इन्दिराको रेलीमाई बन्यो लोकप्रिय

काठमाडौं– गायिका इन्दिरा जोशीले केही दिनअघि वजारमा ल्याएको गीत ‘रेलीमाइ’ लोकप्रिय वन्दै गएको छ ।

युट्युवको कमेन्ट वक्समा इन्दिराका फ्यानहरुले राम्रा कमेन्ट गरेका छन् । हालै प्रिमियर गरिएको उक्त गीतमा गायिका जोशीले युवा गायक आर्जन पाण्डेसँग युगल गायन गरेकी छिन् ।

उक्त गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत सन्न सकिन्छ ।

रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् । नृत्यपरक उक्त गीतको म्युजिक गायिका जोशी तथा गायक पाण्डेले आकर्षक अभिनयका साथै उत्कृष्ट नृत्य समेत गरेका छन् । भिडियोमा उनीहरुले प्रेमदेखि विवाहसम्म गरेका दृष्यहरुलाई आकर्षक शैलीमा चित्रण गरिएको छ ।

हरि हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रविण सिंहले निर्देश्ँन गरेका हुन । निशान घिमिरेले उक्त म्युजिक भिडियो सम्पादन गरेका हुन । भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई श्याम लामा तथा सुमन लामाले सिंगार्ने काम गरेका छन् ।
 

जेठ २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस