×

NMB BANK
NIC ASIA

म कानूनभन्दा माथि छैन : ट्रम्प

जेठ २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

वासिङ्टन, २५ जेठ – आफू ‘कानूनभन्दा माथि नभएको’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बताउनुभएको छ । 
तर अमेरिकी राष्ट्रपतिका रूपमा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा भएको भनिएको हस्तक्षेपबारे आफूलाई क्षमा याचना गर्ने ‘पूर्ण अधिकार’ भने आफूमा निहीत रहेको उहाँले दोहोराउनु भएको छ । 
क्यानडामा हुँदै गरेकोे औद्योगिक राष्ट्रहरूको समूह जी–७ का सदस्य राष्ट्रहरू संयुक्त अधिराज्य (बेलायत), फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त राज्य अमेरिका, क्यानडा, र सन् १९९८ पछि सदस्य बनेको रूस सम्मिलित शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा अमेरिकी राष्ट्रपतिले आफूले प्रसिद्ध मुक्केवाज मुहम्मद अलिलाई मरणोपरान्त क्षमा दिनलाएकोसहित केही व्यक्तिलाई क्षमादान दिन लागेको योजना रहेको बताउँदै तर आफैबारे केही नगर्ने बताउनुभयो । 
ट्रम्पले भन्नुभयो, “म कानूनभन्दा माथि छैन । मैले कोही कानूनभन्दा माथि होस भन्ने पनि कहिल्यै सोचेको छैन । म आफूलाईसमेत क्षमा दिन पाउँछु तर प्रमुख कुरा के हो भने मैले गल्ती गरेकै छैन भने किन माफी माग्ने ? यो सवैलाई थाहा भएकै कुरा हो ।” 

Muktinath Bank

यसअघि गत सोमबार पनि अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको सम्भावित रूसी हस्तक्षेपबारे क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ आफूमा निहित रहेको भए पनि गल्ती नै नगरेको व्यक्तिले माफी माग्नु नपर्ने बताउनुभएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटर सन्देशमा लेख्नुभएको थियो, “कैयौँ कानूनविदहरूले मलाई क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ निहित छ भन्ने सल्लाह दिएको भएपनि मैले गल्ती नै नगरेको अवस्थामा किन माफी माग्ने ?” 


Advertisment
Nabil box
Kumari

उहाँका वकील रूडी गिलानीले पनि अमेरिकी कानूनले राष्ट्रपतिलाई क्षमादान गर्ने शक्तिको व्यवस्था गरेको छ तर यो गर्र्दा ‘कठीन’ राजनीतिक जटिलता आउनसक्ने बताउनुभएको थियो । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x