सबैभन्दा बढी फाइनलमा हार्ने टोली जर्मनी, यी हुन् विश्वकपका उपविजेताहरू

२००२ को उपविजेता जर्मन टोली । Photo : Pes Miti del Calcio
जेठ २७, २०७५

काठमाडौं, २७ जेठ - खेलकुदको महाकुम्भ फिफा विश्वकप फूटबल प्रतियोगिता आगामी बिहीवारबाट रुसमा शुरु हुँदैछ ।

विश्वकप शुरु हुन केही दिन मात्र बाँकी रहँदा विश्वभर यसबारे चर्चा र चासो छ । यसपटक विश्वकपमा को विजयी हुन्छ भन्ने चर्चा/परिचर्चा पनि भइरहेको छ ।


ADVERTISEMENT

विश्वकपको सबैभन्दा सफल टोली ब्राजिल हो । उसले ५ पटक यो उपाधि जितेको छ । यस्तै इटाली र जर्मनीले समान ४, अर्जेन्टिना र उरुग्वेले २-२ तथा स्पेन, इंग्ल्याण्ड र फ्रान्सले १-१ पटक उपधि उचालेका छन् ।

संसारमा जित्नेको नै चर्चा हुन्छ । तर फाइनलमा पुगेर अवसर गुमाउनेहरू पनि धेरै छन् ।

यसरी मौका गुमाउनेहरूमा अधिकांश विश्वकप जितिसकेका टोली छन् । तर केही भने फाइनलमा पुगेर उपाधिको मौका गुमाउँदै अभागी ठहरिएका छन् ।

सबैभन्दा बढी फाइनल पुगेर हारेको टोली जर्मनी हो । उसले ४ पटक फाइनलमा हारेको छ ।

यस्तै नेदरल्याण्ड्स र अर्जेन्टिनाले ३/३ पटक फाइनलमा हारेका छन् । अझ नेदरल्याण्ड्स त यस्तो अभागी टीम हो, उसले एकपटक पनि विश्वकप जित्न सकेको छैन ।

यस्तै हंगेरीले २ र चेकोस्लोभाकियाले २ पटक फाइनलमा पुगेर मौका गुमाएका छन् । यी दुई टोली पनि अहिलेसम्म विश्वविजेता बन्न सकेका छैनन् ।

यसैगरी ब्राजिल र इटाली २-२ तथा फ्रान्स र स्विडेन १-१ पटक फाइनलमा हारेका छन् ।

यी हुन् हालसम्मका विश्वकप उपविजेता :

१९३० अर्जेन्टिना
१९३४ चेकोस्लोभाकिया
१९३८ हंगेरी
१९५० ब्राजिल
१९५४ हंगेरी
१९५८ स्विडेन
१९६२ चेकोस्लोभाकिया
१९६६ वेस्ट जर्मनी
१९७० इटाली
१९७४ नेदरल्याण्डस्
१९७८ नेदरल्याण्ड्स
१९८२ वेस्ट जर्मनी
१९८६ वेस्ट जर्मनी
१९९० अर्जेन्टिना
१९९४ इटाली
१९९८ ब्राजिल
२००२ जर्मनी
२००६ फ्रान्स
२०१० नेदरल्याण्ड्स
२०१४ अर्जेन्टिना

जेठ २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार