राजेश हमाल– काम कहिले, हल्ला पहिले

जेठ २७, २०७५

राजेश हमालका बारेमा अब वताइराख्नुपर्ने केही विषय छैन ।

सवैभन्दा धेरै सिनेमा खेलेर महानायकको ट्याग पाएका अभिनेता हमाल पछिल्लो केही समय खालीजस्तै देखिए, चलचित्रमा । यद्यपी कार्यक्रममा भने उनको व्यस्तता उस्तै छ । स्वदेश तथा विदेशका कार्यक्रममा हात हल्लाएरै गुजारा चलाईरहेका उनको बारेमा केही महिनाअघि मात्रै एउटा हल्ला आयो, राजेश हमालले ३ करोड लागतमा वन्ने फिल्मको निर्देशन गर्ने ।


ADVERTISEMENT

उनले यो विषयलाई स्वीकार समेत गरेका थिए ।

अमेरिकाका केही नेपालीले खर्चिने सो चलचित्रबारे विभिन्न समाचारहरु प्रकाशन भए, तर महिनौं वित्दा समेत सो चलचित्र सुटिङ हुने नहुने वारे केही पत्तो छैन । त्यसो त ५–७ वर्षदेखी लगातार राजेशले फिल्म निर्देशन गर्ने विषयमा हल्ला भैरहेको कुरा हो । तर आजका दिनसम्म उनले फिल्म निर्देशनमा हात अगाडि वढाईसकेका भने छैनन् ।

झण्डैं २ वर्ष फिल्मविहिन राजेशको बारेमा पछिल्लो पटक अर्को हल्ला फैलीएको छ, जन्मदिनका दिन नया“ चलचित्रमा साइन ।  शनिबार ५४ औं जन्मोत्सव मनाएका राजेशले नया फिल्मको काममा अनुवन्धित भएको बताईन्छ । शकुन्तलामा काम गरेपछि उनी अन्य चलचित्रमा देखिएका छैनन् । नाम नजुराईएको चलचित्र पनि निर्देशनको कथा जस्तो हुने त हैन ? त्यो भने उनैलाई थाहा होला ।
 

जेठ २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार