×

NMB BANK
NIC ASIA

गृहमन्त्रीको निर्देशनले डराए बदमास ठेकेदार : म्याद सकिनै लाग्दा ‘साइट’मा देखावटी सक्रियता

जेठ २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं २५ जेठ – काठमाडौंको व्यस्त बजार वानेश्वरबाट शान्तिनगर हुँदै तीनकुने जाँदा बाटोमा पर्ने बाग्मती पुल छेउमा असरल्ल परेका फलामे छड र निर्माण सामग्री देखिन्छन् । वाग्मती नदीमाथि नेपालकै पहिलो ‘आर्क ब्रिज’ निर्माण गर्ने भनेर काम शुरू भएको ४२ महिना भइसकेको छ ।

Muktinath Bank

पुल बनाउन भनेर वरपर राखिएका फलामे छडमा खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको देखिन्छ भने १ वर्षदेखि खुला ठाउँमा रहेका छडहरू खिया लागेका भेटिन्छन् । तीनकुनेमा निर्माणाधीन पुलका लागि राखिएका फलामे छडमा खिया लागेर पाप्रा उप्किन लागेका छन् । सरकारले राजधानीलाई व्यवस्थित शहर बनाउने योजनासहित राजधानीका विभिन्न ठाउँमा ‘आर्क नेटवर्क ब्रिज’ बनाइरहेको छ ।
खिया लागेका छड निर्माण कार्यमा प्रयोग गर्न नहुने इञ्जिनियरहरू बताउँछन् । नाम नबताउने शर्तमा एक इञ्जिनियरले लोकान्तरसँग भने, ‘तीनकुनेमा थुप्रिएका फलामे डण्डीको गुणस्तर बिग्रिएको छ, त्यस्तो पाप्रा उप्किएको डण्डी प्रयोग गर्दा गुणस्तर कमजोर हुन जान्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

४२ महिनामा २५ प्रतिशत मात्रै काम


Advertisment
Nabil box
Kumari

निर्माण क्षेत्रको एक चर्चित कम्पनी पप्पु कन्सट्रक्सन ठेक्का लिएको आर्क नेटवर्क ब्रिजको ठेक्का सम्झौता समयावधि सकिन केही दिन मात्रै बाँकी छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजना र ठेकेदार कम्पनीबीच २०७५ असार ५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । २०७१ पुसमा ४२ महिनामा काम सक्ने गरी सम्झौता भएको आर्क ब्रिज अहिले २५ प्रतिशत मात्रै निर्माण भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

Vianet communication
Laxmi Bank

आयोजनाका प्रवक्ता एवं इन्जिनियर विश्व विजयलाल श्रेष्ठले नेपालमा नयाँ खालको पुल भएकाले डिजाइनमै समय लाग्दा केही ढिलाइ भएपनि पछिल्लो समय ठेकेदार कम्पनीको लापरवाही नै भएको बताए । ‘वाग्मती र धोबीखोलामा नयाँ प्रविधिको पुल बनाउन लागेकाले ठेकेदार कम्पनीलाई डिजाइन तयार पार्नै डेढ वर्ष समय लाग्यो, त्यसपछि कम्पनीले नै ढिलासुस्ती गरेको हो,’ उनले लोकान्तरसँग भने । पुलको लागत २१ करोड ३३ हजार रुपैयाँ हुने अनुमान छ । वाग्मती पुलको उत्तरतर्फ ८५ मिटर र दक्षिणतर्फ ८५ मिटरका २ पुल निर्माण गर्न लागिएको हो । 

बिजुलीबजारमा पनि लापरवाही !

बिजुलीबजारस्थित धोबीखोलामा बन्न लागेको आर्क नेटवर्क ब्रिजको निर्माण सम्झौताअवधि पनि गत २०७४ पुस १३ गते सकिएको थियो । करीब २० प्रतिशत मात्रै निर्माण सकेको टेक्सासको ठेकेदार कम्पनी जेई कन्स्ट्रक्सन प्रालिले १ वर्षका लागि सम्झौता नविकरण गरिसकेको छ । १३ करोड १३ लाख रुपैयाँ लागतमा बन्न लागेको बिजुली बजारको पुलको लम्बाई ५० मिटर र चौडाई १२ मिटर हुनेछ ।

गृहमन्त्रीको निर्देशनपछि पुनः काम शुरू

चर्चित निर्माण कम्पनी पप्पु कन्सट्रक्सनले १ वर्ष काम रोकेपछि खिया लागेको छडसहित नै अहिले पुनः काम शुरू गरेको छ । झण्डै १ वर्षदेखि ठप्पजस्तै बनेको निर्माण कार्य गृहमन्त्री रामबहादुर थापाको चेतावनीपछि शुरू भएको हो । तर, काममा भेटिएका एक सुपरभाइजरले गृहमन्त्रीको भनाईबारे आफूलाई थाहा नभएको र ढलको कारणले रोकिएको काम ढलको समस्या समाधान भएपछि पुनः थालिएको बताए । 


उनले भने, ‘मलाई गृहमन्त्रीले के भने भन्ने कुरा थाहा छैन, ढलको समस्या थियो, यो समाधान भएपछि काम फेरि शुरू गरेका हौं ।’ खिया लागेको सामानहरू पुनः प्रयोग गर्दा गुणस्तरीय हुन्छ त ? भनेर सोध्दा ती सुपरभाइजरले भने, ‘फलाम हो वर्षौसम्म पनि केही हुँदैन ।’

होला त कारबाही ?

गत साता गृहमन्त्री रामबहादुर थापाले समयमा काम नगर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएका थिए । गृहमन्त्रीको चेतावनीपछि सम्झौता सकिन केही दिन बाँकी रहँदा कम्पनीले पुनः काम शुरू गरेको छ । लामो समयदेखि लापरवाही गर्ने प्रवृत्तिबीच पप्पु कन्सट्रक्सनले पनि फेरि निर्माण अवधिको म्याद नविकरण गर्ने तयारी गरेको छ ।

कारबाही गर्न छैन सजिलो !

ठेक्का पाइसकेका निर्माण कम्पनीलाई कारबाही गर्न बोलेजति सजिलो नभएको सरकारी अधिकारीहरू बताउँछन् । सडक विभाग अन्तर्गत काम गर्ने एक वरिष्ठ सिविल इन्जिनियर भन्छन्, ‘गृहमन्त्रीले कारबाही गर्छु भनेर बोलेजति सजिलो छैन, हेर्दाहेर्दै अब पप्पुले पनि रिन्यु गर्छ । किनभने, कारबाही गर्नका लागि धेरै लामो प्रोसेस छ, नयाँ सम्झौता गर्न १ वर्षभन्दा बढी समय लाग्छ ।’

निर्माण कम्पनीलाई कारवाही गर्न सबैभन्दा पहिलो गल्ती प्रमाणित गरेर ठेक्का तोड्नुपर्ने, त्यसपछि कालोसूचीमा राख्नुपर्ने र नयाँ टेण्डर आह्वान गरेर नयाँ कम्पनीसँग सम्झौता गर्न सकिने उनले बताए । 

के हो आर्क नेटवर्क ब्रिज ?

‘आर्क नेटवर्क ब्रिज नयाँ प्रविधिमा आधारित पुल हो । नयाँ खालको पुल भएकाले बंगलादेशी कम्पनीले प्रमाणित गरेसँगै निर्माणको जिम्मा दिइएको हो । आर्क नेटवर्क ब्रिजको माथिल्लो तहमा अर्धवृत्ताकार संरचना निर्माण गरिने छ । बिचमा बलिया तार जडान गरिन्छ । नेटवर्क तारले पुलको भारबहन क्षमता तल र माथि गरेर सन्तुलन ल्याउने छ ।

निर्माण गर्दा शुरूमा खोलाको वारिपारि सडकको चौडाइ बराबरकै ‘अब्यूटमेन्ट’ अर्थात् बलियो जगसहितको संचरना निर्माण गरिन्छ । पिल्लर नभएपनि यो प्रविधिको पुल बलियो मानिन्छ । यो पुल बनाउन अहिले प्रयोगमा रहेको प्रविधिभन्दा सजिलो छ । किनभने, खोलाको बिचमा पिल्लर ठड्याउनु पर्दैन । जसका कारण कम खर्चिलो पनि छ । पुलमा आरसीसी (रड, सिमेन्ट, गिट्टी, बालुवा) प्रविधिबाट आर्क बनाइन्छ । पुलको सडक भागमा पिच वा आरसीसी नै गरिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x