×

NMB BANK
NIC ASIA

नेपालमा सुरक्षा चुनौती बन्दै उत्तर कोरियाली नागरिक, बैंक ह्याकिङदेखि अवैध व्यापारमा संलग्नता

जेठ २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २५ जेठ – उत्तर कोरियाको नाम सुन्नेबित्तिकै संसारका सबै मानिसले त्यहाँका सर्वोच्च नेता किम जोङ उनलाई सम्झन्छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कहिलेकाँही सम्प्रेषण गर्ने समाचारमा उत्तर कोरियाली नागरिकको जीवन कष्टकर रहेको भन्ने देखाइन्छ । 

Sagarmatha Cement
Muktinath Bank

साम्यवादी शासन व्यवस्था भएको यस देशका नागरिकले सजिलै देशबाहिर जान पाउने अवस्था नभएको समेत बताइन्छ । तर केही उत्तर कोरियाली नागरिकहरू भने नेपालसम्म आइपुग्ने गरेका छन् र नेपालमा हुने विभिन्न अवैध गतिविधिमा उनीहरूको संलग्नता देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो समय नेपालमा हुने अवैध गतिविधिमा उत्तर कोरियाली नागरिकको संलग्नता बढ्दै गएको छ । 


Advertisment
Nabil box
Kumari

नेपालमा पर्यटकीय भिसामा आउने उत्तर कोरियाली नागरिकहरू विभिन्न अवैध गतिविधिमा संलग्न हुने गरेको प्रहरी तथ्याङ्कले देखाउँछ । 

Vianet communication
Laxmi Bank

पछिल्लो समयका केही यस्ता घटना छन्, जसमा उत्तर कोरियाली नागरिकको संलग्नता देखिन्छ । 

घटना नम्बर १ 

३ कात्तिक २०७४ मा एनआईसी एसिया बैंकको ४६ करोड ५६ लाख ५० हजार रुपैयाँ ह्याक भयो । तत्काल घटनाको अनुसन्धान थालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)ले घटनामा उत्तर कोरियाको कुख्यात ह्याकिङ समूह हिडेन कोब्राको संलग्नता रहेको निष्कर्ष निकाल्यो । त्यो समूहले साढे ४६ करोडभन्दा बढी रकम ह्याकिङ गरी विभिन्न देशका बैंकमा पु¥याएर करीब ७ करोड रुपैयाँ त निकाल्न नै सफल भयो । 

घटना नम्बर २

गत वैशाख तेस्रो साता अवैध रूपमा नेपालमा बसेर काम गर्दै आएका ११ जना उत्तर कोरियाली नागरिकलाई प्रहरीले पक्राउ ग¥यो । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेको दरबारमार्गस्थित प्योङयोङ आर्रेयाङ रेस्टुरेन्टबाट कामदार भिसाबिनै अवैध रूपमा काम गरिरहेका उत्तर कोरियालीलाई पक्राउ गरेर अध्यागमनलाई बुझाए पनि उनीहरूलाई केही कारवाही नगरी छाडिएको थियो । महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार उत्तर कोरियालीहरूले अवैध रूपमा काम गरिरहेको उजुरीका आधारमा पक्राउ गरिएको थियो । 

घटना नम्बर ३

स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा समेत उत्तर कोरियाली चिकित्सकहरूले अवैध रुपमा काम गरिरहेको खुलेको छ । उत्तर कोरियाली नागरिकबाटै सञ्चालित तनहुँको दमौलीस्थित ने कोर्यो अस्पताल र नेपालीद्वारा सञ्चालित कञ्चनपुरको महेन्द्रनगरस्थित सेफर हस्पिटलमा विजनेस भिसामा आएका उत्तर कोरियाली चिकित्सकले स्वीकृतिबिनै बिरामीको स्वास्थ्य परीक्षण गरिरहेको भेटिएको छ । 

ने कोर्यो अस्पतालमा १० जना र सेफर अस्पतालमा एक जनाले काम गरिरहेका भेटिएको हो । उनीहरू कसैले पनि मेडिकल काउन्सिल र श्रम विभागबाट समेत स्वीकृति लिएका छैनन् । सेफर अस्पतालमा केही समय अघिसम्म तीनजना उत्तर कोरियाली चिकित्सक कार्यरत थिए । तीमध्ये डा. किम सोङको झन्डै तीन महिनाअघि हृदयघातबाट निधन भएको थियो । अस्पताल प्रशासनले कञ्चनपुरमै उनको अन्तिम संस्कार गरेको थियो । 

यसरी नेपालमा उत्तरकोरीयालीहरूले अवैध रूपमा आफ्नो गतिविधि चलाइरहँदा एकातिर सुरक्षा खतरा बढेको छ भने अर्कातिर वार्षिक करोडौंको राजश्व समेत गुमिरहेको छ । 

अस्पताल, रेस्टुरेन्ट लगायतका व्यवसायबाट उनीहरूले वार्षिक मनग्य आम्दानी गरेपनि त्यसको व्यवसाय भने घाटामा रहेको देखाउने गरेका छन् । जसका कारण नेपाल सरकारलाई तिर्नुपर्ने राजश्व समेत उनीहरूले तिर्दैनन् । 

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर नाकाबन्दी गरिरहेको छ भने उसका कामदार र व्यापार निषेध गरेको छ । 

उत्तर कोरियालीहरू नेपालमा व्यापार तथा पर्यटन भिसाको दुरुपयोग गरी काम गरिरहेको भनी श्रम विभागमा समेत पटक–पटक उजुरी पर्ने गरेको छ । 

विभागका निर्देशक वरुणकुमार झाका अनुसार अहिलेसम्म विभागबाट एकजना पनि उत्तरकोरियाली नागरिकले श्रम स्वीकृति लिएका छैनन् । तर विभागमा उजुरी भने पटक–पटक आएको छ ।

यसरी विदेशी कामदारले अवैधरूपमा गतिविधि बढाउँदा सुरक्षा खतरा बढ्न सक्ने विश्लेषकहरूको ठहर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x