वनबाटै एक लाखलाई रोजगारी दिन्छौं, यो सम्भव छ : मन्त्री बस्नेत [भिडियो अन्तर्वार्ता]

जेठ २७, २०७५

काठमाडौं, २७ जेठ – वन तथा वातावरण मन्त्री शक्ति बस्नेत वन क्षेत्रबाट एक वर्षमा एक लाख रोजगारी सृजना गर्ने महत्त्वांकाक्षी घोषणाका कारण चर्चामा छन् ।

'समृद्ध नेपाल, सुखी नेपाली'को नारालाई सार्थक बनाउन एक वर्षमा एक लाख जनालाई रोजगारी दिन सम्भव रहेको उनको भनाइ छ । 

‘लोकान्तर शो’मा कुरा गर्दै मन्त्री बस्नेतले नेपालीले महङ्गो शुल्क तिरेर विदेशबाट काठ किन्नुपर्ने अवस्थाको पनि अन्त्य गरिने बताएका छन् ।

उनले नेपालको वन क्षेत्रको वैज्ञानिक व्यवस्थापन मार्फत् काठ निर्यात गर्न सकिने बताए । 

राजधानीबासीको टाउको दुखाइको विषय बनेको काठमाडौंको धूलो नियन्त्रण कहिले हुन्छ ? शहरी प्रदूषण नियन्त्रण कसरी गर्ने ? एक वर्षमा एक लाखलाई रोजगारी कसरी ? 

हेर्नुहोस्, मन्त्री बस्नेतसँग गरिएको भिडियो कुराकानीः

जेठ २७, २०७५ मा प्रकाशित

सुशील पन्त

लोकान्तरका समाचार संयोजक सुशील पन्त समसामयिक राजनीति र  संसदीय मामिलामा कलम चलाउँछन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस