सांसदले नै झापड हान्नु अत्यन्तै गैरजिम्मेवार कुरा हो । यस्तो काम गर्नेलाई अन्तिम हदसम्मको कारवाही हुन्छ । उनको सांसद पद पनि जान सक्छ,’ मण्डलले लोकान्तरसँग भने ।

पार्टीका सांसदहरूले बुझाएको योजना मन्त्रालय पठाउन कम्प्युटरमा टाइप गर्ने क्रममा विवाद उत्पन्न भएको थियो । सांसद यादले ‘आफ्नो योजना आफैं टाइप गर्छु’ भन्दै कम्प्युटर अपरेटरसँग विवाद गरेपछि सांसद साहले ‘बकबक गर्छेस्, बढी बोले दुई झापड हान्छु’ भनेका थिए । त्यसपछि झापड उल्टै यादवले साहलाई हानेकी थिइन् ।

त्यसबारे लोकान्तरसँग कुरा गर्दै यादवले महिलामाथि दुर्व्यवहार गर्नेलाई आफूले मर्यादाको पाठ सिकाएको बताइन् । दुर्व्यवहारको सिकार भएकोले आफूले न्याय पाउनुपर्ने उनको जीकिर छ ।

उक्त घटनाबारे छलफल गर्न र दोषीलाई कारवाही गर्न मण्डलले शुक्रबारका लागि संसदीय दलको बैठक बोलाएका छन् ।

यादवलाई कारवाही गर्ने कि नगर्ने भन्नेमा सांसदहरू नै दुई खेमामा विभाजित भएका छन् ।

स्रोतका अनुसार पार्टी एकताअघि पूर्व एमालेमा रहँदा झापड हान्ने सांसद यादव माधव नेपाल र झापड खाने साह पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली पक्षधर मानिन्थे ।

साहको सम्बन्ध संसदीय दलका नेता मण्डलसँग पनि निकै राम्रो छ । मण्डल जनकपुर आउँदा साहकै घरमा बस्ने गरेको स्रोत बताउँछ ।

यस विषयमा मण्डलले अध्यक्ष एवम् प्रधानमन्त्री ओली र पार्टी महासचिव विष्णु पौडेलसँगसमेत कुराकानी गरिसकेका छन् ।

'घटनाको पाँच मिनेटपश्चात मण्डलजीले महासचिव पौडेललाई फोन गरेर घटनाबारे जानकारी गराउनुभयो । यो मञ्जु अति नै छाडा भई । उसको छाडा प्रवृत्तिले कसैलाई पनि छाडेन । उसलाई पार्टी र सांसद दुवैबाट हटाउनुपर्‍यो । कि त पार्टीमा ऊ रहन्छ, कि हामी रहन्छौं भनेपछि महासचिवले अध्यक्षज्यूलाई फोन थमाइदिनुभयो । घटनाबारे सबै जानकारी गराएपछि उहाँले भन्नुभएको छ– ‘यो केटीलाई अहिले हातखुट्टा बाँधेर जनकपुर अञ्चल अस्पताल लगेर उसको मेन्टल उपचार गराउनुस्, पछि कारवाही गरौंला,'प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै साहले लोकान्तरसँग भने ।

सिंगापुर भ्रमणमा जानका लागि काठमाडौंमा रहेको बताएका साहले यादवलाई कारवाहीका लागि पार्टीका अन्य सबै सांसदले भोलि नै अध्यक्षलाई पत्राचार गर्न लागेको जानकारी दिए ।

घटनापश्चात नेकपाकै कतिपय सांसदले अब बैठकमा पनि हेल्मेट लगाएर आउनुपर्ने भयो भनेर कटाक्ष गर्ने गरेका छन् ।

यता सभामुख सरोजकुमार यादव भने घटनाबारे बेखबर छन् ।

‘मलाई उक्त घटनाबारे हालसम्म औपचारिकरूपमा कुनै पनि जानकारी गराइएको छैन । न त कारवाही गर्नका लागि कुनै पत्र नै आएको छ,’ सभामुख यादवले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x