विश्वकप खेल्न रुस पुगेका मेस्सीले लिए उपाधिका ६ दाबेदारको नाम

फोटो : रोयटर्स
जेठ २८, २०७५

काठमाडौं, २८ जेठ - लियोनल मेस्सी नेतृत्वको अर्जेन्टाइन टोली विश्वकप फूटबल प्रतियोगितामा सहभागी हुन रुस पुगेको छ ।

बार्सिलोनामा एक साता लामो अभ्यासपछि अर्जेन्टाइन टोली प्राइभेट जेटमा रुस पुगेको हो । अर्जेन्टिना साविक उपविजेता पनि हो ।


रुस पुगेसंगै स्पोर्टसँगको कुराकानीमा मेस्सीले रुस विश्वकपमा उपाधिका छ दाबेदार टोलीको नाम लिएका छन् । जसमा ४ युरोपीयन र २ दक्षिण अमेरिकी टोली छन् ।

मेस्सीका अनुसार अर्जेन्टिनासँगै ब्राजिल, जर्मनी, स्पेन, फ्रान्स र बेल्जियममध्ये एक टोली विश्वविजेता बन्ने सम्भावना प्रवल छ ।

'हामीसँग पनि राम्रा र अनुभवी खेलाडी छन्, जसले हामीलाई पनि उपाधिको दाबेदार बनाएको छ,' मेस्सीले भनेका छन् ।

जेठ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार