×

NMB BANK
NIC ASIA

सिण्डिकेट अन्तसँगै धमाधम यातायात सेवा विस्तार, ललितपुरबाट बुढानिलकण्ठसम्म बस सेवा शुरू

जेठ २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुर, जेठ २८– यातायात क्षेत्रमा सिण्डिकेट अन्तसँगै विभिन्न रुटमा यातायात सेवा विस्तार हुँदै गर्दा ललितपुरको लामाटारबाट काठमाडौंको बुढानिलकण्ठसम्म बस सेवा संचालनमा आएको छ ।

Muktinath Bank

‛हामी सबैको यातायात’ ले बस संचालनमा ल्याएको हो । सोमबार ललितपुरको लामाटारस्थित पाटीचौरमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक बिनोद सिलवाल, पत्रकार ऋषि धमला, महालक्ष्मी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष वासुदेव शर्मा, ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठ र ७ का वडाध्यक्ष नहकुल थापाले संयुक्त रुपमा बस सेवाको शुभारम्भ गर्नुभएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२७ सिटको टाटा कम्पनिको १३ वटा बसले सोमबारबाट पाटीचौर, धाराचौर, शंखादेवी, बिष्णुडोल, सिद्धिपुर, इमाडोल, ग्वार्को, सातदोबाटो, लगनखेल, रत्नपार्क, महाराजगञ्ज हुँदै बुढानिलकण्ठसम्म र फर्केर इमाडोलबाट आई टिकाथली, चाङ्गथली, लुभु, डाँडाथोकबाट पाटीचौर हुँदै धाराचौरबाट सिद्धिपुर निस्कनेगरी दायाँ र बाँया दुईतर्फी सवारी संचालनमा ल्याएका छन् । मनोरम प्राकृतिक सुन्दरताले भरिएको ललितपुरको पर्यटकीय क्षेत्र शंखादेवी र लामाटार क्षेत्रलाई धार्मिक पर्यटकीय स्थान काठमाडौंको बुढानिलकण्ठसँग बस सेवामार्फत् सिधा जोडेको छ । यसबाट आन्तरिक पर्यटनमा समेत टेवा पुग्नेछ । 


Advertisment
Nabil box
Kumari

बस सेवाको शुरूमै उत्साह देखिएको छ । अबको दुई महिनाभित्र ३६ वटा बस संचालनमा आउने  हामी सबैको यातायात कम्पनिका अध्यक्ष मोहन सापकोटोल बताए । बस सेवा संचालनमा आएपछि स्थानीयवासीमा उत्साह छाएको छ । बस सेवा उद्घाटनमा महिला, वृद्धवृद्धाको समेत उल्लेख्य उपस्थिति थियो । 

Vianet communication
Laxmi Bank

उद्घाटनमा बोल्दै महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले यातायात सेवाको विकासका लागि आवश्यक सडक निर्माणमा आफू कटिवद्ध भएर लागेको बताए । उनले नगरपालिकालाई अन्य नगरपालिकाहरूसँग जोड्ने गरी यातायात संचालनमा ल्याउन चाहनेलाई प्रोत्साहित गरिने बताए । बस सेवालाई अझ प्रभावकारी बनाउन सबैले आ आफ्नो क्षेत्रबाट सहयोगी भूमिका निभाउनुपर्ने बताए । 

पत्रकार ऋषि धमलाले ललितपुरको रमणीय स्थान लामाटारबाट बुढानिलकण्ठसम्मको बस सेवा संचालन एउटा सपना पूरा भएको बराबर हो भन्दै देश समृद्धिको यात्रातर्फ लम्किरहेको संकेत मिलेको बताए । समृद्धिका लागि सबैले आ आफ्नो स्थानबाट पहल गर्नुपर्ने भन्दै आफू मिडियामार्फत् विकास र प्रगतिका लागि हुने जुनसुकै काममा सहयोग गर्न तयार रहेको बताए । देशमा कनेक्टिभिटी बढाउनुपर्ने भन्दै त्यसले जनता जनताबीचको सम्बन्ध सुमधुर हुनाको साथै समृद्धिले समेत गति लिने बताए । बस सेवा संचालनमा भूमिका खेल्ने सबैलाई धन्यवाद दिए । 

कार्यक्रमको उद्घोषण तत्कालिन लामाटार गाविस हुँदाका अध्यक्ष चिरञ्जिवी आचार्यले गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा महालक्ष्मी नगरपालिकाका मेयरका उम्मेदवार महेश खड्का, वडा नम्बर ८ का वडाध्यक्षका उम्मेदवार विवेककुमार कार्की, महानगरीय प्रहरी प्रभाग लुभुका इञ्चार्ज भीमबहादुर श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका वडा सदस्यहरू, बुद्धिजीवीहरू डा. मदनराज बिष्ट, डा. दीपेश केसी, डा. शिवजी सिलवाल, छत्र कार्की, सुनिल आचार्यलगायतको उपस्थिति थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x