×

NMB BANK
NIC ASIA

‘हेलो प्रधानमन्त्री’ कार्यक्रम सुरु हुँदै, हरेक १५ दिनमा प्रमको जवाफसहितको कार्यक्रम

जेठ २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २८ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण इमानका साथ जनताप्रतिको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

Muktinath Bank

कथा नेपालले तयार गर्ने ‘हेलो प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रमको लोगो सार्वजनिक गर्ने कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनताप्रतिको जिम्मेवारी पूरा गर्न यो सरकार प्रतिबद्ध छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्ना भनाइ ढुक्कसँग राख्न जनतालाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनताको कुनै पनि प्रश्न निरुत्तरित हुँदैन, समय सन्दर्भअनुसार हरेक प्रश्नको हल हुन्छ ।” 


Advertisment
Nabil box
Kumari

आफूले यथार्थमा आधारित रचनात्मक आलोचना होस् भन्ने आफ्नो चाहना रहेको भन्दै उहाँले कानूनअनुसार जनताको सेवा गरेर कर्तव्य पूरा गर्ने बताउनुभयो । 

Vianet communication
Laxmi Bank

सामाजिक न्यायमा आधारित सुदृढ राष्ट्रिय एकतामा मुलुकलाई अगाडि बढाउने बताउँदै प्रधानमन्त्री ओलीले विकासको बाटोमा सही नीति र कार्यक्रमका साथ सरकार अगाडि बढेको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, “सुशासनको बाटोबाट समृद्ध नेपाल र सुखी नेपालीको बाटोमा जाँदैछौँ ।” प्रधानमन्त्री ओलीले कूल गार्हस्थ उत्पादनले मात्र सरकारले अगाडि बढाएको अभियान पूरा नहुने भन्दै त्यसका लागि जनताको जीवनस्तर माथि उठ्नुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हुनेहरुको खोसेर बाँड्ने भनेको होइन, नहुनेहरुलाई हुने बनाउने सरकारको अभियान हो ।” उहाँले लोकतन्त्र सभ्य, सु–संस्कृत, आत्मअनुशासित र मर्यादित हुनुपर्नेमा जोड दिनुभयो । 

जनतालाई सकारात्मक अधिकारको प्रत्याभूत गराउने सरकारको लक्ष्य भएको बताउँदै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले स्वार्थमा भन्दा पनि सामाजिक जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा कथा नेपालका प्रबन्ध निर्देशक मनोज पाण्डेले ‘हेलो प्रधानमन्त्री’ कार्यक्रम विभिन्न टेलिभिजनमार्फत हरेक १५ दिनमा एकपटक जनताको प्रश्नको जवाफसहित आउने जानकारी दिनुभयो । 

उहाँले कार्यक्रमलाई सरकारको नीति तथा कार्यक्रम, सरकारको बजेट र प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई आधार बनाउने बताउनुभयो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x