×

NMB BANK
NIC ASIA

बुटवल, २८ जेठ – ५ नम्बर प्रदेशका स्थानीय तहका जनप्रतिनिधिले एकमुष्ट तलब पाउने गरी बाटो खुलेको छ ।

Muktinath Bank

जनप्रतिनिधिले पाउने सेवासुविधा सम्बन्धी विधयेक प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि तलब पाउने बाटो खुलेको हो । प्रदेशसभाबाट जेठ १६ गते पारित विधयेकलाई आज ५ नम्बर प्रदेशका प्रमुख उमाकान्त झाले प्रमाणिकरण गरेका हुन् । संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणिकरण गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश प्रमुखबाट विधेयक पारित भएकाले अब स्थानीय तहले तलब सुविधा वितरण गर्ने तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेका प्रेस सल्लाहकार वीपी गौतमले बताए । ‘निर्वाचित भएको मितिले हालसम्म हुन आउने तलब एकमुष्ट वितरण गरिने छ,’ उनले भने । 


Advertisment
Nabil box
Kumari

नगरपालिका प्रमुखको तलब मासिक ३५ हजार रुपैयाँ तोकिएकाले १२ महिनाको एकमुष्ट ४ लाख २० हजार रुपैयाँ पाउने भएका छन् । कानून निर्माणमा ढिलाइ हुँदा निर्वाचित भएको १ वर्ष पुग्दा जनप्रतिनिधिले पारिश्रमिक पाउन सकेका थिएनन् । ५ नम्बर प्रदेशमा १ सय ९ स्थानीय तह छन् ।

Vianet communication
Laxmi Bank

कसलाई कति तलब ?

प्रदेशसभा बैठकले पारित गरेको जनप्रतिनिधिहरूको सेवा÷सुविधा सम्बन्धी विधयेकमा सेवासुविधाको व्यवस्था गरिएको छ । पारित विधेयक अनुसार जिल्ला समन्वय समितिका प्रमुखले मासिक तलबभत्ता ४१ हजार, उपप्रमुखले ३६ हजार र सदस्यले १६ हजार रुपैयाँ पाउने छन् ।

उपमहानगरपालिका प्रमुखले ४० हजार, उपप्रमुखले ३५ हजार, वडाध्यक्षले २६ हजार, कार्यपालिका सदस्यले १५ हजार र वडा सदस्यले ९ हजार रुपैयाँ तलब पाउने छन् । नगरपालिका प्रमुखले मासिक ३५ हजार, उपप्रमुखले ३० हजार, वडा अध्यक्षले २५ हजार, कार्यपालिका सदस्यले १३ हजार, सदस्यले ८ हजार रुपैयाँ पाउने छन् ।

गाउँपालिकाका अध्यक्षले मासिक ३० हजार, उपाध्यक्षले २७ हजार, वडा अध्यक्षले २० हजार, कार्यपालिका सदस्यले १२ हजार र सदस्यले ७ हजार रुपैयाँ पाउने छन् । मासिक तलबभत्ताका अतिरिक्त बैठक तथा भ्रमण भत्ता पनि बैठकले पारित गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x