अफवाह फैलिएपछि डा. देवकोटालाई अस्पताल परिसरमा ल्याइयो (फोटोफिचर)

जेठ २६, २०७५

काठमाडौं, २६ जेठ – प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थामा सुधार भएपछि घाम ताप्न अस्पताल परिसरमा ल्याइएको छ ।


काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत देवकोटाको स्वास्थ्य अवस्था गएराति गम्भीर भएको थियो । तर, आज बिहानस्वास्थ्य अवस्थामा सुधार आएपछि डाक्टरको टीमले उनलाई घाम ताप्न अस्पताल परिसर बाहिर ल्याएको छ । स्वास्थ्य अवस्था गम्भीर भएका कारण अस्पतालले देवकोटासँग भेटघाट रोकेपछि सामाजिक सञ्चालमा अप्रिय हल्ला फैलिएका छन् ।

अस्पताल प्रशासनले देवकोटाको स्वास्थ्यमा सुधार हुँदै गएको र हल्ला गलत भएको जनाएको छ । विगत केही समयदेखि पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको ५ महिनासम्म बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराएर गत बैशाखमा नेपाल ल्याइएको थियो । बाँकी उपचार स्वदेशमै गर्ने देवकोटाकै इच्छाअनुसार नेपाल ल्याइएर उनको उपचार भइरहेको छ । 

जेठ २६, २०७५ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार