×

NMB BANK
NIC ASIA

तस्करको जत्थाबाट लुटिए धनुषाका प्रहरी ! चौकी नै घेराउ गरेर ‘क्राइम ब्रान्च’का प्रहरीमाथि हातपात

जेठ २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, २५ जेठ – धनुषाको मुखियापट्टि मुसहर्निया गाउँपालिका–५ बहेडा बेला चौकीका प्रहरी तस्करको जत्थाबाट लुटिएका छन् । तस्करी भइरहेको अवस्थामा प्रहरी बरामद गरेर सामान तस्करको समूहले चौकीबाटै लुटेर लगेको छ ।

Muktinath Bank

तस्करीको सामान फिर्ता लैजान आएको तस्करको समूहले प्रहरी चौकीमा तोडफोड गर्दै प्रहरीमाथि हातपात समेत गरेको छ । हिजो जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका ‘क्राइम ब्रान्च’को टोलीले स्थानीय बहेडाबेला प्रहरी चौकीका प्रहरीको सहयोगमा भारतबाट अवैध रुपमा तस्करी गरी ल्याएका सामान बरामद गरेको थियो । लगत्तै तस्करले स्थानीय महिलालाई उचालेर बरामद गरिएका सामान प्रहरीबाट लुटेर लगेको थियो । चौकीमा भएको घटना जिल्ला पुगेपछि आज सार्वजनिक भएको छ । लुटपाटका क्रममा प्रहरी टोलीमाथि हातपात, प्रहरी चौकीको साइन बोर्ड र वडा कार्यालयमा तोडफोड गरिएको छ । वडा कार्यालयमा राखिएको एम्बुलेन्स समेत क्षति पुगेको प्रहरी चौकी बहेडा बेलाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) पवनकान्त मिश्रले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बहेडा बेलाका तस्कर जयकुमार यादवको घरमा अवैध तस्करीका सामान लुकाएर राखेको सूचनाका आधारमा उसको घरमा खानतलासी गर्दा सामान पाइएन । उसले अन्यत्रै सारेको थियो,’ असई मिश्रले लोकान्तरसँग भने, ‘त्यसपछि हामीले स्थानीय माधुरी मुखिया र बली मुखियाको घरबाट ती तस्करी गरी अवैध रुपमा भित्र्याइएका सामानहरू नियन्त्रणमा लियौं ।’


Advertisment
Nabil box
Kumari

‘त्यतिबेला जिल्लाबाट खटिएका ‘क्राइम ब्रान्च’का २ जना र स्थानीय चौकीका २ जना गरी ४ जना प्रहरी मात्र थियौं, सामान नियन्त्रणमा लिए लगत्तै स्थानीय तस्कर जयकुमार यादवले गाउँका २ सय जना जति महिलालाई ल्याएर हामीमाथि धावा बोल्ने काम भयो,’ असई मिश्रले थपे, ‘प्रहरीमाथि हातपात गर्नुका साथै पोशाक समेत च्यात्ने काम भयो । बरामद गरिएको अवैध सामान लुटेर लगे । त्यतिबेला हामीले बल प्रयोग पनि गर्न सक्थ्यौं । तर, मानवीय क्षति हुन सक्थ्यो, हामीले जिल्लामा खबर गरेर थप टोली झिकायौं  ।’ स्थानीयको भीडले प्रहरी चौकीलाई घेरा हाल्दै चौकीको पूरै टीममाथि हातपात गरेर प्रहरीविरुद्ध नाराबाजी गरेको उनले बताए ।

Vianet communication
Laxmi Bank

प्रहरी निरीक्षक रामकिशोर साह नेतृत्वको ३० जना सुरक्षाकर्मीको टोलीले समेत भीड नियन्त्रण गर्न नसकेपछि धनुषाका प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियालाई घटनास्थलमा बोलाइएको थियो । तर, स्थिति नियन्त्रणमा आएपछि एसपी थपलिया बाटोबाटै फर्किएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले घटनाबारे प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन् । अभियुक्तमाथि प्रतिवेदनको आधारमा प्रहरीमाथि हातपात, सरकारी सम्पत्ति तोडफोड, एम्बुलेन्स तोडफोड लगायतको मुद्दा चल्ने मिश्रले बताए ।

‘घटनाको अनुसन्धान गरिरहेका छौं, तस्करी गर्ने र प्रहरीलाई हातपात गर्नेलाई आवश्यक कानूनी कारबाही गरेरै छाड्छौं,’ धनुषाका एसपी थपलियाले लोकान्तरसँग भने, ‘प्रहरीले चेकजाँच गर्दा अवैध तस्करीका सामान बरामद गरी पनि तस्करले महिलालाई उचालेर सामान लुट्नुका साथै प्रहरीमाथि पनि हातपात गरेको देखिएको छ । घटनालाई हामीले अत्यन्तै गम्भीरतापूर्वक लिएका छौं ।’ बहेडा बेला गाउँ भारतको सीमा नाकामा पर्ने गाउँ भएका कारण तस्करी गर्ने संगठित गिरोह सक्रिय हुने गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x