शाहरुख खानकी बहिनी पाकिस्तानमा चुनाव लड्दै !

जेठ २६, २०७५

बलिउड अभिनेता शाहरुख खानकी बहिनी नूर जहाँ पाकिस्तानमा २५ जुलाइमा हुने आम चुनावमा आफ्नो भाग्यको परीक्षण गर्दैछिन् । 

भारतीय सञ्चारमाध्यममा आएका समाचारहरुका अनुसार उनी पाकिस्तानको पेशावरको खैबर पख्तुनख्वा संसदीय सीटमा स्वतन्त्र उम्मेदार बन्दैछिन् । 


ADVERTISEMENT

नून आफ्नो परिवारका साथ शाहवली कताल क्षेत्रमा बस्छिन् । यो क्षेत्र किस्साख्वानी बजारसँग जोडिएको छ । नूर शाहरुखसँग भेट्नका लागि दुईपटक भारत आएकी छिन् । दुई परिवारबीच राम्रो सम्बन्ध रहेको छ । 

नूरका भाइका अनुसार उनको परिवारका साथ राजनीतिक विरासत जोडिएको छ र नूर पहिला पनि सांसद बनिसकेकी छिन् । 

सन् १९४७ मा भारत पाकिस्तान विभाजको समयमा शाहरुका बुवा मीर ताज मोहम्मद दिल्ली आएका थिए । तर काका गुलाम मोहम्मदले पाकिस्तानमा नै बस्ने फैसला गरेका थिए । 
गुलाम मोहम्मदका दुई छोरा (मन्सस्र खानर मकसूद खान)र एक छोरा (नून) छिन् । 

जेठ २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस