सलमान खानले इशारामा गरे ऋषि कपूरमाथि आक्रमण !

जेठ २८, २०७५

काठमाडौं, २८ जेठ – सलमान खान लगभग ३० वर्षदेखि बलिउडमा छन् । यत्तिका वर्षको स्टारडममा उनले साथी त बनाए नै, दुश्मन पनि खुबै बनाए । 

सलमानसँग कुरा नमिल्ने जोसुकै उनको फ्रेन्ड लिस्टबाट आउट भयो । विवेक ओबरोय, अरिजीत सिंह, रेणुका सहाणे र अनुराग कश्यपलाई उनले दुश्मन बनाएका छन् । 

अहिले चाहिँ ऋषि कपूर उनको दुश्मन सूचीमा चढेका छन् । 

त्यसो त सलमानले फिल्म इन्डस्ट्रीमा आफ्नो कुनै दुश्मन नभएको तर आफूले केही मानिसलाई मन नपराउने बताए । एक वेबसाइटलाई दिएको अन्तर्वार्तामा उनले आफूले केही मानिसलाई मन नपराउने अनि यसले कुनै फरक नपार्ने बताए ।

सलमानले कुनै मानिसले आफ्नो र आफ्नो परिवारका सदस्यको इज्जत नगरेमा उनले पनि त्यसलाई यज्जत नगर्ने बताए । एक वा दुई परिवारले आफ्नो परिवारलाई इज्जत नदिएको उनले बताए । 

तर यसले आफूलाई फरक नपार्ने अनि केही मानिसलाई आफ्नो घरमा कहिल्यै प्रवेश नदिने उनले बताए । यो बयानमार्फत सलमानले ऋषि कपूरमाथि निशाना हानेको बताइँदैछ । 

सोनम कपूरको बिहेको रिसेप्सनमा ऋषि कपूरले सलमानका भाइ सोहेल खानकी पत्नीसँग झगडा गरेका थिए । सलमानको व्यवहारका विषयमा उनले बारम्बार गुनासो गरेका थिए र यसबीचमा कुरा बढ्दै गयो । समाचारका अनुसार,
पछि ऋषिकी पत्नी नीतूले सोहेलसँग माफी माग्नुपरेको थियो ।

एजेन्सी
 


जेठ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस