हलमा दुई फिल्म : कसले मार्ला वाजी ?

आज शुक्रवारदेखी नेपाली सिनेघरमा चलचित्र चंगा र मट्टीमाला प्रर्दशनमा आएका छन् । हास्य विधामा लामो समयदेखी सक्रिय किशोर भण्डारी अर्थात डिट्ठासाबले निर्देशन गरेको चंगा र टेके पौरखी राईको निर्देशनमा वनेको मट्टीमाला दुवैले प्रदर्शनको पहिलो दिन खासै दर्शक साथ पाएका छैनन् ।

यद्यपी भोली शनिवार दर्शक वढ्न सक्ने अनुमान गर्न सकिन्छ । यि दुवै चलचित्रको लिड रोलमा अभिनेता वुद्धी तामाङ देखिएका छन् ।

चंगामा वुद्धी तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, रेश्मा तिमल्सीना लगायतका कलाकारले अभिनय छ भने राजनराज सिवाकोटी, कमल खत्रीले संगित भरेका छन् । दर्शकलाई पेट पिची मिची हसा“उनेमा आफु ढुक्क रहेको चलचित्रका निर्देशक किशोर भण्डारी वताउ“छन् ।

अभिनेत्री प्रियंका कार्की, वुद्धी तामाङ, रजनी गुरुङ लगायतका कलाकार स्टारर चलचित्र मट्टीमाला पौरखी फिल्मस्को व्यानरमा निर्माण भएको हो । निर्माण भएर पनि खासै प्रचार प्रसार नगरिएको यो चलचित्रको कथा निर्देशक राईलेनै लेखेका हुन ।

माटोभित्र पाईने वहुमुल्य धातु मट्टी मालाको विषयमा केन्द्रित रहेर चलचित्र निर्माण गरिएको छ । प्रेम, एक्सन, कमेडी र रोमान्सलाई प्रस्तुत गरिएको चलचित्रले युवाको कथा र संघर्षलाई मट्टी मालास“ग जोडेर प्रस्तुत गरिएको छ । यि दुई चलचित्रमध्ये कुन चलचित्रले वाजी मार्ने हुन् या दुवै फ्लप हुने हुन त्यो केही दिनपछि थाहा होल ।
 

जेठ २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस