×

NMB BANK
NIC ASIA

काठमाडौं, २५ जेठ–  जेठ ८ गते मंगलबार काठमाडौंबाट पक्राउ परी जिल्ला अदालत मोरङको आदेशअनुसार मोरङ कारागारमा थुनामा रहेका चूडामणि उप्रेती 'गोरे'बाट थप सूचना लिन उनलाई काठमाडौं ल्याइने भएको छ । 

Muktinath Bank

साढे ३३ किलोसँग जोडिएको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरेबाट सुन तस्करीका बारेमा थप सूचना लिन काठमाडौं ल्याउन लागिएको हो । गोरेसहित थुनामा रहेका प्रहरीका निलम्बित एसएसपी श्याम खत्री र डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेलाई पनि काठमाडौं ल्याउन लागिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गृहमन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा गठित समितिले गोरेसहितका ३ जनालाई काठमाडौं झिकाउन लागेको हो । 


Advertisment
Nabil box
Kumari

गोरेलाई काठमाडौं ल्याउने प्रक्रिया थाल्न कारागार व्यवस्थापन विभागलाई पत्र समेत पठाइसकिएको छानबिन समितिका एक सदस्यले बताए । 

Vianet communication
Laxmi Bank

‘ठूला माछा’को नाम खोल्लान् ? 

प्रहरीले पक्राउ गरेपछि अदालतमा उपस्थित गराइएका गोरेले आफ्नो बयानका क्रममा सुन तस्करीमा आफू व्यवस्थापनको काम गर्ने व्यक्ति मात्रै भएको बताएका थिए । आफू सामान्य खालको व्यवस्थापक भएकाले तस्करीमा ठूलै व्यक्तिको संलग्नता रहेको गरेले बयानमा उल्लेख गरेका थिए । 

तर अदालतसमक्ष दिएको बयानमा गोरेले तस्करीमा संलग्न ठूला व्यक्तिको नाम भने पोलेनन् । तत्कालीन अवस्थामा फरार अभियुक्तको रूपमा रहेका प्रहरीका निलिम्बित एसएसपी श्याम खत्रीलाई पक्राउ गरे सुन तस्करीका सबै नेक्सस खुल्ने गोरेले बयानमा उल्लेख गरेका थिए । 

गोरे थुनामा गएपछि एसएसपी खत्रीले पनि अदालतसमक्ष आत्मसमर्पण गरिसकेका छन् । उनी पनि हाल मुद्दाको पुर्पक्षका लागि थुनामा छन् । अदालतसमक्षको बयानका क्रममा खत्रीले पनि सुन तस्करीमा संलग्न भनिएका ‘ठूला माछा’को नाम पोलेनन् । खत्रीले बयानका क्रममा तस्करी गरेको भनिएको सुन नै नभेटिएको अवस्थामा कसैलाई तस्कर भन्न नमिल्ने जिकिर प्रस्तुत गरेका थिए । 

थप सूचना मिल्ने अपेक्षा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफूले गृहमन्त्रालय सम्हालेको १०० दिन पुगेको अवसरमा बुधवार पत्रकार सम्मेलन गरेर कार्यप्रगतिको विवरण सार्वजनिक गरे । सुन तस्करीको जालो तोड्न प्राप्त गरेको सफलतालाई मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरेका गृहमन्त्री बादलले केही दिनमै तस्करीमा संलग्न ‘ठूला माछा’ पनि पक्राउ पर्ने दाबी गरेका थिए । 

सुन तस्करी प्रकरणको छानबिनमा रहेको समितिसँग दैनिक सूचना लिइरहेका गृहमन्त्री बादलकै सल्लाहमा गोरेसहितका अभियुक्तलाई मोरङबाट काठमाडौं ल्याउन लागिएको हो । 

पछिल्लो पटक (मंगलवार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका राम तिवारीले गोरेले गर्ने गरेको सुन तस्करीबारे केही आधारभूत सूचना दिएका छन् । 

एक्लाएक्लै बयान लिँदा खासै सूचना प्राप्त गर्न नसकेको समितिले अब गोरे, खत्री, डा. डेविट भनिने घले र तिवारीसँग सामूहिक रूपमा बयान लिने तयारी गरेको छ ।

सामूहिक बयानका क्रममा उनीहरुले एक–अर्काको पोल खोल्ने समितिको अपेक्षा छ ।

याे पनि पढ्नुहाेस,

सुनकाण्डको 'सस्पेन्स' : हराएको साढे ३३ किलो सुन एसएसपी लोहनीसँग छ ?

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x