×

NMB BANK
NIC ASIA

विश्वकपमा मेस्सी र रोनाल्डोको हाईहाई तर उनीहरूको गोलसंख्या जम्मा आठ

जेठ २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २८ जेठ – रुसमा बिहीवारदेखि शुरू हुने २१औं फिफा विश्वकपमा ३२ देशका ७३६ खेलाडीले भाग लिँदैछन् ।

तर सबैभन्दा बढी ध्यान चाहिँ अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका रोनाल्डोले खिचेका छन् । 

तर यति धेरै ध्यान खिचेपनि यी दुई खेलाडीले विश्वकपमा राम्रो खेल देखाउन सकेका छैनन् । मेस्सीले पाँच र रोनाल्डोले जम्मा तीन गोल गरेका छन् । उनीहरूभन्दा थोरै खेल खेलेका नेयमारले बरू पाँच गोल गरिसकेका छन् ।

अहिले विश्वकपमा भाग लिन लागेका खेलाडीमा जर्मनीका टमस मुलर सर्वाधिक गोलकर्ता हुन् । उनले १३ खेलमा १० गोल गरेका छन् । 

रुस पुगेका फूटबलरहरूमा मुलर पहिलो र मेस्सी पाँचौं स्थानमा छन् ।

मेस्सी र क्रिस्टियानो रोनाल्डोले अहिलेसम्म तीन तीन विश्वकप खेलेका छन् । तर दुवैले खासै कमाल गर्न सकेका छैनन् । 

मेस्सीको यो चौथो विश्वकप हो । उनले १५ खेलमा जम्मा पाँच गोल गरे । तर राम्रो कुरा चाहिँ उनले यस क्रममा एउटा पनि पहेंलो वा रातो कार्ड खाएका छैनन् । 

रोनाल्डोको पनि यो चौथो विश्वकप हो । उनको रेकर्ड मेस्सीको भन्दा पनि खराब छ । उनले १३ म्याच खेलेर जम्मा तीन गोल गरेका छन् । अघिल्लो विश्वकपमा त उनको टोली पोर्चुगल लीग चरणबाट माथि पुग्न सकेको थिएन ।
रोनाल्डोले विश्वकपमा दुईवटा पहेंलो कार्ड पाएका छन् । 

टीमहरूको कुरा गर्दा जर्मनीले १८ चोटि प्रतियोगितामा भाग लिएर २२४ गोल गरेको छ । सबभन्दा धेरै २० चोटि विश्वकप खेलेको ब्राजिलले २२१ गोल गरेको छ । यी दुईबाहेक अरू कुनै टोलीले २०० गोल बनाएका छैनन् । 

Muktinath Bank

देश    विश्वकप    म्याच    गोल
जर्मनी    १८    २१८    २२४


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्राजील    २०   २२७   २२१


Advertisment
Nabil box
Kumari

अर्जेंटीना   १६   १४०  १३१
 

Vianet communication
Laxmi Bank

एउटै विश्वकपमा सबभन्दा धेरै गोल सन् १९९८ र २०१४ मा बनेका हुन् । यी दुवै संस्करणमा १७१–१७१ गोल हानिएका थिए । 

कुल २० विश्वकपमा १४ सय ५६ खेलाडीहरूले २३ सय ७७ गोल गरेका छन् । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x