×

NMB BANK
NIC ASIA

को हुन् प्रहरी इन्काउन्टरमा परेका ‘गुण्डा नाइके’ अशोक लामा ?

जेठ २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २८ जेठ– काभ्रे स्थायी घर भएका अशोक लामा काभ्रेली डन दावा लामाको संगतबाट गुण्डागर्दीमा लागेका हुन् । 

Muktinath Bank

पहिले काठमाडौंको त्रिपुरेश्वरमा बस्ने गरेका अशोकले दावाकै सहयोगीका रूपमा ललितपुरलाई आधार बनाएर  गुण्डागर्दी शुरु गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरुवातमा उनी काठमाडौंका ठमेल, दरबारमार्ग र ललितपुरको लगनखेल क्षेत्रमा सञ्चालित डान्सबारबाट हप्ता असुली गर्ने गर्दथे । पछि उनले विभिन्न व्यापारीलाई चर्को ब्याजमा पैसा दिने (मिटर ब्याज)को धन्दा शुरु गरेको प्रहरी स्रोत बताउँछ । उनी निर्माण क्षेत्रका साना–ठूला ठेक्कापट्टामा समेत संलग्न थिए । 


Advertisment
Nabil box
Kumari

यसअघि उनीमाथि ज्यानमार्ने उद्योगमा मुद्दा चलेको थियो । उनीमाथि विभिन्न समयमा सार्वजनिक मुद्दा समेत चलेका थिए । 

Vianet communication
Laxmi Bank

पछिल्लो समय उनी विभिन्न व्यवसायीलाई हतियार देखाएर हप्ता असुली गर्ने गर्दथे । विभिन्न व्यवसायीहरूले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई खोजी सूचीमा राखेको थियो । 
महानगरीय प्रहरी अपराध महाशाखाले लामाको खोजीका लागि विशेष टोली नै परिचालन गरेको थियो । सोमवार दिउँसो युएन पार्कमा भेटिएका लामालाई प्रहरीले पक्राउ गर्न खोजेको थियो । 

उनले प्रहरीमाथि नै गोली प्रहार गर्न खोजेपछि जवाफी फायरिङ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले बताए । 

लामाको साथबाट एक थान पेस्तोल र त्यसमा लाग्ने २ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । 

लामाको दाहिने खुट्टाको पिंडौलामा गोली लागेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x