×

NMB BANK
NIC ASIA

राजधानीमा ट्याक्सी चालकको दादागिरी– मिटरमा जान नमान्ने, ट्राफिकलाई खबर गर्दा यात्रुमाथि हातपात

जेठ २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं,२५ जेठ–काठमाडौंका विनोद पौडेल सानेपाबाट लैनचौर जान लागेका थिए । उनले सानेपाको समिट होटल नजिकै रोकिएको एउटा ट्याक्सीलाई लैनचौर जान आग्रह गरे । 

Muktinath Bank

सानेपाबाट लैनचौरसम्म साढे पाँच किलोमिटर दूरी छ । सरकारले तोकेको प्रचलित भाडा दर प्रति किलोमिटर ३६ रुपैयाँ  छ । ट्याक्सीमा यात्रा गर्ने यात्रुले ट्याक्सीमा चढ्दा मिटरमा उठेको रकममा १४ रुपैयाँ थप तिर्नुपर्ने हुन्छ।   मिटरमा जाँदा सानेपाबाट लैनचौरसम्म जाममा नपरेमा करिब २ सय १२ रुपैयाँ मात्रै भाडा उठ्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर पौडेलसँग ट्याक्सी चालकले मिटरमा जान मानेनन् । मिटरमा जान नमानेपछि पौडेलले ट्याक्सी नम्बर नोट गर्न खोजे । तर ट्याक्सी ड्राइभर उनीमाथि हातपातमा उत्रिए । 


Advertisment
Nabil box
Kumari

‘ट्याक्सी चालकले मिटरमा जान मानेनन्, तीन सय भन्दा कममा नजाने भने, जानै नमानेपछि मैले ट्याक्सीको नम्बर प्लेट लिन फोटो खिचे,’ उनले लोकान्तरसँग भने, ‘मलाई ट्याक्सी चालकले हातपात गर्न खोज्यो ।’
पौडेलले ट्याक्सी चालकले भनेको ठाउँमा प्रचलित भाडादरमा जान नमानेपछि नजिकैको ट्राफिक प्रहरीलाई गुनासो गरे ।

Vianet communication
Laxmi Bank

ट्राफिक प्रहरीले कार्यालयमै ट्याक्सी चालकलाई बोलाएर ३ हजार जरिवाना तिराएको उनले सुनाए । उनले भने, ‘मिटरमा जान नमानेपछि मैले प्रहरीलाई उजुरी दिए, प्रहरीले ट्याक्सी चालकलाई कारबाही गर्‍यो ।’

सरकारले सबै भाडाका ट्याक्सीहरुलाई मिटरमा चलाउन अनिवार्य गरेपनि ट्याक्सी चालकहरु यो नियमलाई मान्ने गरेका छैनन् । आज भोलि ट्याक्सी चालकले बढी भाडा मागेमा पौडेल प्रहरीलाई खबर गरिहाल्छन् ।
भाडामा चल्ने ट्याक्सीहरुले मिटरमा चल्नुपर्ने भएपनि राजधानीमा अझै पनि अधिकांस ट्याक्सीचालकहरु मिटरमा जान मान्दैनन् ।

ट्याक्सी चालकले यात्रुहरुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने र दुव्र्यवहार गर्ने गरेको पाइएको प्रहरी बताउँछ । यात्रुहरुले ट्राफिक प्रहरीको हटलाइन सेवामा फोन गरेर उजुरी दिने सक्ने व्यवस्था गरिएको छ । केहीले आफू ठगिन लागेको थाहा पाए ट्राफिकलाई फोन गर्ने गरेका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखामा दैनिक २० देखि २५ जना ट्याक्सी प्रयोगकर्ताको उजुरी आउने गरेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तले बताए । तोकिएको भन्दा बढी भाडा लिने र यात्रुले भनेको स्थानमा जान नमान्ने ट्याक्सी चालकलाई प्रहरीले कारबाही गरिरहेको उनले बताए । 

महाशाखाको तत्थ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷७५ को साउनदेखि हालसम्म ६ हजार ६ सय ८० ट्याक्सी चालक विरुद्ध उजुरी परेको छ । मिटर बिगारेर बढी भाडा  माग्ने र भनेको ठाउँमा जान नमान्ने ट्याक्सीलाई कारबाहिको माग गर्दै ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गरेर तथा ड्युटीमै रहेका ट्राफिक प्रहरीलाई समेत उजुरी दिन सकिने व्यवस्था ट्राफिक प्रहरीले गरेको छ । 

सेवाग्राहीको उजुरीको आधारमा प्रहरीले ट्याक्सी चालकलाई तीन हजार जरिवाना तिराउने गरेको छ । महाशाखाले आर्थिक वर्ष २०७४/७५ मा ६ हजार ६ सय ८० ट्याक्सी चालकबाट दुई करोड ४० हजार राजश्व संकलन गरेको छ । 

ट्राफिक प्रहरीको हटलाई सेवामा ट्याक्सीमै सामान छुटेका केस समेत आउने गरेको छ । ट्याक्सीमै सामान छुटेको भन्दै आर्थिक वर्ष मा  ३ सय ४ ओटा उजुरी आएको एसएसपी पन्तले बताए । प्रहरीले यात्रुको उजुरीको आधारमा २ सय २६ यात्रुको सामान फिर्ता गरेको र ७८ वटा केसहरुको अनुसन्धान भइरहेको जनाएको छ । 

यात्रुहरुको सामान हराउने समस्या बढ्दै गएपछि  महाशाखाले ट्याक्सीको भित्री भागमा पनि नम्बर प्लेट राख्न निर्देशन दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सबै ट्याक्सीहरुलाई भित्र पनि नम्बर प्लेट अनिवार्य गरेको हो  । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x