विराट कोहली र अनुष्का शर्माले शेयर गरे क्युट फोटो, मानिसले सोधे – बच्चा कहिले ?

जेठ २८, २०७५

काठमाडौं, २८ जेठ – भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली अहिले आफ्नो परिवारसँग समय बिताइरहेका छन् । 

अफगानिस्तानविरुद्ध बिहीवारदेखि शुरू हुन गइरहेको एकमात्र टेस्ट म्याचअघि विराटले पत्नी अनुष्का शर्मासँगको एउटा फोटो शेयर गरेका छन् । तस्वीरमा उनीहरूसँग एउटा छाउरो पनि देखिन्छ । 

विराटले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यो फोटो शेयर गरेका हुन् । तस्वीरलाई उनका प्रशंसकहरूले खुबै मन पराएका छन् । फोटोले लाखौं लाइक पाइसकेको छ । 

प्रशंसकहरूले विराट र अनुष्कालाई पर्फेक्ट कपल बताए । केहीले चाहिँ बच्चा कहिले हुन्छ भनेर पनि सोधे ।

एजेन्सी
 


जेठ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस