×

NMB BANK
NIC ASIA

३८ क्वीन्टल सुन तस्करी प्रकरण

एमके अग्रवालको घरबाट ३० लाख नगदसहित सुन र चाँदी बरामद

जेठ २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २५ जेठ– नेपालमा हुने सुन तस्करीका लगानीकर्ता भनिएका एमके भनिने मोहन कुमार अग्रवालको घरबाट ३० लाख रुपैयाँ नगदसहित सुन र चाँदी फेला परेको छ । 

Sagarmatha Cement
Muktinath Bank

साढे ३३ किलोसहितको ३८ क्वीन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त अग्रवालको काठमाडौंको अनामनगरस्थित घरमा छापा मार्दा नगदसहित सुन र चाँदी फेला परेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुन तस्करी सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गृह मन्त्रालयसका सह–सचिव इश्वर पौडेल नेतृत्वमा गठित समितिले शुक्रवार दिउँसो अग्रवालको घरमा छापा मारेको थियो । घरमा छापा मार्दा ३० लाख रुपैयाँ नगदसहित २ किलो चाँदी र १० तोला सुन फेला परेको गृह मन्त्रालय स्रोतले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

समितिले अग्रवालको घरबाट बा १० च २८२ नम्बरको टाटा कम्पनीको कारसमेत बरामद गरेको छ । 

Vianet communication
Laxmi Bank

सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका अग्रवालको अनामनगरस्थित घर २ महिनादेखि खाली थियो । गृह मन्त्रालयको समितिले सुन तस्करी प्रकरणको छानबिन शुरु गरेपछि अग्रवाल फरार भएका थिए । घरमा अग्रवालकी श्रीमती बस्ने गरेको भनिएपनि उनीपनि २ महिना अगाडि घर छाडेर भारततर्फ गएकी थिइन् । 

गृह मन्त्रालयको समितिले अग्रवालको श्रीमतीले आफूसँगै अन्य गरगहना र नगदसमेत लगेको हुनसक्ने जनाएको छ । 

सुन तस्करी प्रकरणमा पक्राउ परेका राप्रपा प्रजातान्त्रिकका नेता समेत रहेका भुजुङ गुरुङले तस्करीको सुनमा एमके अग्रवालले लगानी गर्ने गरेको बताएका थिए । गृह मन्त्रालयको समितिसमक्ष दिएको बयानमा गुरुङले हराएको ३३ किलो सुनमा पनि अग्रवालकै लगानी रहेको बताएका थिए । 

सुन तस्करीका ‘मालिक’को घरमा गृह मन्त्रालयको छापा, 'स्रोत नखुलेको' पैसा बरामद

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x