फ्रेन्च ओपनको उपाधि राफायल नाडालले जिते, बने इतिहासकै दोस्रो खेलाडी

काठमाडौं, २८ जेठ–फ्रेन्च ओपन टेनिसको उपाधि राफायल नाडालले उचालेका छन् । नाडालले ११ औँ पटक फ्रेन्च ओपनको उपाधि उचालेका हुन् । 

विश्व नम्बर १ नाडालले अस्ट्रियाका डोमिनिक थिएमलाई सोझो सेटमा हराउँदै उपाधि जितेका हुन् । नाडालले डोमिनिकलाई ६–४, ६–३ र ६–२ को सेटमा हराएका हुन् । उनको यो १७ औँ ग्राण्डसलाम उपाधि हो । 

उनी पुरुष एकलमा सबैभन्दा धेरै ग्राण्डसलाम उपाधि जित्ने रोजर फेडेरर भन्दा तीन उपाधि मात्रै पछि छन् ।

२४ वर्षका डोमिनिकलाई हराएर उपाधि जितेपछि ३२ वर्षका नाडालले आफ्नो सपना पूरा भएजस्तै लागेको बताए । नाडाल एउटै ग्राण्डसलाम उपाधि ११ पटक जित्ने इतिहासकै दोस्रो खेलाडी हुन् ।

जेठ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार