×

NMB BANK
NIC ASIA

पूर्वपश्चिम राजमार्गमा पर्ने तिनाउ पुल जोखिममा, जुनसुकै बेला ढल्न सक्ने खतरा !

जेठ २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, २८ जेठ –पूर्वपश्चिम महेन्द्र राजमार्गको मध्यभागमा पर्ने बुटवलस्थित तिनाउ नदीको पुल कमजोर बन्दै गएको छ । पुलमुनिबाट जथाभावी नदीजन्य पदार्थ (ढुंगा, बालुवा र मिस्कट) निकाल्दा पुल कमजोर बनेको हो । तिनाउ नदीको बढ्दो दोहनको असर पुलमा परेको छ ।

Muktinath Bank

बढ्दो दोहन र वर्षायामको बाढीले नदी गहिरिँदै जाँदा पुलका पिल्लर (खम्बा)हरूको फाउण्डेसन करीब साढे चार मिटरसम्म देखिन थालेका छन् । चुरे क्षेत्रबाट भेल बनेर आउने पानीका लागि सहज निकास नपाउँदा तिनाउ नदी प्रत्येक वर्ष गहिरिँदै गएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिनाउको बारेमा लामो समयदेखि अध्ययन गरेका इञ्जिनियर खेटराज दाहाल तिनाउ पुल जुनसुकै बेला ढल्न सक्ने बताउँछन् । ‘नदीको गहिराई बढ्दै जाँदा पुललाई अड्याउने फाउन्डेसन साढे चार मिटर देखिएको छ,’ दाहालले भने, ‘पुल धेरै कमजोर भएको छ । जतिसुकै बेला जे पनि हुनसक्छ ।’


Advertisment
Nabil box
Kumari

वि.सं. २०३८ सालमा बनेको पुल २२६ मिटर लामो छ । दैनिक हजारौँ सवारी साधन आवत/जावत गर्ने पुल गत वर्ष ठूला–ठूला खाल्डा परेर जिर्ण बनेपछि सामान्य टालटुल गरिएको थियो । अहिले फेरि पुलमा सामान्य खाल्डाखुल्डी देखिन थालेका छन् । जसले गर्दा पुलमा एकसाथ धेरै सवारीसाधान चल्दा पुल हल्लिने गर्छ ।

Vianet communication
Laxmi Bank

वातावरण क्षेत्रमा विज्ञ युवराज कंडेलले तिनाउको अवैध दोहनले पुल  कमजोर बन्दै गएको बताए । ‘नदी आसपासमा बस्दै आएका अव्यवस्थित बसोवासीले नदीको धार परिवर्तन गराइदिँदा नदी गहिरिँदै गएको छ,’ कंडेलले भने, ‘नदीको अवैधरूपमा हुने दोहन रोक्नुपर्छ ।’ पुलभन्दा तल्लो र माथिल्लो भागमा जथाभावी भइरहेको नदीजन्य पदार्थ (गिट्टीढुङ्गा) उत्खनन हो ।’

उनले थपे, ‘ नदीको निश्चित गहिराइमा पुलको बेस राखिएको हुन्छ । त्यो बेसको सपोर्ट छेउछाउको भू–भाग नहुँदा बेस थर्किन्छ र चर्किन्छ । पुल हल्लिएर ढल्ने सम्भवना धेरै हुन्छ ।’

पुल कमजोर भएपछि नदीको दक्षिणतर्फ गत वर्ष बेड बाँधिएको छ । सरकारको आम्दानीको प्रमुख स्रोत मध्येको नदीजन्य पदार्थको जथाभावी उत्खनन नियन्त्रण गर्न आवश्यक देखिन्छ ।

पुलको तल/माथि पाँच सय मिटरसम्म नदीजन्य पदार्थ उत्खनन गर्न पाइँदैन । तर यहाँ त्यो मापदण्ड लागू नहुँदा जिल्लामा मुख्य राजमार्गमा पर्ने धेरैजसो पुल कमजोर भएको डिभिजन सडक कार्यालयका इञ्जिनियर रमेश जैसवाल बताउँछन ।

उनले भने, ‘नदी दोहनको असर पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने रूपन्देहीका साना/ठूला सबै पुलमा परेको छ । जसले गर्दा पुलहरू कमजोर बन्दै गएका छन् ।’

पछिल्लो समय यो पुल साँघुरो समेत हुँदा दैनिकजसो पुलमा जाम हुन थालेको छ । कमजोर पुलले धेरै भार थेग्न सक्दैन । तिनाउ पुलको विकल्पका रूपमा बन्न लागेका देवीनगरको पुल र पुरानो बटौली जोड्ने पुल अलपत्र अवस्थामा छन् ।

पछिल्ला वर्षहरूमा हिउँदको समयमा तिनाउमा पानी कम हुँदै गएको छ । यही अवस्था रहने हो भने अबको १०/१५ वर्षपछि बुटवलमा खानेपानीको ठूलो हाकाहार हुने विज्ञहरू बताउँछन् ।

२०३७ सालको बाढीले अहिले रहेको राधाकृष्ण मन्दिर नजिकैको पुल बगाएपछि अहिले सञ्चालित पुल बनेको हो । रूपन्देहीका लागि तिनाउ नदी ठूलो सम्पत्ति हो । नदीजन्य पदार्थको प्रयोग नै गर्नु हुँदैन भन्ने होइन । प्रत्येक वर्ष वर्षायामको भेलबाट जम्मा भएका पदार्थहरू मात्र प्रयोग गरिनुपर्छ ।

नदीको बहाव क्षेत्र अतिक्रमण गरेर धमाधम बस्ती बसेका छन् । जसले गर्दा नदीको बहाव क्षेत्र साघुरिँदै गएको छ । ५ सयदेखि ७ सय मिटर क्षेत्रमा बग्दै आएको तिनाउमा ३ सय मिटर क्षेत्रमा साँघुरो हुँदै गएको छ । बुटवल उपमहानगरपालिकाले भने, पुल आफूहरूको कार्यक्षेत्रमा नपर्ने भन्दै त्यसप्रति चासो दिएको छैन ।

तिनाउको उपल्लो तटीय क्षेत्र सिद्धबाबामा खस्ने पहिरो केही मिनेट थुनिए त्यसले बुटवल तथा आसपासको क्षेत्रको पुर्‍याउने असर कल्पना पनि गर्न सकिँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x