ट्युनिसियामाथि स्पेनको संघर्षपूर्ण जित

काठमाडौं, २७ जेठ– विश्वकप फुटबलको अभ्यास खेलमा स्पेनले ट्युनिसियामाथि १–० को संघर्षपूर्ण जित निकालेको छ । स्पेनका लागि लागो एस्पासले ८४ औँ मिनेटमा गरेको गोल नै विजयी गोल बन्यो । 

यो जितसँगै स्पेनको अपराजित यात्रा २० पुगेको छ । स्पेन पछिल्ला २० खेलमा हारेको छैन । स्पेन विश्वकपका लागि समूह बी मा छ र उसले आफ्नो पहिलो खेलमा पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ ।

शनिबार राति नै भएका अरु खेलमा अस्ट्रेलियाले हंगेरीलाई २–१, मोरक्कोले इस्टोनियालाई ३–१, सर्बिया ५–१, डेनमार्कले मेक्सिकोलाई २–०, अजरबैजानले लात्भियालाई ३–१ तथा फिनल्याण्डले बेलारुसलाई २–० ले हराएको छ ।
 

जेठ २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार